
१५३ मृतकका परिवारलाई ८ करोड राहत
२मनाङ र अन्नपूर्ण गाउँपालिकामा लेक लागेर चारजनाको मृत्यु
३प्रचण्डको आह्वान : ‘परिवर्तन पक्षधर शक्तिहरू एकजुट भएर समाजवादी नेपाल बनाऔं’
४निर्वाचनलाई ‘राष्ट्रिय अनुष्ठान’का रूपमा ग्रहण गर्न प्रधानमन्त्रीको आग्रह
५चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
६निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै
७‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा
८जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
९नर्सका समस्याको समाधान गर्न १४ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन बुझाइने
१०विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
११अटेरी ओलीको दम्भ उस्तै, छैन कुनै पश्चाताप
१२स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्का
७सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
८पक्राउ परेकाहरूलाई छानबिन गरी रिहा गर्न निर्देशन
९जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
१०प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
११आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल
१२विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
पोखरा, १६ असोज । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था पोखराको रकम हिनामिना गर्ने सहकारी सञ्चालकहरु टोले गुन्डा शिब बहादुर गुरुङ उर्फ महेन्द्र भोटे लगायत १९ जनालाई कम्तीमा ८ वर्षदेखि १० वर्षसम्म कैद सजायको माग दावी गर्दै प्रहरीले सरकारी वकिलको कार्यालय कास्कीमा प्रतिवेदन बुझाएको छ । अब त्यो प्रतिवेदन अध्ययन गरेर सरकारी वकिलको कार्यालयले जिल्ला अदालत कास्कीमा मुद्दा दायर गर्नेछ ।

सहकारीको रकम हिनामिना गर्ने समूह । कोही देखिएर त कोही भित्रभित्रैं सेटिङ मिलाएर यो समूहले सहकारीको रकम लुट्दैं आईरहेको थियो ।
सहकारीका तत्कालिन अध्यक्ष गितेन्द्र बाबु (जीबी) राई र टोले गुन्डा महेन्द्र भोटेको समूहले सहकारीको १ अर्ब ११ करोड १ लाख रुपैयाँ ठगी गरेको निष्कर्षसहित १९ जनालाई विपक्षी बनाई सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो । सहकारी ऐन अनुसार १ अर्ब रुपैयाँ भन्दा बढी ठग्नेलाई ८ वर्षदेखि १० वर्षको कैद सजायको व्यवस्था गरिएको छ । यता, पोखरा महानगरपालिकाको विज्ञ टोलीले विश्लेषण गर्दा थप सहकारीको २० करोड ५२ लाख ८२ हजार रुपैयाँ हिनामिना गरिएको देखिएको थियो ।
सहकारीको रकम पदाधिकारी तथा पूर्वसञ्चालकहरु मिलेर हिनामिना गरेको घटना बाहिरिएपछि कास्की प्रहरीले उजुरीको आह्वान गरेको थियो । सहकारीमा १८ हजर ७ सयजना बचतकर्ता रहेको देखिए पनि १ हजार ३६ जनाले मात्र उजुरी दिएका थिए । सोही उजुरीका आधारमा ठगी भएको रकमको हिसाबकिताब प्रहरीले निकालेको थियो । जीबी राई र महेन्द्र भोटेको समूहले कृतिम शेयर सदस्य र खाता खोलेर सहकारीको रकम हिनामिना गरेको, सहकारीको नाममा कुनै पनि सम्पत्ति नराखी व्यक्तिको नाममा राखिएको प्रहरीको अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
नक्कली सेयर सदस्य र विभिन्न कम्पनी खडा गरेर पैसा निकालेर जीबी र भोटेको समूहले सहकारीको रकम हिनामिना गरेका थिए । जीबी राई अध्यक्ष हुँदा २१ करोड ४२ लाख र उनका दाइ भूपेन्द्र अध्यक्ष हुँदा ८० करोड ७० लाख रकम हिसाब नैं नराखी हिनामिना गरेका थिए । त्यसैगरी संस्थापक अध्यक्ष ज्ञानबहादुर बम्जनको पालामा १९ करोड १८ लाख रुपैयाँ हिनामिना गरेका थिए । त्यसैगरी, थानबहादुर बुढाको २७ करोड ४८ लाख रुपैयाँ हिनामिना गरेका छन् । त्यसैगरी महेन्द्र भोटेले ९ करोड रुपैयाँ हिनामिना गरेको देखिएको छ ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था पोखराका बचतकर्ताहरु, सहकारीको रकम हिनामिना गर्नेलाई कारवाहीको मााग गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापन पत्र बुझाउँदैं ।
जीबी राई, महेन्द्र भोटे लगायत १८ जना अझैं फरार, एकजना मात्र पक्राउ
देशभरका विभिन्न सहकारीबाट गरेर झण्डैं १६ अर्ब रुपैयाँ लुटेको यो समूहले नेटवर्क बनाएर विभिन्न क्षेत्रमा लगानी गरेको जीबी राई समूहले पोखरामा पनि कागजातबिनै विभिन्न सहायक कम्पनीका नाममा पैसा अपचलन गरेको देखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गर्ने तत्कालिन अध्यक्ष गितेन्द्र (जीबी)बाबु राई, शिबबहादुर गुरुङ उर्फ महेन्द्र भोटे लगायत १९ जनालाई पटक–पटक गरेर पक्राउ पूर्जी जारी गरेको थियो । तर प्रहरीले पक्राउ गर्न खासै चासो नदेखाएपछि सहकारीका बचतकर्ताहरुको समूहले काठमाडौंमा नैं पुगेर सिआईबीको सहयोग लिएर सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई पक्राउ पूर्जी जारी भएको दुई दिनपछि पक्राउ गर्न सफल भएका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग सहकारीको करोडौं ठगेर फरार युवा संघ नेपालका उपमहासचिव महेन्द्र भोटे ।
प्रहरीले पक्राउ पूर्जी जारी गरेसँगैं सहकारीका सञ्चालकहरु भूपेन्द्र राई, थानबहादुर बुढा, कैलाश दर्लामी, धिरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, मनोज नकर्मी, सुरज श्रेष्ठ, भविश्वर अर्याल, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ फरार भएका छन् । त्यसैगरी, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङविरुद्ध पनि सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ पुर्जी जारी भएसँगैं फरार छन् । फरार भएकाहरुमा नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका उपमहासचिव महेन्द्र भोटे र आइस्मा तामाङ मादी–६ भाचोक कै हुन् । ललिता तामाङ र सुरज श्रेष्ठ लेखनाथ र बुद्धि गुरूङ मादी–९ मिजुरेडाँडा निवासी हुन् । बाँकी सबै कास्की बाहिरका रहेको प्रहरीले जनाएको छ ।

सहकारीको पैसाले मस्ती : देशभरिका सहकारीबाट शिवबहादुर गुरुङ उर्फ महेन्द्र भोटे र जीबी राईको समूहले १६ अर्ब रुपैयाँ भन्दा बढि रकम हिनामिना गरेको थियो । हाल महेन्द्र भोटे र जीबी राई लगायत १८ जना फरार छन् ।

सहकारी लुटेराहरुको हकर्त: सहकारीको रकम लुट्ने यो गिरोहले केही महिना अघिमात्र बाराही समूहसँग मिलेर बनाउँदैं गरेको पाँच तारे सेदी लक्जरी होटलको आईपिओ बेचबिखनका लागि हङकङ र मलेसियामा प्रचारप्रसारमा पनि पुगेको थियो ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी