
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
११मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
पोखरा, १६ असोज । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था पोखराको रकम हिनामिना गर्ने सहकारी सञ्चालकहरु टोले गुन्डा शिब बहादुर गुरुङ उर्फ महेन्द्र भोटे लगायत १९ जनालाई कम्तीमा ८ वर्षदेखि १० वर्षसम्म कैद सजायको माग दावी गर्दै प्रहरीले सरकारी वकिलको कार्यालय कास्कीमा प्रतिवेदन बुझाएको छ । अब त्यो प्रतिवेदन अध्ययन गरेर सरकारी वकिलको कार्यालयले जिल्ला अदालत कास्कीमा मुद्दा दायर गर्नेछ ।

सहकारीको रकम हिनामिना गर्ने समूह । कोही देखिएर त कोही भित्रभित्रैं सेटिङ मिलाएर यो समूहले सहकारीको रकम लुट्दैं आईरहेको थियो ।
सहकारीका तत्कालिन अध्यक्ष गितेन्द्र बाबु (जीबी) राई र टोले गुन्डा महेन्द्र भोटेको समूहले सहकारीको १ अर्ब ११ करोड १ लाख रुपैयाँ ठगी गरेको निष्कर्षसहित १९ जनालाई विपक्षी बनाई सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो । सहकारी ऐन अनुसार १ अर्ब रुपैयाँ भन्दा बढी ठग्नेलाई ८ वर्षदेखि १० वर्षको कैद सजायको व्यवस्था गरिएको छ । यता, पोखरा महानगरपालिकाको विज्ञ टोलीले विश्लेषण गर्दा थप सहकारीको २० करोड ५२ लाख ८२ हजार रुपैयाँ हिनामिना गरिएको देखिएको थियो ।
सहकारीको रकम पदाधिकारी तथा पूर्वसञ्चालकहरु मिलेर हिनामिना गरेको घटना बाहिरिएपछि कास्की प्रहरीले उजुरीको आह्वान गरेको थियो । सहकारीमा १८ हजर ७ सयजना बचतकर्ता रहेको देखिए पनि १ हजार ३६ जनाले मात्र उजुरी दिएका थिए । सोही उजुरीका आधारमा ठगी भएको रकमको हिसाबकिताब प्रहरीले निकालेको थियो । जीबी राई र महेन्द्र भोटेको समूहले कृतिम शेयर सदस्य र खाता खोलेर सहकारीको रकम हिनामिना गरेको, सहकारीको नाममा कुनै पनि सम्पत्ति नराखी व्यक्तिको नाममा राखिएको प्रहरीको अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
नक्कली सेयर सदस्य र विभिन्न कम्पनी खडा गरेर पैसा निकालेर जीबी र भोटेको समूहले सहकारीको रकम हिनामिना गरेका थिए । जीबी राई अध्यक्ष हुँदा २१ करोड ४२ लाख र उनका दाइ भूपेन्द्र अध्यक्ष हुँदा ८० करोड ७० लाख रकम हिसाब नैं नराखी हिनामिना गरेका थिए । त्यसैगरी संस्थापक अध्यक्ष ज्ञानबहादुर बम्जनको पालामा १९ करोड १८ लाख रुपैयाँ हिनामिना गरेका थिए । त्यसैगरी, थानबहादुर बुढाको २७ करोड ४८ लाख रुपैयाँ हिनामिना गरेका छन् । त्यसैगरी महेन्द्र भोटेले ९ करोड रुपैयाँ हिनामिना गरेको देखिएको छ ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था पोखराका बचतकर्ताहरु, सहकारीको रकम हिनामिना गर्नेलाई कारवाहीको मााग गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापन पत्र बुझाउँदैं ।
जीबी राई, महेन्द्र भोटे लगायत १८ जना अझैं फरार, एकजना मात्र पक्राउ
देशभरका विभिन्न सहकारीबाट गरेर झण्डैं १६ अर्ब रुपैयाँ लुटेको यो समूहले नेटवर्क बनाएर विभिन्न क्षेत्रमा लगानी गरेको जीबी राई समूहले पोखरामा पनि कागजातबिनै विभिन्न सहायक कम्पनीका नाममा पैसा अपचलन गरेको देखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गर्ने तत्कालिन अध्यक्ष गितेन्द्र (जीबी)बाबु राई, शिबबहादुर गुरुङ उर्फ महेन्द्र भोटे लगायत १९ जनालाई पटक–पटक गरेर पक्राउ पूर्जी जारी गरेको थियो । तर प्रहरीले पक्राउ गर्न खासै चासो नदेखाएपछि सहकारीका बचतकर्ताहरुको समूहले काठमाडौंमा नैं पुगेर सिआईबीको सहयोग लिएर सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई पक्राउ पूर्जी जारी भएको दुई दिनपछि पक्राउ गर्न सफल भएका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग सहकारीको करोडौं ठगेर फरार युवा संघ नेपालका उपमहासचिव महेन्द्र भोटे ।
प्रहरीले पक्राउ पूर्जी जारी गरेसँगैं सहकारीका सञ्चालकहरु भूपेन्द्र राई, थानबहादुर बुढा, कैलाश दर्लामी, धिरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, मनोज नकर्मी, सुरज श्रेष्ठ, भविश्वर अर्याल, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ फरार भएका छन् । त्यसैगरी, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङविरुद्ध पनि सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ पुर्जी जारी भएसँगैं फरार छन् । फरार भएकाहरुमा नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका उपमहासचिव महेन्द्र भोटे र आइस्मा तामाङ मादी–६ भाचोक कै हुन् । ललिता तामाङ र सुरज श्रेष्ठ लेखनाथ र बुद्धि गुरूङ मादी–९ मिजुरेडाँडा निवासी हुन् । बाँकी सबै कास्की बाहिरका रहेको प्रहरीले जनाएको छ ।

सहकारीको पैसाले मस्ती : देशभरिका सहकारीबाट शिवबहादुर गुरुङ उर्फ महेन्द्र भोटे र जीबी राईको समूहले १६ अर्ब रुपैयाँ भन्दा बढि रकम हिनामिना गरेको थियो । हाल महेन्द्र भोटे र जीबी राई लगायत १८ जना फरार छन् ।

सहकारी लुटेराहरुको हकर्त: सहकारीको रकम लुट्ने यो गिरोहले केही महिना अघिमात्र बाराही समूहसँग मिलेर बनाउँदैं गरेको पाँच तारे सेदी लक्जरी होटलको आईपिओ बेचबिखनका लागि हङकङ र मलेसियामा प्रचारप्रसारमा पनि पुगेको थियो ।