
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
११मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
पोखरा, १६ असोज । न्याय खोज्दैं ३ दिनदेखि आमरण अनसन बसेकी दृष्टिविहिन शिक्षिका शोभा पौडेलको स्वास्थ्यमा गम्भिर समस्या देखिन थालेको छ । दृष्टिविहिन शिक्षिका पौडेललाई दुर्गम ठाउँमा नियुक्ति दिएपछि उनले पायक पर्ने ठाउँमा काम गर्न पाउँ भन्दैं ८ महिनादेखि गुहार माग्दा पनि कसैले नसुनेपछि आमरण अनसनमा बस्न बाध्य भएकी हुन् ।
८ महिनादेखि काठमाडौंदेखि विभिन्न मन्त्रालयमा धाउँदा समेत न्याय नपाएपछि शिक्षा विकास तथा समन्वय इकाई कास्की र प्रदेश शिक्षा निर्देशनालय गण्डकीको गेटमा आमरण अनसन सुरु गरेकी हुन् । उनका श्रीमान श्रीकान्त सापकोटा पनि पूर्ण दृष्टिविहिन छन् । श्रीमान् श्रीमती नैं रातदिन बगरचोक नजिक शिक्षा विकास तथा समन्व इकाई कास्की र प्रदेश शिक्षा निर्देशनालय गण्डकीको गेटमा अनसन बसिरहँदा राज्यका जिम्मेवार निकाय भने मौंन देखिएका छन् ।
पोखरा महानगरपालिका वडा नं. २० कि दृष्टिविहिन शिक्षिका पौडेलले शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेपछि उनलाई २०७९ माघ २३ गते लमजुुङ जिल्लाबाट निम्न माध्यमिक तहको नेपाली शिक्षकका रुपमा दोर्दी गाउँपालिकाको विद्यलयमा हाजिर हुने गरी नियुक्ति दिईयो । तर उनी त्यहाँ जान सक्ने स्थिति नभएपछि विगत ८ महिनादेखि काठमाडौंका विभिन्न मन्त्रालयदेखि प्रदेशका सम्बन्धित सबै कार्यालयमा धाउँदा धाउँदैं कसैले सुनुवाई नगरेपछि अनसनमा बस्न बाध्य भएकी हुन् ।
उनको नियुक्ति भएको विद्यालयले पनि दृष्टिविहिन शिक्षिकालाई यहाँ काम गर्न निकै समस्या हुन्छ भन्दैं गाउँपालिकालाई अन्यत्र व्यवस्थापन गर्न लिखित अनुरोध समेत गरेको थियो । गाउँपालिकाबाट जिल्ला, प्रदेश हुँदै मन्त्रालयसम्म यो विषयमा आवज उठ्यो, तर मन्त्रालय र विभागमा धाउँदा धाउँदा शोभा थाकिन् तर कसैले पनि उनको पीडालाई सुनुवाई नै गरेन ।
विभागले फेरि प्रदेश शिक्षा निर्देशनालयलाई आवश्यक व्यवस्थापनमा सहयोग गर्न पत्र लेख्यो । निर्देशनालयले कास्की जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइलाई व्यवस्थापन गर्न सहयोग गरिदिन पत्र लेख्यो । तर इकाइले उनलाई आजसम्म व्यवस्थापन गर्न सकेन । आज आठ महिना हुँदा पनि उनले हाजिर गर्ने ठाउँ पाईनन् र बाध्य भएर अनसन बस्न पुगिन् ।
उनका श्रीमान् श्रीकान्त पौडेलले डन न्यूजसँग भने–‘यो देश हामीजस्ता असहाय, कमजोर र अपाङ्ग व्यक्तिका लागि रहेनछ । खोई हाम्रा लागि राज्य ? हामी हाम्रो क्षमताले काम गरेर खान्छौं भन्दा पनि दुर्गम ठाउँमा पठाईन्छ । कसरी हामीले अब काम गरेर खाने ?’
यस विषयमा शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यसँग प्रश्न गर्दा उनले यो समस्या समाधान गर्न आफूले सक्दो प्रयास गरिरहेको र आज एउटा विकल्पसहित सहमति गरिने जानकारी दिए । प्रमुख आचार्यले डन न्यूजसँग भने–‘तत्कालै उनलाई त्यहाँ १ दिन हाजिर गराएर, त्यसपछि तत्कालै तारकाङको ध्रुव माविमा सरुवा गर्ने र त्यसको २ महिनापछि पोखरामा सरुवा गर्ने योजनामा हामी छौं ।’