
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
६कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
११पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
१२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
पोखरा, १५ असोज । टोले गुन्डा शिवबहादुर गुरुङ उर्फ महेन्द्र भोटेले पोखरामा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट ९ करोड रुपैयाँभन्दा बढि रकम विना कागजपत्र लिएको रहस्य खुलेको छ । रकममात्र नभई सहकारीको कार्यालय रहेको भवन समेत टोले गुन्डा महेन्द्र भोटेको नाममा देखिएको छ ।
सूर्यदर्शनसँगैं देशभरिका दर्जनौं सहकारीबाट झण्डै १६ अर्ब रुपैयाँ हिनामिना गरेको यो गिरोहले पोखराको सहकारीबाट मात्रैं मुख्य नाईके गितेन्द्र बाबु (जीबी) राईको समूहले करिब डेढ अर्ब रुपैयाँ हिनामिना गरेको तथ्य भेटिएको हो । पोखरा बाहेक अन्य जिल्ला र शहरमा खोलिएका सहकारीबाट पनि महेन्द्र भोटेले अझैं कति रकम ठगी गरेका छन् भन्ने तथ्य अनुसन्धान कैं क्रममा रहेको छ । फरार महेन्द्र भोटेलाई नेकपा एमालेका नेता महेश बस्नेतको दवावका कारण कास्की प्रहरीले पक्राउ नगरेको आरोप लागेको छ ।
पोखराको सूर्यदर्शन सहकारीबाट मात्रैं जीबी राई अध्यक्ष हुँदा २१ करोड ४२ लाख र उनका दाइ भूपेन्द्र अध्यक्ष हुँदा ८० करोड ७० लाखको हिसाब देखिएको छैन । यस्तै सहकारीका संस्थापक अध्यक्ष ज्ञानबहादुर बम्जनको पालामा १९ करोड १८ लाख र थानबहादुर बुढाको पालामा २७ करोड ४८ लाख रुपैयाँ अपचलन भएको देखिएको हो ।
यो सहकारीमा कागजमा देखिएका हिसाबकिताब समेत कम्प्युटरको सफट्वेयरमा देखिएको छैनन् । कतिपय नक्कली खाता नैं खोलेर रकम हिनामिना पारिएको भेटिएको छ । कति बचतकर्ताको रकमको हिसाब समेत राखिएको छैन । विभिन्न व्यक्तिले घर बनाउन ऋण लिएको कागजमा उल्लेख छ, तर लगानी गरिएको सम्बन्धित कागजात आजसम्म पनि भेटिएको छैन ।

सहकारीको करोडौं ठग्ने टोले गुण्डा शिव बहादुर गुरुङ उर्फ महेन्द्र भोटे नेकपा एमाले निकटको भातृ संगठन युवा संघ नेपालका केन्द्रीय उपमहासचिव समेत हुन् ।
त्यसैगरी, सहकारीको करिब ५ करोड जगेडा कोषमा रहेको कागजातमा देखिएको भएपनि कोषमा रकम नभएको पाइएको छ । विभिन्न ठाउँमा फरक फरक तथ्यांक भएकाले शेयर पुँजीसमेत यकिन गर्न नसकिएको पोखरा महानगरपालिकाले छानबिन गर्न बनाइएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।
शेयर पुँजीको अडिड रिपोर्टले साढे ४ करोड ४० लाख, साधारण सभाले ५ करोड ५० लाख र महानगरमा पेश गरेको श्वेत पत्रले ८ करोड ५० लाख रुपैयाँ शेयर पुँजी रहेको उल्लेख भएकाले यकिन गर्न नसकिएको पोखरा महानगरपालिको सहकारी शाखाले जनाएको छ ।
सहकारीका आर्थिक हिनामिना भएको थाहा पाएपछि १ हजार ३६ जना बचतकर्ताले रकम पाउनु पर्ने भन्दैं पोखरा महानगरपालिकामा निवेदन दिएका थिए । त्यसपछि आर्थिक हिनामिना सम्बन्धि अध्ययन गर्न गत भदौं १० गते पोखरा महानगरपालिकाले गठन गरेको विशेष्ज्ञ समितिले हिसाब गर्दा १ अर्ब ३१ करोड ५३ लाख ८२ हजार रुपैयाँ हिनामिना गरेको तथ्य भेटिएको हो ।
जीबी राई, महेन्द्र भोटे, अनुज नकर्मी र पत्रकार रामकृष्ण ज्ञवालीसहितको भित्री कनेक्सन कसरी भयो त ?
पोखरामा नेटवर्किङ व्यवसाय धन्दा शुरु गर्दा तत्कालिन समयमा जीबी राईको समूहसँग एलजी ग्रुपका टोले गुन्डाहरुको विवाद भएको थियो । सोही विवाद मिलाउन पर्सा घर भई पोखरा बस्दैं आईरहेका अनुज नकर्मीले टोले गुन्डामहेन्द्र भोटेसँग मध्यस्थता गराउँदैं घटना मिलाएका थिए । यतिबेला यिनैं अनुज नकर्मी पनि सहकारीको करोडौं रकम हिनामिना गरेर फरार छन् ।
महेन्द्र भोटे र जीबी राईको यो घटना पछि आर्थिक लेनदेनदेखि हरेक व्यवसायमा साझेदारीपूर्ण ढंगले सम्बन्ध जोडिएको थियो । जुन सम्बन्धमा कारण जीबी राईले महेन्द्र भोटेलाई सहकारीको सञ्चालक समितिमा राख्नुका साथैं विना धितो, कागजपत्र अर्बौं रुपैयाँ लगानी गर्दै आईरहेका थिए ।
महेन्द्र भोटे प्रहरीको मोस्ट वाण्टेड सूचीबाट हटेपछि पोखरामा पत्रिका वितरण गर्दै आईरहेका रामकृष्ण ज्ञवालीले उनलाई भाइ बनाउँदैं प्रहरीसँगको सेटिङमा कमाऊधन्दामा लागेका थिए । राजनीतिक हिसाबले नेकपा एमालेका स्वर्गीय नेता रवीन्द्र अधिकारीको निकट रहेका ज्ञवालीले प्रहरी, प्रशासन र मिडियाको क्षेत्र मिलाउने काम गर्थे भने महेन्द्र भोटेले गुन्डाहरु र केटाहरुलाई सेटिङ मिलाउने काम गर्ने गर्दथे । अर्कोतर्फ जीबी राईले देशका विभिन्न शहरहरुमा सहकारीको नयाँ नयाँ संस्था खोल्दै अघि बढिरहेका थिए ।
पोखरामा जे जति गलत धन्दा र तस्करीको काम हुन्छ, यसको लगभग सम्पूर्ण पाटो यहीं समूहले हेर्दै आईरहेको थियो । प्रहरी, प्रशासन र नेतालाई तर्साउन खोलिएको समाधान दैनिकमा ज्ञवालीका नाममा पनि भोटेले सहकारीबाटै रकम झिकेर दिएको स्रोतले बतायो । भोटे र ज्ञवाली धर्मदाइ र भाइको नाताले आफूलाई चिनाउने गर्दथे ।
कुनै पनि तस्कर, दलाल, भ्रष्ट, व्यभिचारी, बलात्कारी र अपराधी जोसँग पैसा होस्, त्यसको पक्षमा समाचार लेख्ने, सामाजिक सञ्जालमा लेख्ने, विरोधीहरुलाई ठेगान लगाउन अनेकन् षडयन्त्र र जालसाँजी गर्ने काम पत्रकारको आवरणमा रहेका ज्ञवालीले गर्ने गर्दथे । यो टिममा सुन तस्करीमा कारवाहीमा परेका तत्कालिन अध्यागमन विभागका प्रमुख झलकराम अधिकारीमात्र नभई पछिल्लो समय पर्वतका गणेश तिमिल्सिनाको समेत नाम जोडिन थालेको छ । अर्को तर्फ पोखराका विप्लव पौडेलले नेतृत्व गरेको विवादित बाराही समूहमा पनि यो ग्रुपको व्यवसायिक आवद्धता रहेको छ ।
पोखरामा डरलाग्दो गरी फैलिएको यो जालो यतिबेला भने छिन्नभिन्न भएको छ । गरिब, किसान, पेन्सनवाला लाहुरे, गृहिणी, सामान्य व्यवसायी, तरकारी बेचेर जिविकोपार्जन गर्ने सामान्य मजदुरदेखि सर्वसाधारण जनताहरुको करोडौं रुपैयाँ यहीं गिरोहले हिनामिना गरेको छ ।
गुन्डा, पत्रकार, नेता, सरकारी कर्मचारी, पर्यटन व्यवसायीदेखि सुन तस्करी गर्ने गिरोह, मिटरव्याजी, जग्गा दलाल र पोखरामा हुण्डी कारोबार गर्नेहरुसमेत यो समूहमा आवद्धता रहेको छ । पोखरामा जो कोहीले पनि यो समूहका बारेमा हिजो न त सहजैं बोल्न सक्ने अवस्था थियो, न त पत्रकारले लेख्न सक्ने स्थिति नैं । तर आज समयले कोल्टे फेरेको छ । यो ठुलो गिरोहको कमाऊ धन्दा आज क्रमशः पर्दाफास हुँदैं जाँदा यसमा आवद्ध रहेका सदस्यहरुको भागादौंड शुरु भईसकेको छ ।
पछिल्लो समय जीबी राईसहित महेन्द्र भोटे प्रहरीले पक्राउ पूर्जी जारी गरेसँगैं फरार छन् । महेन्द्र भोटे फरार भएसँगैं उनका साझेदार समाधान दैनिकका रामकृष्ण ज्ञवाली पनि पक्राउ पर्ने सम्भावना देखिएको छ । पोखराको विश्व शान्ति स्तुपा नजिक ज्ञवालीका नाममा किनिएका घडेरीहरु, महानगरपालिकाको कार्यालय पछाडि न्यूरोडमा बनाईएको घर, अन्य ठाउँमा भएका घरघडेरीदेखि पोखरा अल्ट्रा लाइटहुँदैं अनेकन् व्यवसायमा महेन्द्र भोटेको पैसा ज्ञवाली लगायत अन्य व्यापारीका नाममा लगानी गरिएको छ । पछिल्लो समय सेदी डाँडामा बन्दैं गरेको पाँच तारे सेदी लक्जरी होटलमा ज्ञवाली र भोटेसहितको नाममा लगानी गरिएको छ ।
१६ अर्ब रुपैयाँ हिनामिनाको यो घटनामा संलग्न माथिका गिरोहहरुको आर्थिक पृष्ठभूमि एकदमैं कमजोर अवस्थाको छ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं. ५ बम्घा, काउले घर भई पोखरामा पत्रिका वितरण गर्न आएका रामकृष्ण ज्ञवाली १० वर्षभन्दा बढि समय दिदीभिनाजुको कोठामा बसेर पत्रकारिता गरेका थिए । खाली खुट्टा पोखरा आएका ज्ञवालीले पत्रकारिताको आवरणमा वार्गेनिङ गर्ने र हप्ता असुली गर्ने गिरोहसँग मिलेर आफ्नो जिविका चलाउँदैं आईरहेका थिए । ज्ञवालीको पनि त्यहाँ पैतृक सम्पत्तिको नाममा बाँदर लड्ने भिरमा एउटा झुप्रोभन्दा केही छैन । त्यसैगरी, कास्कीको मादी गाउँपालिका वडा नं. १० स्थायी घर भई पोखरामा बस्दैं आएका टोले गुन्डा शिबहादुर गुरुङ उर्फ महेन्द्र भोटेको पनि आर्थिक अवस्था एकदमैं नाजुक रहेको छ ।
त्यसैगरीं, ओखलढुंगा, सुनकोशी गाउँपालिका वडा नं. १ साँदीमा सामान्य किसान परिवारमा जन्मिएका गितेन्द्र बाबु (जीबी)राई पनि पनि आर्थिक अवस्था ज्ञवाली, भोटे कैं जस्तै थियो । कसरी पैसा कमाउने भन्ने ध्याउन्नमा यो गिरोहले ‘सटकट’बाटो अपनाउँदा पत्रकारिता, सहकारी र पर्यटन व्यवसाय कैं वेइज्जतमात्र नभई सर्वसाधारण जनताको विचल्ली नैं भएको छ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ