
१सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
३कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
४हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
५किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
६लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
बेनी, १९ असार । बेनी नगरपालिका–५ भिरमुनिको सिरानटोलमा खानेपानी आयोजना बनेपछि स्थानीय हर्षित बनेका छन् । अधिकांश दलित समुदायको बसोबास रहेको यस गाउँमा गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ खानेपानी अभियानअन्तर्गत घर–घरमा खानेपानीको धारा निर्माण भएको छ ।
खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले सञ्चालन गरेको पुरुन्ते खानेपानी आयोजना आयोजनाअन्तर्गत यस गाउँका ६० घरधुरीमा खानेपानीको धारा निर्माण भएको छ । यस वर्ष विनियोजन भएको रु १५ लाख बजेटबाट ६० घरमा धारासहित पाइप लाइन निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर दमैले बताउनुभयो ।
उहाँका अनुसार सिरानटोल, बूढाघर, बाटामुनि, गैराघर टोलसम्म यस आयोजनाबाट खानेपानी वितरण हुनेछ । यस आयोजनाबाट ४५ घर दलित समुदाय र १४ घर गैरदलित समुदाय लाभान्वित बनेका छन् । अघिल्लो वर्ष विनियोजन भएको रु पाँच लाख बजेटबाट इन्टेक, ट्याङ्की र मुख्य पाइप लाइन निर्माण भएको र यस वर्ष धारा निर्माण सकिएको अध्यक्ष दमैले जानकारी दिनुभयो ।
सातवटा घरमा खानेपानी सञ्चालन भइसकेको र अन्य घरमा धारा र मिटर जडानको काम बाँकी रहेको स्थानीय जगत् परियारले जानकारी दिनुभयो । विगतमा एउटै धारामा धेरै घरपरिवारले आलोपालोमा खानेपानी र घरायसी प्रयोजनका लागि पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेकामा घर–घरमा खानेपानीको धारा निर्माण भएपछि स्थानीय हर्षित बनेको उहाँको भनाइ छ ।
“खानेपानीका लागि घन्टौँसम्म पालो पर्खनुपर्ने बाध्यता थियो, साझा धाराबाट घर–घरमा पाइपमा पानी खोसाखोस गरेर लैजानुपर्ने बाध्यता अब हट्ने भएको छ, घर–घरमा खानेपानी पुगेपछि पानीको जोहो गर्न लाग्ने समय पनि बचत हुनेछ”, उहाँले भन्नुभयो ।
यस आयोजनामा ध्वाखोलाको मूलमा रहेको पानीलाई पुरानो ट्याङ्कीमा जम्मा गरेर वितरण लाइनमार्फत घर–घरमा खानेपानी पुर्याउने व्यवस्था मिलाइएको छ । आगामी वर्ष खानेपानीको नयाँ सङ्कलन ट्याङ्की र धारा जडानका लागि योजना माग गरिएको उपभोक्ता समितिले जनाएको छ ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !