
१पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
२पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
३‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
६जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
७फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
८माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
९जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१०उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
११मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१२सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१२विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
काठमाडौँ, १८ असार । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले आफ्नो वेबसाइट र आधिकारिक समाजिक सञ्जाल सञ्चालन गर्ने भएको छ । विभागले हाल सञ्चालित पार्टीको नाम, झण्डा र चुनाव चिह्न राखी खोलिएका विभिन्न सामाजिक सञ्जाल र अन्य पेजहरूलाई विभागमा एक महिनाभित्र सम्पर्क गर्न आह्वान गरेको छ । तत्पश्चात पनि सम्पर्कमा नआउनेलाई अनधिकृत घोषित गरी कानूनी दायरामा ल्याउने विभागले जनाएको छ ।
विभागका प्रमुख मीनबहादुर विश्वकर्माको अध्यक्षतामा आज बसेको विभागको बैठकले कांग्रेसको सरकारले आजसम्म गरेका राम्रा कामको सन्देश जनसमक्ष पु¥याउने, पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्तिहरू नगर्न पार्टी सङ्गठनका सबै तहका पदाधिकारी तथा सदस्यहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
यसैगरी, विभागको दैनिक गतिविधिलाई गतिशीलताका साथ प्रभावकारी रूपमा सञ्चालन गर्न पदाधिकारीसहितको सचिवालय गठन गर्ने र विभागको कार्यालय कांग्रेसको केन्द्रीय कार्यालय भवनमा राख्ने निर्णय गरिएको छ । विभागका सदस्यहरूको विशिष्ट ज्ञान, क्षमताअनुसार कार्यविभाजन गर्ने उद्देश्यले व्यक्तिगत विवरण सङ्कलन गर्ने, विभागको कामलाई प्रभावकारी बनाउन विभिन्न समिति गठन गरिएको छ ।
बैठकले निर्देशिका मस्यौदा समिति र कार्ययोजना तर्जुमा समिति गठन गर्ने र सो समितिले १५ दिनभित्र आफ्नो प्रतिवेदन विभागका प्रमुखलाई बुझाउने निर्णय गरेको छ । निर्देशिका मस्यौदा समितिमा संयोजक दीपकप्रसाद कुइँकेल र सदस्यहरू गोविन्द परियार, गणेश केसी, लीला खनाल, अनुषा नेपाल, राजबहादुर गुरुङ र निमग हुमागाईं रहनुभएको छ । त्यस्तै, तर्जुमा समितिमा समितिका संयोजक गोपालकुमार झा र सदस्यहरू तिलक राई, उमिद वागचन, ई. हुकुम बुढा, विष्णु तिम्सिना, ई. राघव गौतम र रम्भा मिश्र रहनुभएको छ ।