
१मालेपाटनमा ‘३५ प्लस भेट्रान्स फुटबल’ जारी, शनिबार क्वाटरफाइनलका खेल
२अंशमुद्दा र पारिवारिक कलहले सिर्जनासिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
३सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
४ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने निर्णय
५पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
६पूर्वप्रधानमन्त्री देउवा दम्पत्ति विरुद्ध पक्राउ पुर्जी
७मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
८पोखराका मेयरले हौसियर ‘बढि गफ’ लगाउँदा गृहमन्त्री विवादमा
९फेवातालको चार किल्ला भित्रको जग्गाको स्थिति यकिन गर्न समिति गठन
१०शंकर ग्रुपका प्रमुख सुलभ अग्रवाल पक्राउ
११नेपाली लेखक संघ कास्कीको अध्यक्षमा अथक
१२लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ जना घाइते
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
१०कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
११कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१२लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
मालपोत कार्यालय लेखनाथका कार्यालय प्रमुख नारायण ढकालले जनप्रतिनिधिहरुको चाहना अनुसार नै मूल्यांकन र वर्गिकरण गरिने भएकाले वर्षको एकचोटी पुन: मूल्यांकनका लागि छलफल गरिदैं आएको बताए ।
लेखनाथ, १८ असार । पोखरा महानगरपालिका वडा नं. २६ देखि ३३ का वडाध्यक्षहरुले यस क्षेत्रको जग्गाको मूल्यांकन नबढाउने सहमति गरेका छन् । वडा नं. २६ को कार्यालयमा सोमबार भेला भएका वडाध्यक्षहरुले मालपोत कार्यालय लेखनाथले आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि प्रस्ताव गरेको जग्गाको मूल्यांकन यथावत राख्ने सहमति गरेका हुन् ।
मालपोत कार्यालय लेखनाथका प्रमुख नारायण ढकालले आर्थिक वर्ष २०८०/०८१ का लागि लेखनाथ क्षेत्रका जग्गाहरुको वर्गीकरण र मूल्यांकनका बिषयमा धारणा राखेपछि वडाध्यक्षहरुले जनतालाई मर्का पर्ने गरी मूल्यांकनमा संशोधन गर्न नहुने सुझाव दिएका थिए ।
यता पोखरा महानगरपालिकाको १३ औं नगरसभाले पनि सम्पत्ति तथा मालपोत कर प्रयोजनका लागि चालु आर्थिक बर्षको तुलनामा रोपनीमा ठाँउ हेरी केही बढाएर प्रस्ताव गरेको थियो । महानगरले मालपोतकै मूल्यांकनलाई सम्पत्तिकर र मालपोतकरका लागि आधार बनाउँदै आएको छ । लेखनाथ क्षेत्रका पोखरा महानगरका वडाध्यक्षहरुले जग्गाको मूल्यांकन नबढाउने सहमति गरेपछि महानगरलाई भने दवाव सिर्जना हुने भएको छ ।
मालपोत कार्यालय लेखनाथले जग्गाको मूल्यांकनको बिषयमा वडाध्यक्षहरुसँग छलफल गर्नेगरी संयोजन गरिदिन आग्रह गरेकाले वडा नं. २६ मा सबै वडाध्यक्षहरु भेला भएको अध्यक्ष नरेन्द्र थापाले बताए । वडाध्यक्ष थापाले बैठक मालपोतकै मूल्यांकनमा केन्द्रित रहेको उल्लेख गर्दै, चालु आर्थिक वर्षको विकास निर्माण लगायतका कामका बिषयमा पनि सामान्य छलफल र समिक्षा भएको बताए ।
अध्यक्ष थापाले भने-‘चालु आर्थिक बर्षको बिकास निर्माणमा वडाहरुले गरेका अभ्यास्, कामको गुणस्तर लगायतका बिषयमा अनुभव आदान प्रदान भयो ।’
यस्तै वाहनामा सबै अध्यक्षहरु जुट्दा कामको सिकाई, अनुभव र अभ्यास गर्दा राम्रै हुने रहेछ, वडा नं. ३० का अध्यक्ष दुर्गाप्रसाद सुवेदीले भने–‘लेखनाथ क्षेत्रको चिन्तन हुनु स्वभाविक हो ।’
मालपोत कार्यालय लेखनाथका कार्यालय प्रमुख नारायण ढकालले जनप्रतिनिधिहरुको चाहना अनुसार नै मूल्यांकन र वर्गिकरण गरिने भएकाले वर्षको एकचोटी पुन: मूल्यांकनका लागि छलफल गरिदैं आएको बताए ।
छलफलमा वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापा, वडा नंं २७ का पूर्णकुमार गुरुङ, वडा नं. २९ का अध्यक्ष श्रीप्रसाद गुरुङ, वडा नं. ३० का अध्यक्ष दुर्गाप्रसाद सुवेदी, वडा नं. ३१ का अध्यक्ष ढकनाथ कँडेल, वडा नं. ३२ का अध्यक्ष अक्कलबहादुर कार्की र वडा नं. ३३ का अध्यक्ष रामचन्द्र अधिकारीको सहभागिता रहेको थियो ।
बैठकमा वडा नं. २८ का वडाध्यक्ष भने अनुपस्थित भएका थिए । वडा नं. २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले आफु काम विशेषले वडामा व्यस्त हुनु परेकाले भेलामा सहभागी हुन नसकेको उल्लेख गर्दै, जनतालाई मर्का नपर्ने गरी जग्गाको मूल्यांकन टुंग्याउन आग्रह गरेको बताए । भेलामा वडा नं. २६ का वडा सदस्य तीर्थबहादुर रानाभाट र मालपोतका कर्मचारी विष्णुप्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने