
१लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
४२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
५काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
६कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
७स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
८नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
९रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१०सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
११रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
१२सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
१०नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
११८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
काठमाडौँ, १७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनतालाई साक्षी राखेर ऐतिहासिक काम गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ ।
‘इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’द्वारा आयोजित ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’का प्रतिस्पर्धी प्रतिभासँगको आज भएको भेटघाटमा प्रधानमन्त्री ‘प्रचण्ड’ले मुलुकको समृद्धि, सुशासनका क्षेत्रमा केही नयाँ गर्ने सोच रहेको बताउनुभयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मैले भनेको थिएँ यसपटक म कुनै नराम्रो काम गर्दिन, नराम्रो काम हुन दिन्नँ । जति गर्छु, देश र जतालाई साक्षी राखेर राम्रो मात्र गर्छु, इतिहास र भावी पुस्ताले सम्झिने केही ऐतिहासिक काम गर्छु ।”
सो अवसरमा प्रधानमन्त्रीले देश निर्माणको अभियानमा बलियो साथ दिन युवापुस्तालाई अपिलसमेत गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “आज तपाईंहरू प्रतिभाशाली कलाकार भाइबहिनीहरूसँग यसरी भेट्न पाउँदा अत्यन्तै खुसी लागेको छ । आ–आफ्नो कला र प्रतिभा बोकेर आफ्नो मातृ तथा पितृभूमि नेपालसम्म आउनुभएका यहाँहरू सबैलाई म हार्दिक स्वागत तथा अभिवादन गर्दछु ।”
विश्वको जुनसुकै कुनामा पुगेका, रहेका भए पनि आफू रहेकै स्थानबाट आफ्नो नेपाली भाषा, पहिचान र संस्कृतिको प्रचलन, संरक्षण र प्रवद्र्धनमा लाग्न प्रधानमन्त्रीले विशेष आग्रह गर्नुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो, “विश्वका सबै देशको इतिहास र पहिचान त्यस देशको भाषा, संस्कार, संस्कृतिले नै निर्धारण गरेको हुन्छ । आफ्नो अलग्गै भाषा र संस्कृति भएका देशको विश्वमा अलग्गै र उच्च अस्तित्व रहन्छ । त्यसैले विश्वमा रहेका सबै नागरिकले आफ्नो भाषा र संस्कृतिको माया गरेका हुन्छन् ।”
नेपाली र नेपालको पनि विश्वमा विशिष्ठ पहिचान रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “नेपालीलाई चिन्ने विविध विशेषतामध्ये हाम्रो अलौकिक, कला, भाषा, संस्कृति र सभ्यता पनि हो । विश्वको एक तिहाइभन्दा बढी जनसङ्ख्याको आस्थाका धरोहर गौतमबुद्धको जन्मस्थल तथा वैदिक सनातन धर्म र संस्कृतिको उद्गमस्थल नेपालका हामी नेपाली त्यसैले पनि विश्वका सबैभन्दा धेरै भाग्यमानी नागरिक हौँ । विश्व मानचित्रमा हाम्रो अलग र उच्च अस्तित्व रहेको छ ।”
प्रधानमन्त्रीले पुनःजोड दिएर भन्न्नुभयो, “हामी एकपटकको नेपाली सधैँका नेपाली हौँ । तपाईं हामी जहाँ र जुन अवस्थामा रहे पनि हाम्रो भाषा र संस्कृतिलाई उच्च बनाउने काममा लाग्नुपर्छ भन्ने मेरो आह्वान हो । विश्वमा छरिएर रहेका सबै नेपाली दाजुभाइ दिदीबहिनीमा मेरो यो आह्वान छ ।”
इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा काठमाडौँमा जारी ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ प्रतियोगिताका सहभागी तपाईं कलाकारप्रति नेपाली भाषा र कलाको प्रवर्द्धनमा लागेकामा प्रधानमन्त्रीले खुसी व्यक्त गर्नुभयो ।
विश्वका प्रतिभालाई जम्मा गरेर नेपाली भाषामा गायन तथा नेपाली संस्कृतिको नृत्य प्रतियोगिताको आयोजना गरी कलाकारलाई नेपालसम्म ल्याई यो स्तरको कार्यक्रम सम्पन्न गर्न लागेकामा प्रधानमन्त्रीले आयोजक संस्थालाई धन्यवाद दिनुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो, “मलाई लाग्छ यस प्रतियोगितामा सहभागीमध्ये कतिपय भाइबहिनीले पहिलो पटक आफ्नो मातृ तथा पितृभूमिमा टेक्न पाएका होलान् । त्यसैले विदेशी भूमिमा रहेर पनि नेपालप्रतिको यस्तो महान् कार्य सम्पन्न गरेकामा आयोजक संस्थालाई म आभार व्यक्त गर्दछु ।”
विश्वका ५२ भन्दाबढी देशमा नेपाली भाइबहिनीका बीचमा प्रतियोगिता गराएर उक्त संस्थाले नेपाली भाषा र संस्कृतिकाको विकासको उद्देश्य राखी उक्त गायन तथा नृत्य प्रतियोगिताको आयोजना गरेको हो ।
“यहाँहरूले पढ्नु भएकै होला, सुन्नुभएकै होला, मेरो नेतृत्वको वर्तमान सरकार फोहरको डङ्गुर सफा गरेर भ्रष्टाचारमुक्त देश निर्माणको अभियानमा छ । मैले सङ्कल्प गरेको छु, जस्तोसुकै परिस्थिति आओस, देश निर्माणको यो महाअभियानमा सरकार दृढतापूर्वक लाग्नेछ, यसमा यहाँहरूजस्ता युवा साथीहरूको बलियो साथ र सहयोग रहनेसमेत मैले विश्वास लिएको छु”, प्रधानमन्त्रीले भन्नुभयो ।
सो अवसरमा उहाँले राजनीतिक दल र नेताहरू सबै उस्तै हुन भन्ने खालको टिप्पणी यथार्थपरक नभएको बताउनुभयो । उहाँले सबै पार्टी र नेताहरू त्यस्तै हुँदैनन् भन्ने तथ्य स्थापित गराउने प्रयासमा आफू लागेको समेत स्पष्ट पार्नुभयो ।
“सङ्घीय लोकतान्त्रिक गणतन्त्र साना दुःखले प्राप्त गरेको व्यवस्था होइन”, उहाँले भन्नुभयो, “निरंकुश राजतन्त्रको कालकोठरीबाट देशलाई आजको अवस्थासम्म ल्याउन हजारौँ सहिदले जीवनको बलिदान गर्नुभएको छ भने लाखौँ युवाले जीवनको ऊर्जाशील समय खर्चनुभएको छ ।”
उहाँले यो हामी सबैको व्यवस्था भएको र सबैको सङ्घर्षबाट प्राप्त भएकाले त्यसको रक्षा गर्ने, त्यसलाई सुदृढ गर्ने जिम्मेवारी पनि तपाईं हाम्रो भएको बताउनुभयो ।
उहाँले भ्रष्टाचारको अन्त्य र सुशासन स्थापनाका लागि गरेको प्रयासबाट परिवर्तन चाहनेहरू उत्साहित भएको बताउनुभयो । “जो जनताको समृद्धि र सुशासनका पक्षमा छैनन्, उनीहरू आतङ्कित छन्”, उहाँले भन्नुभयो, “देश निर्माण गर्ने सरकारको सङ्कल्पमा बलियो साथ दिन म यहाँहरुसमक्ष अपिल गर्दछु ।”
नेपाली मूलका भुटानी अमेरिकी युवा व्यवसायीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण, सम्वद्र्धन एवं प्रवद्र्धनका उद्देश्यले स्थापना गरेको इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले यी प्रतियोगिताको आयोजना गरेको हो ।
सो संस्थालाई विश्वमा विभिन्न देशमा छरिएर रहेका नेपाली भाषीबीच सांस्कृतिक, भाषिक र एकता कायम गर्न प्रधानमन्त्रीले आग्रह गर्नुभयो । गायन र नृत्यका यी दुई प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिएर यसैगरी संसारमा छरिएर रहेका नेपालीलाई एकीकृत गरी नेपालमा ल्याउने र नेपाली कलाको प्रवद्र्धन गर्ने यस कार्यलाई निरन्तरता दिन प्रधानमन्त्रीले आग्रह थियो ।
प्रतियोगितामा गायन र नृत्यतर्फ विजयी हुने प्रथमले जनही रु एक करोड, दोस्रो हुनेले जनही रु ३० लाख र तेस्रो हुनेले जनही रु २० लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल राउण्ड हाल नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको छ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश