
१गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
२पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
३३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
४वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
५गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
६पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
७गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
८विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
९अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
१०एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
११कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
१२रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
८लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
९एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
पोखरा, १७ असार । गण्डकी प्रदेशसभाको आइतबारको बैठकमा प्रदेशसभा सदस्यहरुले बाढीपहिरा, डुबानजस्ता वर्षायाममा हुने प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्यहरुले सम्भावित प्राकृतिक प्रकोपको सामना गर्न विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनालाई चुस्त र प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो । प्रदेशसभा सदस्य पद्मा जिसी श्रेष्ठले बुटवल–नारायणगढ सडक खण्डमा पर्ने नवलपुरको कावासोती, मध्यविन्दुलगायत क्षेत्रमा डुबानको समस्याले सर्वसाधारण त्रासमा बस्नुपरेको बताउनुभयो । “डुबान रोकथाम र नियन्त्रण नगर्ने हो भने ठूलो क्षतिको खतरा छ यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहान्छु”, उहाँले भन्नुभयो ।
प्रदेशसभा सदस्य श्रेष्ठले नवलपुरको सदरमुकामसँग जोडिएका पहाडी क्षेत्र जोड्ने सडक पनि बाढीपहिराको जोखिममा रहेको उल्लेख गर्नुभयो । प्रदेशसभा सदस्य फणिन्द्र देवकोटाले सम्भावित जोखिमका ठाउँमा आपतकालीन उद्धारको प्रबन्ध गर्न माग गर्नुभयो । उहाँले प्रदेश सरकार उद्धार र राहतका लागि जुनसुकै बेला तम्तयार रहनुपर्ने बताउनुभयो ।
प्रदेशसभा सदस्य मित्रलाल बस्यालले कालीगण्डकीको बाढी र कटानले पवित्र धार्मिक क्षेत्र सेतीबेणी सङ्कटमा परेको बताउनुभयो । उहाँले बाढीका कारण बस्ती नै जोखिममा परेको उल्लेख गर्नुभयो । “गत वर्ष दस घर त्यहाँबाट विस्थापित भए, अहिले बस्ती अन्यत्र व्यवस्थापन गर्नुपर्ने अवस्था देखिएको छ”, उहाँले भन्नुभयो ।
प्रदेशसभा सदस्य बस्यायलले धार्मिक महत्त्वको सेतीबेणी (शालिग्राम) क्षेत्रको संरक्षणमा विशेष योजना ल्याउन प्रदेश सरकारसँग माग गर्नुभयो । उहाँले पर्वतकै महाशिलालगायत क्षेत्रका ग्रामिण बस्ती पहिराको जोखिममा रहेको बताउनुभयो । प्रदेशसभा सदस्य प्रकाश बरालले अँधेरी खोलाको बाढी र जलकुम्भी झारले पोखराको फेवाताल कुरुप बनेको बताउनुभयो । उहाँले जलकुम्भी झार हटाउन नियमित रुपमा जनशक्ति व्यवस्थापन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रदेशसभा सदस्य श्यामराजा महतले तनहुँ र स्याङ्जा जोड्ने ढोरबराही मार्ग वर्षा लागेसँगै अबरुद्ध भएकाले तत्काल सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो । उहाँले सडक स्तरहीन हुँदा ढोरबराह मन्दिर जाने धार्मिक पर्यटकदेखि सर्वसाधारणले सास्ती खेप्नुपरेको उल्लेख गर्नुभयो । प्रदेशसभा बैठकको शून्य समयमा उठेका विषयमा बोल्दै प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरणमा प्रदेश सरकार सचेत र गम्भीर रहेको बताउनुभयो ।
उहाँले विपद्को सामना गर्न सम्बन्धित निकायमा उद्धार तथा राहत सामग्री पठाइसकिएको उल्लेख गर्नुभयो । “सुरक्षा निकाय, वन कार्यालय, सामुदायिक वन उपभोक्ता समूहलगायतलाई उद्धार सामग्री दिइएको छ, उद्धार तालिम पनि प्रदान गरिएको छ”, मन्त्री थापाले भन्नुभयो । मन्त्री थापाले फेवातालमाथि भइरहेको मानवीय अतिक्रमण र वातावरणीय प्रदुषण हटाउन प्रदेश सरकार लागिपरेको बताउनुभयो । उहाँले फेवाताल जोगाउन प्रदेश सरकार मात्र नभएर स्थानीय र सङ्घ सरकार पनि गम्भीर भएर लाग्नुपर्ने धारणा राख्नुभयो ।
प्रदेशसभामा आगामी आव २०८०/८१ का लागि विनियोजित बजेटको मन्त्रालयगत छलफल जारी रहेको छ । आइतबारको बैठकमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयसँग सम्बन्धित शीर्षकमा छलफल भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ