
१पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
२पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
३‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
६जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
७फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
८माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
९जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१०उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
११मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१२सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
रत्ननगर, १५ असार । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकको ब्याजदर एकल अङ्कमा सीमित हुनुपर्ने बताउनुभएको छ । चितवनका उद्योगी व्यवसायीले आज साँझ भरतपुरमा आयोजना गरेको छलफलका क्रममा अध्यक्ष ओलीले बैंकले दुई अङ्कको ब्याजदर लिनु राम्रो नभएको बताउनुभयो ।
“बैंकले आठ–नौ प्रतिशत लिँदै आएको ब्याजदर १५ प्रतिशतमाथि पु¥याएका गुनासो सुनेको छु”, ओलीले भन्नुभयो, “यसरी बैंकले दुई अङ्कको ब्याजदर लिनु राम्रो होइन ।”
बैंकले लगानी गरेको ऋणबारे अनुगमन गर्नुपर्ने भन्दै उहाँले ऋणी र बचतकर्ताप्रति बैंक उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो । “ऋण लगानी ग¥यो, ब्याज आउँछ भनेर बैंक तथा वित्तीय संस्था बस्ने गरेका छन्”, उहाँले भन्नुभयो, “ब्याज प्राप्त नभए राम्रो सम्पत्ति लिलाम गर्न पाइन्छ भन्ने उनीहरूको मानसिकता छ, त्यो ठीक होइन ।”
बैंकले एकतर्फी रूपमा ब्याजदर बढाउनु पनि मिटरब्याजी भएको ओलीले टिप्पणी गर्नुभयो । “गाउँको लेनदेन मिटरब्याज भयो तर बैंकको किन हुँदैन ?” अध्यक्ष ओलीले प्रश्न गर्नुभयो । बैंकहरूका कारण अहिले उद्योग व्यवसाय धमाधम बन्द हुन थालेका भन्दै उहाँले उद्योगी व्यवसायीको संरक्षण गर्नु राज्यको दायित्व भएको बताउनुभयो ।
छलफलका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय सदस्य एवं पोल्ट्री व्यवसायी डा तिलचन्द्र भट्टराईले सरकारको नीति र बैंकको ब्याजदरका कारण चितवनमा अहिले ४० प्रतिशत उद्योग मात्रै सञ्चालनमा रहेको बताउनुभयो ।
उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले राज्यले ल्याएको नीतिका कारण उद्योगी व्यावसायीलाई खराब ऋणीको रूपमा स्थापित गराउन खोजेको गुनासो गर्नुभयो । उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष रमेशकुमार पियाले राज्यले उद्योगी व्यावसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्ने बताउनुभयो ।