
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
पोखरा, १५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको लागि विशेष पहल गर्ने बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घका प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उहाँले आँफू छिट्टै चीन भ्रमणमा जाने र त्यहाँका उच्चअधिकारीलाई पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडानबारे ‘ब्रेक थ्रु’ नै हुनेवाला रहेको बताउनुभयो ।
पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडानबारे भारतसँग पनि कुरा भएको र कोरला नाका सञ्चालनबारे सहमति जुटिसकेको र अब नेपाली भूमिमा पनि भौतिक निर्माणलगायतका काम हुने उहाँले जानकारी दिनुभयो । भेटघाटमा नेपाल उद्योग वाणिज्य महासङ्घ तथा पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले सुस्ताएको बजारलाई माथि उकास्न विशेषखालका कार्यक्रम ल्याउन प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभयो ।
बजारमा भारतीय रुपैयाँको विनिमय दर घटेको बताउँदै उहाँले यो समस्या लामो समय रहे मुद्रास्फिति अझ बढ्नसक्नेबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दीगो सञ्चालनको लागि नेपालको पूर्वतिर भएका हवाइ रुट प्रयोगमा ल्याउनुपर्ने र श्रीलङ्का एवं भारतका विभिन्न सहरमा उडान थाल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षणपत्र बुझाउँदै पोखरा उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष गोकर्ण कार्कीले एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान, उत्तरगङ्गा जलविद्युत् परियोजना निर्माण, प्रशारण लाइनको उचित व्यवस्थापनलगायतका माग गर्नुभयो । मित्रराष्ट्र चीनको राजकीय भ्रमणको क्रममा एयरपोर्टको विषयलाई प्राथमिकतामा राख्न आग्रह गर्दै उहाँले उद्योगी व्यवसायीको मनोबल उकास्ने खालका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।
पृथ्वी राजमार्गको स्तरोन्नतिको गति बढाउने, कोरला–त्रिवेणी राजमार्ग निर्माणमा आएका अवरोध हटाउन र मध्यपहाडी राजमार्ग निर्माणलाई गति दिन पनि उहाँले माग गर्नुभयो । हरेक प्रदेशमा सो क्षेत्रका मौलिक उत्पादनको प्रवर्द्धनको लागि कोसेली घर निर्माण हुनुपर्ने धारणा राख्दै उहाँले पोखरा उद्योग वाणिज्य सङ्घले कोसेली घर निर्माणको सोच बनाएको जानकारी दिनुभयो ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई