
१गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
२पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
३३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
४वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
५गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
६पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
७गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
८विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
९अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
१०एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
११कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
१२रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
८लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
९एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
हरिप्रसाद वास्तोला, पोखरा, १५ असार । गण्डकी प्रदेशको राजधानी पोखरा र यसैसँग जोडिएको छ, लामाखेत र लामडाँडा । पोखरा महानगरभित्र पर्ने भए पनि यो ठाउँ आधारभूत सेवा सुविधाका दृष्टिले भने निकै विकट छ भन्दा फरक पर्दैन ।
कमजोर सडक संरचना र पहुँचमा जटिलताका कारण स्थानीयले महानगरबाट पाउने सामान्य सुविधा लिन कष्ट पाउने गरेका छन् । यहाँका स्थानीयलाई आफ्नै वडा कार्यालय पुग्न पनि साहस जुटाउनुपर्ने अवस्था छ । कारण, १३ किलोमिटर टाढाको वडा कार्यालयमा पुग्नै कम्तीमा २ घण्टा पैदल र कम्तीमा दुई पटक सार्वजनिक बस चढ्नुपर्छ ।
यहाँबाट वडा कार्यालयसम्म पुग्न ट्याक्सी सुविधा त छ तर त्यहाँसम्म जान र फर्कन मात्रै कम्तीमा रु ६ हजार खर्च हुन्छ । आर्थिक अवस्था कमजोर हुनेका लागि वडा कार्यालयमा निःशुल्क हुने कामका लागि पनि निकै महङ्गो पर्ने गरेको छ ।
जसबाट आर्थिक अवस्था कमजोर भएका अरुण र डिलमाया गुरुङ जस्तालाई वडा कार्यालयमा पुगेर सेवा लिन पनि बजेट जोहो गर्नुपर्ने अवस्था छ । यो दम्पतीका पाँच छोरी र एक छोरा गरी छ सन्तान छन् । जसमध्ये एक छोरीबाहेक सबै न्यून दृष्टियुक्त छन् ।
सरकारले यस्ता व्यक्तिलाई भत्ता दिन्छ भन्ने उहाँहरुलाई थाहा छ । तर त्यसका लागि सरकारी कार्यालयमा जन्म दर्ता गराउनुपर्छ । त्यसका लागि वडा कार्यालय पुग्नुपर्छ ।
आर्थिक अवस्था कमजोर भए पनि सरकारले दिने भत्ताका लागि उहाँले छिमेकी वडा नं १३ का चन्द्रबहादुर गुरुङको आर्थिक सहयोगमा जन्मदर्ता गराउन वडा कार्यालय पुग्दा ट्याक्सी भाडामा मात्रै रु छ हजार खर्च भयो । त्यति मात्रै होइन, दुई दिनको समय पनि बित्यो ।
“राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्तालगायत अन्य सेवा सुविधा र पठनपाठनलाई निरन्तरता दिनका लागि आवश्यक जन्मदर्ताको प्रमाणपत्र लिन आप्mनो निजी खर्चमा सहयोग गरेको हुँ”, चन्द्रबहादुर गुरुङले भन्नुभयो । बुबा अरुणको आँखामा भएको कमजोरीका कारण सन्तान पनि न्यून दृष्टियुक्त जन्मिएको उहाँको भनाइ छ ।
मुलुकमा गणतन्त्र र सङ्घीयता कार्यान्वयनमा आएपछि काठमाडौँको सिंहदरबार गाउँमा आउँछ भने पनि पोखरा महानगरका यहाँका स्थानीयले भने महसुस गर्न नसकेको गुरुङको भनाइ छ ।
यहाँबाट वडा कार्यालय पुग्न लामाखेत, वयरघारी, कसेरी, ढाव हँुदै डेढ घण्टाको पैदल यात्राबाट काहुखोला पुग्नुपर्छ । त्यहाँबाट बस चढेर महेन्द्रपुल र अर्को बसबाट बगर हुँदै कालीखोलाको झोलुङ्गे पुल पार गर्दै आधा घण्टाको पैदलयात्रा तय गरेपछि बल्ल भलाम खोरस्थित वडा कार्यालयमा पुगिने स्थानीय प्रतीक्षा गुरुङले रासससँग दुःखेसो सुनाउनुभयो ।
उहाँका अनुसार आफ्न वडा कार्यालयमा केही काम परे महानगरका अन्य छवटा वडा छिचोल्दै पुग्नुपर्छ । यहाँबट फूलबारी ब्यारेक हुँदै जानका लागि पक्की बाटो निर्माण भए पनि सार्वजनिक यातायातको सुविधा नभएकाले महङ्गो शुल्क तिरेर ट्याक्सी रिजर्भ गर्नुको विकल्प छैन ।
यहाँका माछाखेत, लामडाँडा, डाँडागाउँ, देउराली, मोहोरीया आँटीघर मौजा हुँदै भलाम ¥यालेचौर सडकको ट्र्याक खुलेको छ तर स्तरोन्नति नहुँदा स्थानीय बासिन्दाले दुःख झेल्न बाध्य भएको लामडाँडाका भीम गुरुङको भनाइ छ ।
उहाँका अनुसार हाल प्रतिनिधिसभा सदस्य विद्या भट्टराईमार्पmत स्थानीय पूर्वाधार विकास कार्यक्रमको रु ३८ लाख, निवर्तमान प्रदेश सभासदस्य मीना गुरुङ सांसद विकास कोषबाट रु २५ लाख र वडास्तरीय रु २० लाखको लागतमा नालासहितको ढलान बाटो निर्माण भइरहेको छ भने महानगरको आर्थिक सहयोग दुई वर्षअघि स्यानीखोलामा मोटरेबल पुल निर्माण भइसकेको छ । तर सार्वजनिक यातायात भने चल्न सकेको छैन ।
वयरघारीस्थित विजयपुर खोलामा पक्की पुल निर्माणसँगै उक्त लगभग १३ किलोमिटरको यो बाटो निर्माण सम्पन्न गर्दै यातायाताका साधन सञ्चालन गर्ने हो भने सेवाग्राहीलाई एक घण्टामा वडा कार्यालय पुग्न सकिने स्थानीयवासी बताउँछन् ।
पोखराको पूर्वी भेगस्थित मादीगाउँपालिका-५ र पश्चिममा पोखरा-१३ माछाखेतको बीच भागमा पर्ने लामाखेत र उक्त क्षेत्रभन्दा माथिल्लो भागमा पर्ने लामडाँडाका बासिन्दालाई यातायातको सुविधा पुर्याउन तीनै तहका सरकार जिम्मेवार हुनुपर्नेमा पोखरा-२० का वडाअध्यक्ष गङ्गाबहादुर केसीले बताउनुभयो ।
यातायातको सुविधा नपुगेसम्म त्यस्ता विकट स्थानमा हप्ताको दुई दिन घुम्ती शिविरमार्पmत वडा कार्यालयबाट पाउने सेवासुविधा उपलब्ध गराउनुपर्नेमा स्थानीय बासिन्दाको सामूहिक माग गर्दै आएका छन् । रासस
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ