
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
कास्की, १४ असार । पुष्पलाल–मध्यपहाडी राजमार्गअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा पहिराले गर्दा दैनिक सडक अवरुद्ध हुँदै आएको छ ।
साविक धौलागिरिका चार जिल्लासहित सोही राजमार्ग हुँदै पूर्वी रुकुम र रोल्पासम्म पुग्ने नागरिक छिनछिनमा खस्ने पहिराले सडक अवरुद्ध हुँदा समस्यामा परेका छन् । एकतर्फीरूपमा मात्र यातायात सञ्चालन गरिँदै आएको साँघुरो सडकमा खसिरहने पहिरो र हिलोमा सवारीसाधन फसेर सुत्केरी, बिरामी, जन्ती र यात्रुलाई सास्ती भएपछि गण्डकी प्रदेश सरकारले विकल्प खोजी गरेको छ ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, मन्त्रालयका उपसचिव लक्ष्मी भण्डारी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी, मध्यपहाडी राजमार्ग आयोजनाका प्रतिनिधिलगायतको टालीले आज राजमार्गको स्थलगत अवलोकन गरी विकल्प खोज्ने निर्णय गरेको हो ।
पोखरा–बाग्लुङखण्डमा भएको सवारी जामको समस्या हटाउन दुई वटा वैकल्पिक सडक सञ्चालन गरिने पूर्वाधार विकास कार्यालय पोखराका प्रमुख महेन्द्र बानियाँले बताउनुभयो । उहाँका अनुसार ठूला सवारी साधनले राजमार्ग नै प्रयोग गर्ने, साना सवारी साधनको काँडे–मनाङचे–पत्थरचोक र पत्थरचोक–पाउदुरकोट सडक प्रयोगमा ल्याउने गरी व्यवस्थापन गर्न लागिएको हो ।
उहाँले भन्नुभयो, “पाउदुरको पहिराले केही दिनदेखि यात्रु समस्यामा परेको धेरै गुनासा आएपछि हामीले जाम कम गर्न र सहज यात्राका लागि वैकल्पिक सडक प्रयोगमा ल्याउने निर्णय गरेका छौँ । यसबाट घन्टौँसम्म जाममा पर्ने समस्याबाट नागरिकले छुटकारा पाउने छन् ।”
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र मध्यपहाडी लोकमार्ग सडक आयोजनाले गाउँपालिकासँग समन्वय गरेर तत्कालै वैकल्पिक सडक मर्मत गरेर जीप, ट्याक्सी र मोटरसाइकल सञ्चालन गर्न सकिने बनाइनेछ ।
वैकल्पिक सडक भएमा सवारी साधनको चाप घट्ने र ठूला गाडीलाई पहिरो पार गराउन सहज हुने प्राविधिकले सुझाव दिएका थिए । गण्डकीको पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, लुम्बिनीको पूर्वी रुकुम रोल्पाको समेत मुख्य राजमार्गका रूपमा रहेको मध्यपहाडी लोकमार्गको पाउदुर खण्डमा दैनिक घन्टौँसम्म अवरुद्ध हुदाँ सयौँ यात्रु जाममा परेर दुःख पाएका छन् ।
चार वर्षअघि भासिएको सो सडकमा पहिरो रोकथाम गर्न रु तीन करोड ५० लाखमा ठेक्का लिएको ओमबुद्ध इन्टरनेशनलसँगको सम्झौताको दोस्रो पटक थपिएको म्याद यही असार ५ गते सकिएको छ । हालसम्म करिब ३० प्रतिशत भौतिक प्रगति छ । जम्मा ८० मिटर क्षेत्रलाई स्टेभल बनाउने कार्यअन्तर्गत ६५ मिटरको फाउन्डेसन बनेको छ भने १५ मिटरको काम अझै सुरु भएको छैन ।
तत्काल सडक निर्माण हुने नदेखिएपछि पहिरो नियन्त्रणको वैकल्पिक उपाय खोजेर नियमित यातायात सञ्चालनका लागि प्रयास गरिएको मन्त्री जुग्जालीले बताउनुभयो । उहाँले भन्नुभयो, “साविक धौलागिरि क्षेत्रको ‘लाइफलाइन’का रूपमा रहेको राजमार्ग अवरुद्ध हुँदा यात्रुले दुःख पाएका छन् । जनतालाई थप कष्ट नहोस् भनेर वैकल्पिक सडक प्रयोगमा ल्याउने निर्णय गरी सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका छौँ ।”
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई