
१प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
२सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
३‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
४कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
५हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
६किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
७लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
८भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
९२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
कास्की, १४ असार । पुष्पलाल–मध्यपहाडी राजमार्गअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा पहिराले गर्दा दैनिक सडक अवरुद्ध हुँदै आएको छ ।
साविक धौलागिरिका चार जिल्लासहित सोही राजमार्ग हुँदै पूर्वी रुकुम र रोल्पासम्म पुग्ने नागरिक छिनछिनमा खस्ने पहिराले सडक अवरुद्ध हुँदा समस्यामा परेका छन् । एकतर्फीरूपमा मात्र यातायात सञ्चालन गरिँदै आएको साँघुरो सडकमा खसिरहने पहिरो र हिलोमा सवारीसाधन फसेर सुत्केरी, बिरामी, जन्ती र यात्रुलाई सास्ती भएपछि गण्डकी प्रदेश सरकारले विकल्प खोजी गरेको छ ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, मन्त्रालयका उपसचिव लक्ष्मी भण्डारी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी, मध्यपहाडी राजमार्ग आयोजनाका प्रतिनिधिलगायतको टालीले आज राजमार्गको स्थलगत अवलोकन गरी विकल्प खोज्ने निर्णय गरेको हो ।
पोखरा–बाग्लुङखण्डमा भएको सवारी जामको समस्या हटाउन दुई वटा वैकल्पिक सडक सञ्चालन गरिने पूर्वाधार विकास कार्यालय पोखराका प्रमुख महेन्द्र बानियाँले बताउनुभयो । उहाँका अनुसार ठूला सवारी साधनले राजमार्ग नै प्रयोग गर्ने, साना सवारी साधनको काँडे–मनाङचे–पत्थरचोक र पत्थरचोक–पाउदुरकोट सडक प्रयोगमा ल्याउने गरी व्यवस्थापन गर्न लागिएको हो ।
उहाँले भन्नुभयो, “पाउदुरको पहिराले केही दिनदेखि यात्रु समस्यामा परेको धेरै गुनासा आएपछि हामीले जाम कम गर्न र सहज यात्राका लागि वैकल्पिक सडक प्रयोगमा ल्याउने निर्णय गरेका छौँ । यसबाट घन्टौँसम्म जाममा पर्ने समस्याबाट नागरिकले छुटकारा पाउने छन् ।”
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र मध्यपहाडी लोकमार्ग सडक आयोजनाले गाउँपालिकासँग समन्वय गरेर तत्कालै वैकल्पिक सडक मर्मत गरेर जीप, ट्याक्सी र मोटरसाइकल सञ्चालन गर्न सकिने बनाइनेछ ।
वैकल्पिक सडक भएमा सवारी साधनको चाप घट्ने र ठूला गाडीलाई पहिरो पार गराउन सहज हुने प्राविधिकले सुझाव दिएका थिए । गण्डकीको पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, लुम्बिनीको पूर्वी रुकुम रोल्पाको समेत मुख्य राजमार्गका रूपमा रहेको मध्यपहाडी लोकमार्गको पाउदुर खण्डमा दैनिक घन्टौँसम्म अवरुद्ध हुदाँ सयौँ यात्रु जाममा परेर दुःख पाएका छन् ।
चार वर्षअघि भासिएको सो सडकमा पहिरो रोकथाम गर्न रु तीन करोड ५० लाखमा ठेक्का लिएको ओमबुद्ध इन्टरनेशनलसँगको सम्झौताको दोस्रो पटक थपिएको म्याद यही असार ५ गते सकिएको छ । हालसम्म करिब ३० प्रतिशत भौतिक प्रगति छ । जम्मा ८० मिटर क्षेत्रलाई स्टेभल बनाउने कार्यअन्तर्गत ६५ मिटरको फाउन्डेसन बनेको छ भने १५ मिटरको काम अझै सुरु भएको छैन ।
तत्काल सडक निर्माण हुने नदेखिएपछि पहिरो नियन्त्रणको वैकल्पिक उपाय खोजेर नियमित यातायात सञ्चालनका लागि प्रयास गरिएको मन्त्री जुग्जालीले बताउनुभयो । उहाँले भन्नुभयो, “साविक धौलागिरि क्षेत्रको ‘लाइफलाइन’का रूपमा रहेको राजमार्ग अवरुद्ध हुँदा यात्रुले दुःख पाएका छन् । जनतालाई थप कष्ट नहोस् भनेर वैकल्पिक सडक प्रयोगमा ल्याउने निर्णय गरी सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका छौँ ।”
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !