
१मालेपाटनमा ‘३५ प्लस भेट्रान्स फुटबल’ जारी, शनिबार क्वाटरफाइनलका खेल
२अंशमुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
३सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
४ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने निर्णय
५पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
६पूर्वप्रधानमन्त्री देउवा दम्पत्ति विरुद्ध पक्राउ पुर्जी
७मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
८पोखराका मेयरले हौसियर ‘बढि गफ’ लगाउँदा गृहमन्त्री विवादमा
९फेवातालको चार किल्ला भित्रको जग्गाको स्थिति यकिन गर्न समिति गठन
१०शंकर ग्रुपका प्रमुख सुलभ अग्रवाल पक्राउ
११नेपाली लेखक संघ कास्कीको अध्यक्षमा अथक
१२लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ जना घाइते
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
१०कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
११कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१२लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
पोखरा, १३ असार । पोखरा महानगरपालिकाले उत्पादनका आधारमा ७० प्रतिशत अनुदान कृषि क्षेत्रमा दिने भएको छ ।
महानगरपालिकाको आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी आवदेखि कृषि उत्पादन सामग्री र यन्त्र उपकरण वितरण गर्दा प्राथमिकताका आधारमा लगानी परिचालन गर्न उत्पादनका आधारमा कम्तीमा ७० प्रतिशत अनुदान कृषि क्षेत्रमा वर्गीकृत भूमिलाई दिने व्यवस्था गरिने बताउनुभयो ।
भू–उपयोग ऐन र नियमावलीबमोजिम पोखरा महानगरपालिकाले स्थानीय भू–उपयोग परिषद्बाट कृषि र गैरकृषि क्षेत्रको वर्गीकरण गरेको छ । सिँचाइ सुविधा वृद्धि गरी उत्पादन बढाउनका लागि सिँचाइ कुलो निर्माण तथा मर्मतका लागि साना सिँचाइ कार्यक्रममा रु ५० लाख विनियोजन गरिएको छ । भिरालो पाखो जमिनमा आकाशे पानी सङ्कलन गर्न प्लास्टिक पोखरी निर्माणका लागि विशेष प्राथमिकता दिइने बजेटमा उल्लेख छ ।
आगामी वर्ष कृषियन्त्र उपकरण मर्मत अभियान सञ्चालन गरिने बताउँदै उपप्रमुख गुरुङले त्यसका लागि रु ३५ लाख बजेट विनियोजन गरेको बताउनुभयो । व्यावसायिक कृषि उत्पादन कार्यक्रमअन्तर्गत सुन्तला बगँैचा व्यवस्थापन अभियान, मल, बीउ, बिरुवालगायत कृषि सामग्री व्यवस्थापन, आलु उत्पादन कार्यक्रम, हिउँदे बाली अभियान, चैतेधान प्राविधिक सहयोग कार्यक्रम, माछापोखरी क्षेत्र विस्तारजस्ता कार्यक्रमका लागि रु एक करोड २४ लाख बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।
स्थानीय कृषि उत्पादनको न्यूनतम समर्थन मूल्यमा थप वस्तुको न्यूनतम मूल्य तोकी कृषकलाई प्रोत्साहन दिने उद्देश्यले समर्थन मूल्यभन्दा न्यून हुन आउने मूल्य अनुदान दिनका लागि महानगरले रु ६० लाख विनियोजन गरेको छ ।
स्थानीय कृषि उपजहरूको सङ्कलन गरी उपभोक्तासमक्ष पुर्याउन सञ्चालनमा आएको कृषि एम्बुलेन्स सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउनका लागि रु १५ लाख बजेट विनियोजन गरिएको उपप्रमुख गुरुङले बताउनुभयो । थप स्थानमा किसान हाटबजार निर्माण, मेला, महोत्सव सहयोगलगायतका प्रवर्द्धनात्मक कार्यक्रमका लागि रु एक करोड छ लाख विनियोजन गरिएको उहाँले बताउनुभयो ।
कृषि प्रसार, संवाद, प्रविधि हस्तान्तरणअन्तर्गत आकस्मिक बाली संरक्षण, आइपिएम प्रविधि, प्राथमिक कृषि प्रविधि प्रचारजस्ता कार्यक्रमको लागि रु ४२ लाख विनियोजन गरिएको छ ।
व्यावसायिक पशुपक्षी उत्पादन कार्यक्रमअन्तर्गत बाख्रा पकेट कार्यक्रमलाई विस्तार गर्नका लागि रु १५ लाख, व्यावसायिक फार्म सुदृढीकरणका लागि रु ३० लाख, छाडा पशुपक्षी व्यवस्थापनका लागि रु ३० लाख, बाँझो जग्गामा घाँस लगाउनेलाई प्रोत्साहनवापत रु १५ लाख विनियोजन गरिएको छ । पशुपक्षी उपचारका लागि पशु सेवा केन्द्रमार्फत निःशुल्क आधारभूत औषधि वितरणका लागि रु ३३ लाख, नियमित खोप कार्यक्रम, पशु स्वास्थ्य शिविर, कृत्रिम गर्भाधान कार्यक्रमलगायत पशुतर्फका कार्यक्रममा रु दुई करोड ५० लाख बजेट विनियोजन गरिएको उपप्रमुख गुरुङले बताउनुभयो ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने