
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
गलकोट, ९ असार । बागलुङ नगरपालिकामा जन्मेका छोरीहरुको सम्मान र आर्थिक भविष्यका लागि ‘नगरको छोरी’ कार्यक्रम ल्याएको छ । बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा नगरको छोरी कार्यक्रमअन्तर्गत नगरपालिकाभित्र जन्मने छोरीको बैंक खाता खोलेर तत्कालै रु पाँच हजार जम्मा गरिदिने नीति लिएको छ । नगरप्रमुख वसन्तकुमार श्रेष्ठले छोरीको जन्म भएपश्चात् छोरीको नाममा नगरपालिकाले रु पाँच हजार मुद्दती खाता खोलेर जम्मा गरिदिने र उक्त खातामा सम्भव हुने अभिभावकले समेत रकम थप गर्न पाउने गरी नगरको छोरी कार्यक्रम अगाडि बढाइने नीति तथा कार्यक्रम ल्याउनुभएको छ ।
नगरपालिकाले बैंकसँग सम्झौता गरी उक्त खातामा चक्रीयरुपमा उच्चतम ब्याज प्राप्त हुने र उक्त खाताको रकम कम्तीमा २० वर्षसम्म झिक्न नमिल्ने कार्यविधि निर्माण गरेर नगरकी छोरी कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाको योजना रहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।
“अबदेखि नगरपालिकाभित्र जन्मने सबै छोरीहरु नगरका छोरी कार्यक्रममा समावेश हुनेछन्, उनीहरुको बैंक खाता खोलेर रु पाँच हजार नगरले नै जम्मा गर्नेछ, अभिभावकले समेत उक्त खातामा इच्छाइएको रकम जम्मा गर्न सक्नेछन्”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “नगरको छोरी २० वर्ष पुग्दा ब्याजले नै राम्रो रकम जम्मा हुनेछ, छोरीको नाममा खाता खोलेपछि बचत गर्न अभिभावक प्रेरितसमेत हुनेछन् ।”
हाम्रो समाजमा छोरी जन्मिएपश्चात् आमा र नवजात शिशुलाई गरिने दुव्र्यवहार, गर्भावस्थामा भ्रुणको जाँच, भु्रणहत्या र छोरीप्रतिको गलत दृिष्टकोणलाई चिदै नारी सम्मानका लागि नगरको छोरी कार्यक्रम ल्याइएको नगरपालिकाको भनाइ छ ।
नगरप्रमुख श्रेष्ठले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सुन्दर, समृद्ध, सुखी र खुसी बागलुङ नगरको परिकल्पना गरिएको छ । नगरपालिकाले कुकुर नियन्त्रण र नियामन गर्न ‘डग होस्टेल’ कार्यक्रमसमेत ल्याइएको छ । नीति तथा कार्यक्रममा आर्थिक विकासतर्फ कृषिलाई उद्यम, कृषकलाई उद्यमी, निःशुल्क कृषि परामर्श सेवा, गरौँ कृषि उत्पादन हातमा, प्रकोप परे बिमा छ साथमालगायतको नीति अवलम्बन गरिएको छ ।
यस्तै जग्गा धनी र कृषकलाई जोडौ जमिन बाँझो नछोडौँ भन्दै बाँझो जग्गा सदुपयोग गर्ने नगरको नीति रहेको छ । यस्तै पर्यटनतर्फ कृष्णगण्डकी सभ्यता पर्यटन विकास गुरुयोजना अगाडि बढाइने, बागलुङ घुम्न जाऔँ अभियान चलाइने, आफू जन्मेको माटो, आफू हिँडेको बाटो कार्यक्रममार्फत युवालाई स्वदेश फर्काउने, शैक्षिक गुणस्तर वृद्धिका लागि अविभावकसँग नगर प्रमुख कार्यक्रम सुरु गरिने नीति लिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
यसैगरी पढ्दै कमाउँदै, कमाउँदै सिक्दै अभियान ल्याउने, विषय विज्ञ शिक्षकलाई घुम्ती शिक्षकको रुपमा परिचालन गर्ने, स्वास्थ्यप्रतिको सचेतना, सुत्केरी महिलालाई पोषणयुक्त खाना, ‘बागलुङ नगरी स्वास्थ्य संस्थामा डेलिभरी’ भन्ने नारालाई कार्यान्वयनमा लैजाने नगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको छ ।
ज्येष्ठ नागरिक, असहाय र आर्थिक विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने, एक वडा एक खेल मैदान निर्माण गर्ने, खेल प्रशिक्षक र खेलाडीलाई प्रोत्साहन गर्ने, दिगो सडक निर्माणमा ध्यान दिने, एक वडा एक नमूना पूर्वाधार अगाडि बढाउने नगरको नीति रहेको छ । नगरपालिकाले श्रम बैंक निर्माण गर्ने, तामाखानीको अध्ययन गर्ने, मेयर मेरो साथी कार्यक्रम सञ्चालन गर्नेलगायतको नीति लिएको हो । रासस
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई