
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा। पोखरा महानगरपालिकाको लेखनाथस्थित पचभैयामा निर्माणाधीन पोखरा जुलोजिकल पार्कको विवादलाई मिलाएर लैजानुपर्नेमा युनाइटेड क्लबका सल्लाहकारहरूले जोड दिएका छन् । सामाजिक क्षेत्रमा अग्रणी युनाइटेड क्लबको पाँचाँै अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सल्लाहकारको तेस्रोे बैठकमा अधिकांश सल्लाहकारले युनाइटेड क्लबको पहलकदमीमा निर्माणाधीन पोखरा जुलोजिकल पार्कमा विवाद आएको र त्यसलाई मिलाएर लैजान पहलकदमी गर्नुपर्ने बताए ।
क्लबका सल्लाहकार सुशीलराज पराजुलीले युनाइटेड क्लबको पहलकदमी र प्रदेश सरकारको सहयोगमा पोखरा जुलोजिकल पार्क निर्माणको काम जारी रहँदा केही स्थानीय र पार्क व्यवस्थापन समितिबीच विवाद भई अदालती प्रक्रियामा रहेकाले त्यसलाई सुल्झाउनुको विकल्प नभएको बताउनुभयो । पार्क निर्माणका लागि स्थानीयवासीसँग छलफल गरी कानून व्यवसायीसँग सल्लाह लिएर अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।
अर्का सल्लाहकार श्यामकृष्ण श्रेष्ठले क्लबले स्थापनाकालदेखि पोखरामा खुला चिडियाखाना निर्माणका लागि भन्दै रकम छुट्याएको र चिडियाखाना क्लबको ‘ड्रिम प्रोजेक्ट’ भएकाले जस्तोसुकै विवादलाई पनि सुल्झाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सल्लाहकार पवित्रादेवी गुरुङले चिडियाखाना निर्माण प्रक्रिया अघि बढिरहँदा केही त्रुटिका कारण काम रोकिएकाले त्यसलाई अघि बढाउन सबै पक्ष मिलेर जानुको विकल्प नरहेको उहाँले बताउनुभयो ।
क्लबका संस्थापक अध्यक्ष तथा सल्लाहकार हिमालय बख्रेलले पार्कको विवाद समाधानका लागि आफूले पहलकदमी थाल्ने प्रतिबद्धता व्यक्त गर्दै क्लबको उद्देश्यमा आफू सधँै लाग्ने उल्लेख गर्नुभयो । सल्लाहकार विश्वप्रकाश लामिछानेले क्लबले हालै पोखराको साहित्यको उद्गमस्थल अर्घौ अर्चलेमा जग्गा किनेकामा खुशी व्यक्त गर्दै उक्त क्षेत्रमा साहित्यिक पर्यटनलाई आकर्षित गर्ने गरी काम गर्न सके राम्रो हुने बताउनुभयो । क्लबका सल्लाहकार प्रेमछिरी शेर्पा, पूर्वअध्यक्ष तथा सल्लाहकार सुकबहादुर गुरुङ, निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, लीलाधर अधिकारी, गोविन्द अधिकारी, अध्यक्ष राजु श्रेष्ठ, महासचिव शान्तबहादुर थापा, प्रथम उपाध्यक्ष लोकबहादुर थापा, युवा नेता तथा क्लबका सूर्यबहादुर बानियाले क्लबले सामाजिक क्षेत्रमा गरिरहेका विभिन्न कामबारे प्रकाश पार्नुभयो ।