
१मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
६पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
७गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१०फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
११कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
पोखरा, २५ जेठ । हुम्लाका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने उद्देश्यले पोखरामा सांगीतिक कार्यक्रम हुने भएको छ । यही जेठ २६ गते सभागृहमा साँझ ६ः३० बजेबाट परोपकारी सांगीतिक साँझ हुन लागेको हो । एजुकेट नेपाल प्रोजेक्टले कर्मा फ्लाइट फाउन्डेसनको मातहतमा रहेर उक्त कार्यक्रमको आयोजना गरेको हो ।
हुम्लाको नाम्खा गाउँपालिका (नेपालको अग्लो स्थानमा रहेको गाउँपालिका) का १७ स्कुलका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गर्न लागेको एजुकेट नेपाल प्राजेक्टका सोभित ठकुरीले जानकारी गराए । उनी पोखराका व्यवसायी पनि हुन् । पोखराको न्यूरोडमा कफी घर संचालन गर्दै आएका ठकुरीसँगै एजुकेट नेपाल प्राजेक्टमा कृष्ण पौडेल, निशान्त ढकाल, सुशान्त पौडेल, विज्ञान ढकाल, निसान लामिछाने, राजु दास लगायत २४ जना युवाहरु भोलियन्टर रुपमा काम गर्दै आएका छन् । आउँदो शुक्रबार हुने सांगीतिक कार्यक्रममा सुरज पण्डित, विनोद बानियाँ, सिडी विजय अधिकारी, सन्तोष बस्याल, अदिती शर्मा र कमेडियन दिपक थापा लगायतको प्रस्तुति रहने आयोजक संस्थाका सोभित ठकुरीले जानकारी गराए।
उनका अनुसार कार्यक्रममा प्रवेशका लागि २५०, ५०० र १००० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । जसमा विद्यार्थीका लागि २५०, कर्मचारी टिकट ५००, र व्यापारीक व्याक्ति र संघ संस्था टिकट भनेर १००० रुपैयाँ राखिएको उनले बताए । प्रेरणा, हौसला र सहयोग भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रमलाई सफल पार्न सम्पूर्ण पोखरेलीको सहयोग रहनेमा ठकुरी आशावादी देखिन्छन् । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
कमाउने दृष्टिकोणले भन्दा पनि सेवाको भावनाले सांगीतिक कार्यक्रमको आयोजना गरिएको भनाई उनको छ । शैक्षिक सामाग्रीको खाँचोमा परेको क्षेत्र हुम्लामा उक्त सामाग्री वितरणको लागि विशेष गरी सचेतना र कोष जुटाउने लक्ष्य आफ्नो रहेको उनले बताए । उसो त एजुकेट नेपाल प्राजेक्टले कर्मा फ्लाइट फाउन्डेसनसँग मिलेर विगत लामो समय देखि दुर्गमका विद्यालयहरूको शैक्षिक क्षेत्रमा उल्लेखनीय कार्यहरू गर्दै आएको छ । संस्थाले हालसम्म कालिकोट, गोरखा, बन्दीपुर, रुकुम, अस्थाम र अन्य विभिन्न ठाउँहरूमा सहयोग गरिसकेको छ।
यस्तै केही समय अगाडि पुर्वी रूकुमका १५ विद्यालयका १ हजार ४ सय ७० विद्यार्थीलाई एक शैक्षिक वर्षको लागि पुग्ने शैक्षिक सामाग्रीहरू वितरण गरेको थियो । शैक्षिक सामाग्री उपलब्ध भएसँगै उक्त ठाउँका बालबालिकाहरुको पढ्ने मनोभावनामा फेरबदल आएको अभिव्यक्ति ठकुरीको छ । शुक्रबार हुने सांगीतिक कार्यक्रम मार्फत उठेको आर्थिक सहयोगबाट शैक्षिक सामाग्री लिएर टोली आउँदो असारको अन्तिममा हुम्ला प्रस्थान गर्नेछ ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा