
१पोखराका मेयरले गफ लगाउँदा गृहमन्त्री विवादमा
२फेवातालको चार किल्ला भित्रको जग्गाको स्थिति यकिन गर्न समिति गठन
३शंकर ग्रुपका प्रमुख सुलभ अग्रवाल पक्राउ
४नेपाली लेखक संघ कास्कीको अध्यक्षमा अथक
५लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ जना घाइते
६फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
७कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
८शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ
९अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
१०ठुला विचौलियाको साम्राज्य ढाल्दैं सरकार, दीपक भट्ट पक्राउ
११सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन गर्न निर्देशन
१२आजदेखि एसईई परीक्षा सुरु
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१०लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
११कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
१२निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
महेन्द्रनगर, १० जेठ । बचतकर्ताको अर्बौ बढी निक्षेप सङ्कलन गरेर सम्र्पकविहीन भएपछि शिवशिखर बहुद्देश्यीय सहकारी संस्थामा आवद्ध बचकर्ताले धमाधम प्रहरीमा आफ्ना कागजात पेस गर्न थालेका छन् । शिवशिखरको शाखा रहेको कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी, अत्तरीया र लम्की, डडेल्धुराको अमरगढी र डोटीको दिपायलमा प्रहरीले बचतकर्ताका कागजात सङ्कलन गरिरहेको छ ।
उक्त सहकारीबाट भएको ठगी, बचत रकम फिर्ता नगरेको र रकम हिनामिनालगायत विषयमा जाहेरी दिन बचतकर्तालाई सार्वजनिक रुपमै सूचना जारी गरिएपछि एक सातायता प्रहरी कार्यालयमा कागजात पेस गर्नेकोे भीड लागेको छ ।सूचना नै जारी गरेपछि बचतकर्ता धनगढीको जिल्ला प्रहरी, लम्की र अत्तरीयामा प्रहरी कार्यालय पुगेर सहकारीका आवश्यक कागजातसहित निवेदन दिइरहेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो । “तीनवटै शाखामा सञ्चालक र कर्मचारीविहीन छन् ।” उहाँले भन्नुभयो, “सबै बचतकर्ताको निवेदन आइसकेपछि कैलालीमा कति निक्षेप सङ्कलन भएको रहेछ भनेर एकिन जानकारी आउछ ।” प्रहरीका अनुसार मङ्गलबारसम्म धनगढीमा एक हजार भन्दा बढी उजुरी प्रहरीमा आएको थियो ।
त्यसैगरी कञ्चनपुर जिल्ला प्रहरी कार्यालयमा हालसम्म दुई हजार एक सय बचतकर्ताले निवेदन दिइसकेका छन् । उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बचतकर्तालाई निवेदन दिन यही जेठ १५ गतेसम्मको समयावधि दिइएको जानकारी दिनुभयो ।
“सो सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्यूरोले पनि छानबिन गर्दै छ ।” उहाँले भन्नुभयो–“ कञ्चनपुरमा पनि प्रहरीले जाहेरी लिएर अनुसन्धान अघि बढाउने भएकाले कागजातसहित विवरण पेस गर्न भनेका छौँ ।”प्रहरीका अनुसार उक्त सहकारीको महेन्द्रनगर शाखाले मात्रै रु २६ करोड निक्षेप सङ्कलन गरेको बताइएको छ । गत माघयता सहकारी सञ्चालक सम्र्पकबाहिर रहेको सहकारीले यहाँ सञ्चालन गरेको मार्टसमेत कर्मचारीले बन्द गरी हिँडिसकेका छन् ।
यहाँ उक्त संस्थामा दैनिक बचत, फिक्स बचतकर्तादेखि ठूलो रकम शेयर लगानी गरेका ग्राहकले आफ्नो लगानी डुब्न लागेको भन्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिनाका साथै सरोकारवाला निकायमा दबाब बढाउन थालेका छन् । सुदूरपश्चिम प्रदेशबाट मात्र सो सहकारीले रु एक अर्ब ५० करोडभन्दा बढी निक्षेप सङ्कलन गरेको बताइएको छ । सङ्कलित निक्षेप भौतिक संरचना खरिद र निर्माणमा बढी लगानी भएको देखिएको छ । सहकारीले कैलालीमा धानचामल उद्योग, मिल, मार्ट, एग्रो प्रालि, जग्गा, गाडीलगायत भौतिक संरचनामा खर्च गरेको छ भने कञ्चनपुरमा लगानी गरेको मार्ट बन्द भइसकेको छ ।
डडेल्धुरा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहर भट्टले डडेल्धुरामा शिवशिखर सहकारीले करिब रु ४१ करोड निक्षेप सङ्कलन गरेको बताउनुभयो । “हिजोसम्म ६८० बचतकर्ताले रु १२ करोड ५० लाख बिगोसहित आवश्यक कागजात पेस गरिसकेका छन् ।” उहाँले भन्नुभयो–“यहाँ रहेकासहकारीका दुई वटा मार्ट बन्द भइसके ।”
प्रहरीका अनुसार डडेल्धुरामा उक्त सहकारीका दुई वटा भवनसमेत छन् । सहकारी सञ्चालक सम्र्पकविहीन भएपछि बचतकर्ता धर्ना र विरोधमा उत्रिएका छन् । त्यस्तै डोटी जिल्ला प्रहरी कार्यालयले पनि बचतकर्ताको कागजात सङ्कलन गरिरहेको जनाएको छ ।
उक्त सहकारीको डोटी शाखा सञ्चालनमा रहेपनि हाल बन्द अवस्थामा छ । डोटीमा मङ्गलबारसम्म चार सय ७९ बचतकर्ताले निवेदन पेस गरेको प्रहरीको भनाइ थियो ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने