
१जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
२राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
३पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
४लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
५माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
६रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
७प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
८रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
९रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
१०नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
११प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
१२सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
गोरखा, २७ वैशाख । शहीद लखन गाउँपालिकामा चेपाङ समुदायको संस्कृति र परम्पराको संरक्षणका लागि चेपाङ सङ्ग्रहालय निर्माण गरिएको छ । चेपाङ समुदायको बाहुल्यता रहेको वडा नं ४ स्थित डाँडागाउँमा लोप हुन लागको उक्त समुदायको वेशभूषा, तथा कला संस्कृतिको संरक्षणका लागि सङ्ग्रहालय निर्माण गरिएको वडाध्यक्ष यमबहादुर थापाले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७८÷७९ र २०७९÷८० मा वडा कार्यालयले विनियोजन गरेको रु १४ लाख बजेटबाट सङ्ग्रहालय निर्माणको काम सम्पन्न भएको उहाँले बताउनुभयो । “स्थानीयले निःशुल्क उपलब्ध गराएको जग्गासहितको क्षेत्रमा सङ्ग्रहालय निर्माण गरिएको हो”, वडाध्यक्ष थापाले भन्नुभयो, “उपभोक्ता समितिमार्फत निर्माण गरिएको सङ्ग्रहालय चेपाङ समुदायको संस्कृति झल्कने खालको घर निर्माण भएको छ ।”
सङ्ग्रहालयमा अल्पसङ्ख्यक चेपाङ जातिको भेषभुषा, परम्परागत रुपमा प्रयोग गर्ने सामग्री राखिने उहाँले बताउनुभयो । “पछिल्लो समय चेपाङ समुदायले परम्परागत रुपमा प्रयोग गर्ने सामाग्री लोप हुने अवस्थामा छन्”, वडाध्यक्ष थापाले भन्नुभयो, “आगामी पुस्ताले ती सामग्री र संस्कृतिका बारेमा जान्न बुझ्नसमेत नपाउने अवस्था भइसकेकाले त्यसको संरक्षण स्थानीय स्तरबाट नै भए पनि गर्नुपर्छ भन्ने उद्देश्यले सङ्ग्रहालय निर्माण गरिएको हो ।”
गाउँपालिकाको डाँडागाउँ चेपाङ समुदायको मात्र बसोबास रहेको ठाउँ हो । “यहाँ चेपाङको मात्र बस्ती छ, अन्य जातिको बसोबास नै छैन”, वडाध्यक्ष थापाले भन्नुभयो, “ढाडे गाउँ, डाँडागाउँ, तेस्रे गाउँमा सबै चेपाङ समुदायका मान्छे बस्दै आएका छन् ।” निर्माण सम्पन्न गरिएको सङ्ग्रहालयको संरक्षणको जिम्मेवारी पनि चेपाङ समुदायलाई दिइएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो ।
सङ्गहालयमा चेपाङ समुदायले परम्परागत रुपमा प्रयोग गर्ने वेशभूषा, भाङ्ग्रा, जङ्गलमा गिट्ठा टिप्न जाँदा प्रयोग गर्ने सामग्री, चमेरो मार्न प्रयोग गर्ने सामग्री लगायतका सबै खालका परम्परागत सामग्री राखिने उहाँको भनाइ छ । सङ्ग्रहालयमा हरेक वर्षको एक दिन चेपाङ समुदायले मनाउने न्वागी पर्वका दिन कार्यक्रमको आयोजना गरिने र सो समुदायको क्षमता विकासका लागि छलफल तथा बैठक गरिने वडाध्यक्ष थापाको भनाइ छ ।
चेपाङको परम्परागत वेशभूषामा महिलाका लागि गून्यु–चोलो, पुरुषका लागि दौरा–कछाड र त्यसमा जाली भरिएको स्टकोट हुन्छ । साथमा पछाडीपट्टि कम्मरमा काठको खुर्पीठ्याक भिरिएको हुन्छ । त्यस्तै, परम्परागत चेपाङ समुदायको गरगहनाका रुपमा मुगा, हारेमालालाई लिइन्छ । यस्ता गरगहना लगाउने परम्परा पनि बिस्तारै उक्त समुदायबाट लोप हुँदै गएको छ । आफ्नो परम्परा र संस्कृति लोप हुन नदिन स्थानीय सरकारको पहलमा सङ्ग्रहालय बनेपछि चेपाङ समुदाय पनि खुसी भएको स्थानीयवासी जगबहादुर चेपाङले बताउनुभयो । रासस
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए