
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
६रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
७गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
८कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
९रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
१०अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
११कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१२काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
सन्तोष पुर्कुटी, ताप्लेजुङ, १ वैशाख । नयाँ वर्षमा आज ताप्लेजुङस्थित पाथीभरा मन्दिरसहित यहाँका पर्यटकीय क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ भएका छन् । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर, फुङलिङ बजार नजिकै रहेको सिद्धीडाँडा, सुकेटार, देउराली, भिन्तुना डाँडालगायत ठाउँमा दिनभरजसो आन्तरिक तथा बाह्य पर्यटकको भीडभाड रह्यो । सुकेटार क्षेत्रमा पिकनिकसहित थुप्रै समूह पुगेका थिए भने घुमघामका लागि पनि ठूलै सङ्ख्यामा पर्यटक पुगेका थिए । सधँैका वर्षको तुलनामा यो वर्ष यहाँ आन्तरिक पर्यटकको चहलपहल धेरै देखिएको सुकेटारका व्यवसायी दावा शेर्पाले बताउनुभयो ।
यता तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिरसहित पदमार्गका विभिन्न ठाउँमा दिनभर नै मानिसको भीडभाड रहेको स्थानीयले बताएका छन् । पाथीभरा मन्दिरमा आज मात्रै करिब दुई हजार मानिस पुगेका छन् । कोही पाथीभराको दर्शनका लागि त कोही घुमघामका क्रममा पाथीभरा क्षेत्रमा पुगेका हुन् । यो सङ्ख्या गत वर्षको वैशाख १ को तुलनामा धेरै रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो । “भोलि शनिबार भए पनि आज नयाँ वर्ष भएकाले बाहिरका मानिस धेरै आएका छैनन्, तर आन्तरिक पर्यटक भने ठूलै सङ्ख्यामा पुगे, फेदी, काफ्लेपाटी, देउराली, सुकेटार जस्ता ठाउँमा घुमघाम गर्ने पर्यटकको चहलपहल निक्कै बढेको पाइयो”, काफ्लेले भन्नुभयो ।
पाथीभरामा हरेक शनिबार र मङ्गलबार दर्शन गर्नेको निक्कै भीड लाग्ने गर्छ । शनिबारको अघिल्लो दिन नै पाथीभरा क्षेत्रका होटल भरिभराउ हुन्छन् । तर नयाँ वर्ष शुक्रबार भएकाले शनिबार पूजाआजा गर्ने बाहिरका दर्शनार्थी न्यून सङ्ख्यामा आएको बताइएको छ । पाथीभराबाट कञ्चनजङ्घा हिमश्रृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न पाइनुका साथै पदमार्गमा पर्ने वनजङ्गलमा विभिन्न प्रजातिका गुरास फुलेकाले पनि नयाँ वर्षमा धेरै पर्यटक घुमघामका लागि पुगेको स्थानीयले बताएका छन् । पाथीभरा क्षेत्रमा आजभोलि चापसहित विभिन्न प्रजातिका गुरास ढकमक्क फुलेको देख्न पाइन्छ । देउरालीदेखि माथिल्लो फेदीसम्म नै गुराँसका बोट प्रसस्त पाइने भएकाले कोपिला र पलाएको फुलको मनोरम दृश्य देख्न पाइन्छ ।
बजार नजिक पर्ने सिद्धीडाँडा र भिन्तुनामा धेरै सङ्ख्यामा मानिस पुगेका छन् । धार्मिक रुपमा महत्वपूर्ण मानिने सिद्धीडाँडामा पोखरीसहित मन्दिर रहेका छन् । मन्दिरको दर्शनसँगै पोखरीको अवलोकन गर्न पाइने भएकाले यहाँ पनि पर्यटकको चहलपहल बढेको हो । बजार नजिकै पर्ने भएकाले टाढाटाढाका ठाउँमा पुग्न नसक्ने बजार क्षेत्रका पाको उमेरका बालबालिका सिद्धीडाँडामा पुगेका थिए । मन्दिरको दर्शन गर्ने, फोटो भिडियो लिने युवायुवतीको भीडभाड देखिएको स्थानीय ईन्द्र गुरुङले बताउनुभयो । कोभिड–१९ को सङ्क्रमणका केही वर्ष सुनसान जस्तै रहेका यी ठाउँमा यो पटक नयाँ वर्षको आगमनसँगै ठूलो सङ्ख्यामा आन्तरिक पर्यटकको चहलपहल बढेको स्थानीयले जानकारी दिए ।
ग्रामीण क्षेत्रका पर्यटकीय ठाउँमा आज चहलपहल बढ्यो । मिक्वाखोला गाउँपालिकामा पर्ने फुङफुङे झरना, मेरिङदेन गाउँपालिकामा पर्ने गुरासे पोखरीसहितका ठाउँमा स्थानीय मानिस नयाँ वर्षका अवसरमा घुम्न पुगेका थिए । मिक्वाखोला गाउँपालिकाको केन्द्र सावामा रहेको झरनासम्म नै सडक पुगेकाले पछिल्लो समयमा यहाँ आन्तरिक र बाह्य पर्यटक पुग्न थालेका छन् । दैनिकजसो पर्यटक पुग्ने झरनामा चाडपर्व, उत्सव आदि समयमा भने आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गर्छ ।
मेरिङदेन गाउँपालिकामा पर्ने गुराँसे पोखरीमा पनि आन्तरिक पर्यटक पुग्ने क्रम बढ्दै गएको छ । पोखरीसम्म सडक बाटो पुगेकाले र आसपासमा होटल पसलका संरचना बनेर सञ्चालनमा आएपछि उक्त क्षेत्रमा पर्यटक पुग्न थालेका हुन् । पोखरीलाई सफा गर्ने र बारबेर गर्ने कार्य गाउँपालिकाले गरेको थियो । पोखरीमा जमेको माटो निकालेर पानीले पोखरी भरिएपछि उक्त ठाउँमा टाढाका मानिस पुग्न थालेको स्थानीय फुर्वा शेर्पाले जानकारी दिनुभयो ।
गुराँसे पोखरी धार्मिक हिसाबले पनि महत्वपूर्ण रहेको स्थानीयले बताएका छन् । स्थानीय सरकार आएसँगै ग्रामीण क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रमा सडकसहितका पूर्वाधारको विकास भएकाले र प्रचारप्रसार भएकाले ती ठाउँमा पर्यटकको चहलपहल बढ्न थालेको हो । स्थानीयले यस्ता ठाउँमा होटल पसल सञ्चालन गरेर पुग्ने पर्यटकलाई सहजता प्रदान गर्न थालेका छन् । रासस
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !