
१मिटरब्याज र ठगी धन्दाका नाईके छविलाल सुवेदी पक्राउ
२प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन)को सपथ ग्रहण
३लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
४बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त
५चैते दशैंमा समिभञ्ज्याङमा प्रथम खुला हाफ अल्ट्रा म्याराथन सम्पन्न
६रास्वपा संसदीय दलको नेता बने बालेन्द्र शाह
७पोखराका तीन पत्रकार सम्मानित र पुरस्कृत हुँदैं
८नवनिर्वाचित सांसदहरूले लिए शपथ
९कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
१०सूर्यदर्शन सहकारीले भन्यो : ‘रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति कृष्णप्रसाद जैसी मात्र होइनन् !’
११रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
१२सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
९कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
१०निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
११कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१२कास्कीका ३ वटैं क्षेत्रमा रास्वपाको क्लिनस्वीप
काठमाडौँ, १५ चैत । आगामी वैशाख १ गते राजधानीको टुँडिखेलमा ओशो महोत्सव हुने भएको छ । नयाँ वर्षको उत्साह र सकारात्मक सन्देशसँगै ओशो तपोवनको सहकार्यमा महोत्सव हुन लागेको हो ।
महोत्सव बिहान ९ देखि रात्रि ९ बजेसम्म चल्नेछ । महोत्सवमा सबै वर्ग, उमेर, समुदाय, जातजाति, धर्म र संस्कृतिका व्यक्तिलाई सुहाउने विविध प्रकारका प्रस्तुति राखिएको ओशो तपोवनका प्रवक्ता निराजन भण्डारीले जानकारी दिनुभयो । आफ्नो व्यस्त जीवनशैलीमा ध्यान, योग र सत्सङलाई अपनाउँदै खुसी जीवन जीउन सकिने कला महोत्सवबाट सिक्न सकिने उहाँको भनाइ छ । ध्यान, साधना, सङ्गीत, नृत्य, हास्य, स्वाद साहित्य र अध्ययनको महोत्सव हुने प्रवक्ता भण्डारीले बताउनुभयो ।
महोत्सवमा ध्यान, योग, गायन, नृत्य, लाइभ म्युजिक, हास्य ध्यान, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन र प्रहसनलगायतको प्रस्तुति हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सवको मुख्य कार्यक्रम साँझ ५ बजे हुनेछ । साँझको कार्यक्रममा एकै साथ ५० हजारले ध्यान र उत्सव गर्ने तपोवनले जनाएको छ । ओशो तपोवनले गत वैशाख १ गते पनि टुँडिखेलमा ओशो ‘सेलेब्रेसन’ गरेको थियो । सो कार्यक्रममा १५ हजार बढीले एकसाथ ध्यान गरेका थिए ।
देशका विशिष्ट व्यक्तिको सहभागिता रहने भनिएको सो कार्यक्रममा बोधिसत्व स्वामी आनन्द अरुणबाट विशेष सत्सङ्ग हुने प्रवक्ता भण्डारीले जानकारी दिनुभयो । कार्यक्रममा अन्तर्राष्ट्रियस्तरका नृत्य र सङ्गीत प्रस्तुत हुनेछ । सो अवसरमा चर्चित साङ्गीतिक समूह कुटुम्बले विशेष प्रस्तुति दिने उहाँको भनाइ छ ।
महोत्सवका क्रममा ‘फुड फेस्टिभल’ पनि आयोजना हुनेछ । फुड फेस्टिभलको संयोजन अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त नेपाली सेफ सन्तोष साहले गर्ने बताइएको छ ।
महोत्सवका संयोजक भवन भट्टले शारीरिक तथा मानसिक तनाव, हतासा, विषादका कारण दिनानुनिद बिगँ्रदै गएको मानव स्वास्थ्यप्रति जागरुक रहन र नेपाली समाजलाई योग र साधनाका माध्यमबाट जोडी एक समृद्धि मनुष्य निर्माणमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
महोत्सवमा उच्च सरकारी पदाधिकारी, जनप्रतिनिधि, राजनीतिक दलका नेता, विशिष्ट व्यक्ति, कलाकार, सञ्चारकर्मी, स्वदेशी तथा विदेशी ओशोप्रेमी सहभागी हुनेछन् । महोत्सवमा प्रवेश निःशुल्क गरिएको छ । -रासस
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने