News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

कास्की क्षेत्र नं ३(१)मा एमालेका गणेश गुरुङ निर्वाचित

पोखरा, ८ मंसिर । कास्की क्षेत्र नं. ३ को प्रदेश सभा क्षेत्र नं. १ बाट नेकपा एमालेका उम्मेदवार गणेशमान गुरुङ निर्वाचित भएका छन् । ५ दलीय गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मेदवार दुर्गादत्त भण्डारीलाई ४ हजार ८ सय ११ मतले एमालेका नेता गुरुङले पराजित गरेका थिए ।

नेता गुरुङले १४ हजार ४ सय ७३ मत ल्याएका थिए । गुरुङका प्रतिस्पर्धी माओवादीका भण्डारीले ९ हजार ६ सय ६२ मत प्राप्त गरेका थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका केदारनाथ पौडेलले ३ हजार ६ सय ९७ मत प्राप्त गरेका थिए ।