News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

तनहुँबाट काँग्रेसका रामचन्द्र पौडेल विजयी

तनहुँ, ८ मंसिर । प्रतिनिधिभा सदस्यमा तनहुँ क्षेत्र नं. १ बाट नेपाली काँग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएका छन् । ५ दलीय गठबन्धनका साझा उम्मेदवार कांग्रेसका पौडेलले नेकपा एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराउँदै विजयी भएका हुन् ।

नेता पौडेलले २५ हजार ३१८ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी एमालेका राना १९ हजार ९४३ मत ल्याएका थिए ।

स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८७८, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका विनोद घर्तीले २ हजार ४८३ मत ल्याएका छन् ।

डनन्यूज ट्रेन्डिङ