News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

राहदानी किर्ते मुद्दामा अमेरिका बस्दै आएका नगेन्द्रराज अधिकारी पक्राउ

राहदानी किर्ते मुद्दामा पक्राउ परेका नगेन्द्रराज अधिकारी

पोखरा, १४ कार्तिक । राहदानी किर्ते मुद्दामा फरार रहेका नगेन्द्रराज अधिकारीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. २ सेराचौर बस्ने वर्ष ४६ का अधिकारी ६ वर्षदेखि राहदानी किर्ते मुद्दामा फरार रहेका थिए ।

आफ्नै भाइको नागरिकता तथा अन्य कागजात प्रयोग गरी नक्कली राहदानी, नक्कली बैंक खाता लगायतको कागजात तयार गरी साईप्रस गई पुनः अमेरिकामा बस्दै आएका अधिकारी नेपाल आएको सूचनाका आधारमा प्रहरीले आज घरबाटै पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी सुन्दर तिवारीका अनुसार पक्राउ परेका अधिकारीलाई कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाईएको छ ।

डनन्यूज ट्रेन्डिङ