News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद समाचार

पत्रकार गाहामगरलाई स्क्वासमा पदक

पोखरा, ३ कार्तिक । पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत स्क्वास खेलमा लुम्बिनी प्रदेशको तर्फबाट पत्रकार अर्जुन गाहामगर (सुशान्त)ले कास्य पदक जितेका छन् ।

रंगशलास्थित एसआरए स्क्वास कोर्टमा बुधबार भएको खेलमा लुम्बिनी प्रदेशका गाहामगरले प्रदेश नम्बर १ का धनबहादर घलेलाई ३–० को सोझो सेटमा पराजित गर्दै लुम्बिनी प्रदेशको तर्फबाट टिम इभेन्ट तर्फ कास्य पदक जितेका हुन् ।

गाहामगरले अनुभवी खेलाडी धन बहादुर घलेलाई पहलिो सेट १४–१२ को अंकसहित सँघर्षपूर्ण जित निकाले ।

दोस्रो सेटमा गाहामगरले खेललाई सुधार्दै ११–८ मा र अन्तिम सेट ११–६ मा पराजित गर्दै लुम्बिनी प्रदेशलाई टिम इभेन्टतर्फ कास्य पदक दिलाएका हुन् । पहिलो सहभागितामै कास्य पदक जितेका गाहामगर एबिसी टेलिभिजनका पोखरा संवाददाता हुन् भने सुनगाभा न्यूजमा समाचार प्रमुखका रुपमा कार्यरत छन् ।

सो खेल अघि लुम्बिनीकै ज्ञानु बहादुर चौधरीले प्रदेश नम्बर १ का योगेन्द्र लिम्बुलाई ३–० को सोझो सेटमा पराजित गरेका थिए ।

लुम्बिनी प्रदेशको खेलाडीहरुमा ज्ञानुबहादुर चौधरी र गाहामगरसँगै सुदिप सिं रहेका थिए ।

उक्त खेलमा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १, प्रदेश नम्बर २ र बागमती प्रदेशबाट ७ जना महिला र २५ जना पुरुष गरि कुल ३२ जना राष्ट्रिय खेलाडीको सहभागिता रहेको थियो ।

डनन्यूज ट्रेन्डिङ