
१राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
३जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
४राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
५पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
६लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
७माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
८रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
९प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
१०रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
११रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
७जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
८पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
९प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१०पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
मुस्ताङ, १ भदौं । मुस्ताङ जिल्लामा अस्पताल स्थापना भएको ४८ बर्षपछि बुधबार पहिलोपटक प्रसूतिको सफल शल्यक्रिया भएको छ । मुस्ताङ जिल्ला अस्पतालको इतिहासमैं पहिलोपटक शल्यक्रिया भएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. विशाल तिवारीले बताए ।
‘दुई महिना लगाएर उपकरण सेटअप गरियो‚’ डा. तिवारीले भने, ‘त्यसैका परिणाम बुधबार प्रसूति शल्यक्रिया गर्न सफल भयौं ।’ उनले यो सेवालाई निरन्तरता दिइने बताए ।
३ महिना अघि प्रसूति शल्यक्रिया सम्बन्धी उपकरण प्राप्त भएसँग दुई महिना लगाएर सम्पूर्ण उपकरण सेटअप गरिएको र सबै व्यवस्थापन मिलेपछि बुधबार प्रसूति शल्यक्रिया गर्न सफल भएको अस्पतालका मेसु डा.तिवारीले जानकारी दिए । भौगोलिक हिसाबले विकट मानिएका जिल्लामध्येमा पर्ने मुस्ताङमा सामान्य प्रसूति अप्रेशन हुने भएपछि पोखरा वा काठमाडौं लैजानु पर्ने बाध्यता पनि हटेको छ ।
डा. तिवारीका अनुसार अबदेखि अस्पतालमा हाडजोर्नी, एपेन्डिसाइटिस, हाइड्रोसिल, ठूला घाउ चिरफारलगायत सामान्य खालका सबै शल्यक्रिया सेवा उपलब्ध हुनेछ । संघ र प्रदेश सरकारबाट आवश्यक सहयोगको निरन्तरता भएमा मुस्ताङका जनताले अब यस्ता विषयहरुमा सास्ती भोग्न नपर्ने उनको भनाई छ ।
बुधबार बिहान ६ बजेर ३६ मिनेटको जाँदा मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीकी २४ वर्षीया अनिता परियारको शल्यक्रियामार्फत सुत्केरी गराइएको थियो । अनिताले दुई किलो आठसय ग्रामको बच्चा (छोरा) जन्माएकी थिईन् । यतिबेला आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. तिवारीका अनुसार डाक्टर कुन्दन कर्ण (एमडीजीपी)को नेतृत्वमा डा. तिवारी, राजीव सापकोटा, नर्सद्वय सुनीता श्रीमल र नीता घर्तिमगर र सहयोगी सनिलाल परियारको टिमले सफल शल्यक्रिया गरेको हो ।
तिवारी ६ महिनाअघिमात्रै स्थायी नियुक्ति लिएर अस्पताल गएका थिए । संघीय सरकारबाट केही रकम ल्याएर शल्यक्रियाका लागि आवश्यक उपकरण जडान गरिएको अस्पतालले जनाएको छ । ‘दुई महिना लगाएर उपकरण सेटअप गरियो‚’ डा. तिवारीले भने, ‘त्यसैका परिणाम बुधबार प्रसूति शल्यक्रिया गर्न सफल भयौं ।’ उनले यो सेवालाई निरन्तरता दिइने बताए ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए