
१‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
३पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
४माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
५मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४रसुवा बाढी : ७८१ जनाको शव भेटियो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
पोखरा, १५ असार । पोखरेली प्रतिभा हरिप्रसाद भट्टराईले लेखेको ‘नाष्ट गान’ सर्वोत्कृष्ट भएको छ । उनले सर्वोकृष्ट नाष्ट गान लेखेवापत रु. ५० हजार नगद पुरस्कार पाएका छन् ।
उनी पत्रकारिता र कानून व्यवसायमा समेत क्रियाशील छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यसअघि एक सूचना मार्फत् नाष्टको काम कर्तव्य, भूमिका, विज्ञान प्रविधि एवं नव–प्रवर्तन सम्बन्धी र त्यसमार्फत् देशको समृद्धिबारे पूर्णभाव प्रष्टफुटन हुने गरी नास्ट गान तयार पार्न इच्छुक सर्जकहरूलाई आव्हान गरेको थियो । नास्ट गान लेखनमा देशभरका दर्जनौ स्रष्टाहरुले सहभागिता जनाएका थिए ।
पोखरेली प्रतिभा भट्टराईद्वारा रचित नाष्ट गान वरिष्ठ संगीतज्ञ न्हू बज्राचार्यले संगीत दिएका छन् भने उनी समेतका कलाकारले स्वर दिएका छन् । नास्टले हालै सम्पन्न गरेको नवौं राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नास्ट गान ‘लञ्च’ गरेका थिए । यद्यपि नास्टले उक्त गीत आम श्रोताको सहज पहुँचमा राखेको छैन ।
पोखरेली प्रतिभा हरिप्रसाद भट्टराईद्वारा रचित सर्वोत्कृष्ट ‘नाष्ट गान’
नास्ट–गान
विज्ञान र प्रविधि हो हाम्रो ज्ञानशाला ।
विकास र समृद्धिको ठूलो आधारशिला ।।
अन्तरिक्ष उडानको नयाँ यात्रा भर्दै ।
खोज अनुसन्धानका कृतिहरु छर्दै ।।
यत्रतत्र प्रतिभाकैं कदर गरी गरी ।
प्रविधि र विकासमा भरिपूर्ण पारी ।।
शोधार्थीको कर्मथलो नास्ट हाम्रो शान ।
विश्वभरि फैलिरहोस् जय जय विज्ञान ।।
‘नास्ट गानको रचनाकार पोखराले पाउनु सम्पूर्ण पोखरेलीको गौरव हो,’ डन न्यूजसँग संक्षिप्त प्रतिक्रिया दिंदै नास्ट गानका स्रष्टा भट्टराईले भने । ‘म एउटा साधक हूँ । साधनाका क्रममा एउटा रचना सर्वोकृष्ट भयो । यसमा खुशी नहुने कुरै छैन । तर यो खुशी मेरो व्यक्तिगत खुशी मात्र होइन, समग्र पोखराकै खुशी हो,’ उनले थपे ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४रसुवा बाढी : ७८१ जनाको शव भेटियो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने