News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

अपाङ्गता भएकाहरूका लागि छुट्टै गाडी उपलब्ध

पोखरा, १३ साउन । अपाङ्गता भएकाहरुका लागि पोखरा महानगरपालिकाले छुट्टै गाडी उपलब्ध गराएको छ । पूर्ण रूपमा अपाङ्गगता भएका व्यक्तिलाई सहज पहुँच पुगोस् भन्ने उद्देश्यले महानगरले १८ सिट क्षमताको ४० लाख रुपैयाँ मूल्यको एउटा विङ्गर गाडी हस्तान्तरण गरेको हो ।

महानगरपालिकाका मेयर धनराज आचार्य र उपमेयर मञ्जुदेवी गुरुङले स्वाबलम्बन जीवन पद्धति केन्द्र पोखराका अध्यक्ष हेम गुरुङलाई संयुक्त रूपमा बिहीबार सो गाडी हस्तान्तरण गरेका हुन् । केन्द्रले पाएको सो गाडीको पछाडिपट्टिको भागमा रहेको दुई सिट हटाएर लिफ्ट जडान गर्नेछ ।

गाडी हस्तान्तरणपछि मेयर आर्चायले विभिन्न कारणले शारीरिक, मानसिक तथा बौद्धिक रूपमा अपांगता भएका व्यक्तिहरूको जीवन सरल बनाउने कार्यमा थोरै भए पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे । स्थानीय सरकार हरेक नागरिकहरूको साथमा रहेको भन्दै प्राप्त गाडीको सही ढंगले सदुपयोग गर्न उनले आग्रहसमेत गरे ।

स्वाबलम्बन जीवन पद्धति केन्द्रका अध्यक्ष गुरुङले प्राप्त गाडीलाई पूर्ण सदुपयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले पूर्ण रूपमा अपाङ्गगता भएका व्यक्तिहरूका लागि सार्वजनिक यातायात पहुँचयुक्त नभएका वेला महानगरले दिएको गाडीका कारण उनीहरूलाई आउजाउको लागि सहज हुने विश्वास व्यक्त गरे ।