
१सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
२अफवाह नफैलाउन प्रहरीको आग्रह
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
५२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
६अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
७गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
८पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
९विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
१०साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
११गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
१२पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई दिइँदै आएको सहुलियत दुई वर्ष थप
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
९कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१०‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
११‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
१२गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
काठमाडौं, १८ वैशाख । सुदूरपश्चिमका चर्चित कवि लोकराज भट्टको पहिलो उपन्यास ‘छाइल’ले डोट्याली सभ्यतालाई नेपाली साहित्यको मुलधारमा प्रवेश गराएको टिप्पणी गरिएको छ। शनिबार प्रकाशक बुक्स हिमालयले गरेको अन्तरक्रिया कार्यक्रमका वत्ताहरूले नेपाली साहित्यलाई समृद्ध बनाउन यसले योगदान पु¥याउने विश्वास व्यक्त गरेका हुन्।
आञ्चलिक स्वादमा पस्किएको छाइलको कथा र प्रस्तुतीले पाठकलाई बाँधिराख्छ। पुस्तक पढ्न सुरु गरेपछि पुरा नपढी छोड्नै मन लाग्दैन।
‘कुनै पनि पुस्तकको प्रवेशद्वार भाषा हो। छाइलको भाषा नरम छ। मैले त दुई बसाईमै पढें’, साहित्यकार अभय श्रेष्ठले भने, ‘यसले डोट्याली सभ्यतालाई नेपाली साहित्यको मुलधारमा प्रवेश गराएको छ। उपन्यास एकदमै स्वादिलो छ।’
यस उपन्यासमा सुदूरपश्चिमका एक युवाले गरेको संघर्षको कथा छ। यसमा मूलतः बाबु र छोराको सम्बन्ध देखाइएको छ। सुदूरको गरिबीको चित्रण छ। दलितको संघर्षको कथा छ। युवाको प्रेम पनि झल्काइएको छ।
‘छाइल सुदूरपश्चिमको चोखो कथा हो। युवाको जीवन संघर्षको कथा। यसमा हरेक पात्रको संघर्ष देखाइएको छ’, छाइल लोकापर्णसँगै आयोजित अन्तरक्रियामा साहित्यकार श्रेष्ठले भने, ‘छाइल पठनिय कृति हो। विशेषतः युवाहरूले यसलाई मन पराउने छन्। यो कृति लोकप्रिय बन्नेछ।’
मानवअधिकारकर्मी अन्सारीले त ‘छाइल’लाई उत्कृष्ट कृति भएको टिप्पणी गरिन्। ‘नेपाली साहित्यमा पूर्वी नेपालका कथाहरूले छोपेका बेलामा सुदूरपश्चिमको यति मिठो उपन्यास आउनु सुखद् उपलब्धि हो’, उनले भनिन्, ‘विगतमा म सुदूरपश्चिमका डोटी, डडेल्धुरा र कैलालीमा बसेको मान्छे हुँ। छाइलले त्यहाँको तस्बिर दुरुस्तै उतारेको छ। गरिबी भित्र मान्छे कसरी हुर्कन्छ र कसरी संघर्ष गर्छ भन्ने कुरा उपन्यासमा पढ्न पाइन्छ।’
कार्यक्रमको सुरुमै कवि सुमन थापा ‘संगम’ले छाइल अर्गानिक उपन्यास भएको टिप्पणी गरेकी थिइन्। ‘उपन्यासको विषयवस्तु र भाषाले तानिरहन्छ’, उनले भनिन्, ‘सुदूरपश्चिमको ऐना हो छाइल।’
डोट्याली शब्द ‘छाइल’को अर्थ हुन्छ ‘छायाँ’। कविका रुपमा स्थापित भट्ट आफ्नो पहिलो उपन्यासबाट हौसिएका छन्। ‘मैले भुइँमान्छेका कथा उजागर गर्ने प्रयास गरेको हुँ’, उनले भने, ‘पाठकहरूको सुझाबबाट आफूलाई निर्खादै अघि बढ्नेछु।’
कार्यक्रमका वक्ताहरूले उपन्यासकारका केही कमजोरी पनि औंल्याएका छन्। ‘यो उपन्यास बुबाको सेरोफेरोमा घुमेको छ’, मानवअधिकारकर्मी अन्सारीले भनिन्, ‘यसमा आमाको संघर्षको कुरा चित्रण गर्न कञ्जुस्याइँ गरिएको छ।’
उपन्यासमा महिलाका कारण प्रेम असफल भएको देखाइएकामा साहित्यकार श्रेष्ठ संतुष्ट हुन सकेनन्। ‘के महिला यति रहस्यमयी पात्र हुन् त ?’, उनले सोधे। साथै यस कृतिमा माओवादी द्वन्दको कुरा कोट्टयाए पनि गहिराइमा नपुगेको उनले टिप्पणी गरे।
पत्रकार एवं समीक्षक राजकुमार बानियाँले उपन्यास भित्रका केही सन्दर्भ वाचन समेत गरेर रोचक ढङ्गमा अन्तरक्रिया चलाएका थिए। कार्यक्रममा कवि, लेखक, पत्रकारका साथै शिक्षक, विद्यार्थी र पर्यटनकर्मीको राम्रो जमघट थियो।
प्रकाशक बुक्स हिमालयका प्रमुख पवन शाक्यले काठमाडौंसहित मुलुकका प्रमुख सहरमा पुस्तक पुगिसकेको बताए। आगामी दिनमा पनि यस्तै स्वादिला कृति पस्किँदै जाने प्रतिबद्धता जनाए। स्थानीय चुनावपछि काठमाडौं बाहिर धनगढी, नेपालगञ्ज, चितवन, विराटनगर, पोखरालगायत सहरमा किताब यात्रा गरिने शाक्यले जानकारी दिएका छन्।
बुक्स हिमालय लकडाउनका बेला स्थापित प्रकाशन गृह हो। यसले बालसाहित्यका केही कृति छापिसकेको छ भने ‘छाइल’ यसको पहिलो उपन्यास हो। छाइलको मूल्य चारसय ५० रुपैयाँ राखिएको छ ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन