
१विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
३छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
४सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
५बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
६शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
९पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
१०स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
पोखरा, १९ चैत । पोखरा महानगरपालिकाको नेतृत्वका लागि प्रमुख राजनीतिक दलका धेरै नै नेताहरु आकांक्षी देखिएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयरको उमेद्वारका लागि नेताहरुले आ–आफ्नो पार्टी भित्र लबिइङ समेत शुरु गरिसकेका छन् । नेकपा एमाले र सत्तारुढ गठबन्धन दलहरु बीच प्रस्तिपर्धा हुने निश्चित छ ।
त्यसो त सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनमा महानगरपालिकाको तालमेलसम्बन्धी निर्णय केन्द्रबाट नै गर्ने सहमति आजमात्रै गरेका छन् ।महानगरबाहेक उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको हकमा भने तालमेल गर्ने अधिकार सम्बन्धित तहलाई नै दिने निर्णय भएको छ । चुनावी तालमेलसम्बन्धी निर्णय गर्न संयन्त्र बनाउने निर्णय गर्दै स्थानीय तह निर्वाचनमा एकतावद्ध भएर जाने सहमतिसँगै चुनावी सरगर्मी शुरु भईसकेको छ ।
क्षेत्रफलको हिसाबले देश कैं सबैभन्दा ठुलो महानगरपालिकाका रुपमा चिनिएको पोखरा महानगरपालिका पोखरा उप–महानगरपालिका, लेखनाथ नगरपालिका, मौजा, चापाकोट, भदौरे तमानी (३,९), कास्कीकोट माझठाना (१,४,९) कालिका (१,५) र पुरन्चौर गाउँ विकास समिति मिलेर बनेको हो । पोखरा महानगरपालिका यतिबेला ३३ वटा वडामा विभाजित रहेको छ । यस महानगरपालिकाको कुल जनसंख्या भने चारलाख दुईहजार नौंसय ९५ रहेको छ । जसमा कुलमतदाता संख्या भने दुईलाख ७ हजार सातसय १२ रहेको छ ।
२०७४ सालको निर्वाचनमा पोखरा महानगरपालिकामा एमालेका तर्फबाट मानबहादुर जिसी निर्वाचति भएपनि उनले आफूले घोषणापत्रमा जारी गरे अनुसारका धेरै कामहरु गर्न नै सकेनन् । त्यसो त २२ वडामा एमालेका र ११ वडामा कांग्रेसका जनप्रतिनिधिहरु निर्वाचित भएपनि पोखराको समग्र विकास र सुधारमा सोचेजस्तो काम हुनैं सकेन । त्यसैले यसपटकको स्थानीय निर्वाचनको सरगर्मी शुरुहुँदा समेत एमालेले आफ्नै घोषणा पत्रमा उल्लेख गरिएका बुँदाहरुका विषयमा महानगरपालिकामा भएका कामहरुको खुलेर प्रचारबाजी गर्न सकिरहेको छैन ।
वेथिति र व्यापक अनियमितताको केन्द्र भनेर चिनिएको पोखरा महानगरपालिकामा अब आउने मेयर सशक्त र क्षमतावान नै चाहिएको छ । करोडौं रुपैयाँ गायब हुने र त्यसलाई दलको आवरणमा जोगाईने प्रवृत्तिका कारण यसलाई चिर्न सक्ने पात्रको खोजी पोखरावासीहरुले गरिरहेका छन् । राजनीतिक दलको टिको लगाएर नियुक्ति खाएकाहरुको सञ्जाल र त्यसलाई परिचालित गरी आर्थिकदेखि अनेकन् फाईदा लुट्ने दलका नेताहरुबाट समेत पोखरा महानगरपालिकालाई जोगाउनु पर्ने खाँचो देखिएको छ । त्यसैले अबको नेतृत्व सम्हालेर आउने जनप्रतिनिधि(मेयर) यो वा त्यो पार्टीको भन्दा पनि सक्षम, साहसी, कुनै पनि भ्रष्टाचारमा नमुछिएको वा कुनै पनि धुमिल छवि नभएको पात्र हुनु आवश्यक छ ।
अघिल्लो स्थानीय तह निर्वाचनमा भन्दा यसपटक साढे ३६ लाख मतदाताहरुको संख्या बढेको छ । त्यसो त यसपटक वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जनाले मतदानमा भाग लिदैंछन् । गत वर्ष चुनाव जितेर पनि काम गर्न नसकेका जनप्रतिनिधिहरु र दललाई जनताले किनार लगाउँछन् वा त्यस्तै पात्र फेरि दोहोरिन्छन् त्यो समयले नै देखाउने छ । तर अब हामी लागौं, पोखरा महानगरपालिकाको मेयरका सन्दर्भमा चर्चामा आएका पात्रहरुका विषयमाः
नेपाली कांग्रेसबाट मेयरका लागि चर्चित नामहरुः
नेपाली कांग्रेसबाट यतिबेला मेयरको उमेद्वारका रुपमा युवाउद्यमीदेखि वहालवाला मन्त्री, पूर्वसचिव र संघका पूर्वमन्त्रीसम्मको चर्चा चलिरहेको छ । संघका पूर्वकानुनमन्त्री यज्ञबहादुर थापा, नेपाल सरकारका पूर्वसचिव बाबुराम आचार्य, प्रदेशका बहालवाला कानुनमन्त्री बिन्दुकुमार थापा, कास्की कांग्रेस सभापति किशोरदत्त बराल, पूर्ववडाध्यक्ष वीरेन्द्रनारायण बिजुक्छे, विश्वशंकर पालिखे, गंगाधर पराजुली, युवाउद्यमीहरु सिरोजविजय कोइराला र किरण केसी, कास्की कांग्रेसका निवर्तमान सभापति कृष्ण केसी, बजिरमान श्रेष्ठ, महिला नेतृहरुमा लक्ष्मी पाण्डे, सरस्वती गुरुङ, माया बराल, नम्रता बराल र कांग्रेसका जिल्ला सचिव सुदीपमोहन भट्टराई लगायतको नाम चर्चामा रहेको छ ।
माओवादीबाट मेयरका लागि चर्चित नामहरुः
माओवादीबाट मेयरको उम्मेदवार हुनेमा पनि धेरै नैं आकांक्षीहरु देखिएका छन् । यस अघि मेयरमा चुनाव उठेर पनि गठबन्धनका कारण पछि हटेका विश्वप्रकाश लामिछाने, झलकपाणि तिवारी, गोमा ढकाल, बिष्णु पौडेल, बखानसिंह तमु, हरिनारायण गिरी, समुन देवकोटा, अग्नि कँडेल, केशव पौडेल, राजु तिमिल्सिना, सृजना त्रिपाठी, कल्पना पाण्डे, पूर्णकुमारी राना गौतम (ममता), एलिसा आले गुरुङ, बोधराज लामिछाने, गंगा पोखरेल, भीमबहादुर विक, जनक पराजुली, शिवजी लामिछाने, मिन गुरुङ, प्रकाश तिवारी र ज्ञानबहादुर कोइराला लगायतका नेताहरुको नाम चर्चामा रहेको छ ।
एमालेबाट मेयरका लागि चर्चित नामहरुः
नेकपा एमालेमा बहालवाला उपमेयर मञ्जुदेवी गुरुङ, प्रदेश सांसद कृष्णबहादुर थापा, राजीव पहारी, भीम काकी, मीनाकुमारी गुरुङ, पुष्प अधिकारी, रश्मि आचार्य, दिलीप न्यौपाने र पुष्पज्योति ढुंगाना लगायतका रहेका छन् ।
नेकपा (एकीकृत समाजवादी)का लागि चर्चित नामहरुः
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बाट कास्की अध्यक्ष धनराज आचार्य र मोति बराल लगायतको चर्चा रहेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मेयरका लागि चर्चित नामहरुः
राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट विजयबहादुर भण्डारी लगायतको नाम चर्चामा रहेको छ ।
स्वतन्त्र तर्फबाट गनेस पौडेलले यस अघि नै पोखरा महानगरपालिकाको मेयरको उमेद्वारी घोषणा गरिसकेका छन् ।
२०७४ सालको निर्वाचनमा मेयर निर्वाचित एमालेका मानबहादुर जिसीले कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार रामजी कुँवरलाई हराएका थिए । मेयरमा निर्वाचित जिसीले ६० हजार एकसय १८ मत र कांग्रेस नेता कुँवरले ४६ हजार चारसय १६ मत ल्याएका थिए । जसमा वडाहरुमा एमालेबाट तर्फबाट निर्वाचित २२ र कांग्रेसका तर्फबाट निर्वाचति ११ वडाध्यक्ष रहेका छन् । एमालेले सोचेजस्तो काम गर्न नसक्दा यसपटक मत विभाजित हुने निश्चित प्रायः देखिन्छ ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई