
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
४‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
५पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
पोखरालाई लुटको अखडा बनाउने एमाले नेता, सहकारी ठगदेखि विद्यालय लुटेरासम्मको गिरोह
पोखरा, ३१ असार । नेकपा एमालेका नेता एवम् सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको आडमा पोखरामा भ्रष्टाचार, ठगी र विचौलियाको कालो साम्राज्य मौलाएको छ ।
करोडौंको जग्गा हडप्ने, सहकारी ठग्ने, विद्यालयको रकम लुट्ने र मिडियाको आडमा अवैधधन्दा चलाउने फटाहाहरुको बलियो संरक्षकका रूपमा गुरुङ उभिएका छन् । पोखरालाई लुटको अखडा बनाउने यी भ्रष्ट पात्रहरुको नेतृत्व गुरुङको ‘पिएस गुट’ले गरेको छ, जसले सुशासन र नैतिकताको धज्जी उडाएको छ ।
सुजन लामा : गुरुङको कुख्यात विचौलिया
पोखराको हेमजामा बसेर करोडौंको डिल गर्ने र जग्गा हडप्ने कुख्यात विचौलिया सुजन लामालाई पृथ्वीसुब्बा गुरुङको खुला संरक्षण छ । नुवाकोटमा जन्मिएर हेमजाको भट्टिपसलबाट हुर्केका लामा एमालेको अनेरास्ववियु हुँदै राजनीतिमा प्रवेश गरे । छोटो समय समाजवादीमा भड्किए पनि गुरुङको आडमा फेरि एमाले फर्किएर उनले गुन्डागर्दी र दलालीको धन्दा चलाएका छन्।

नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सल्लाहकार समेत रहेका विचौंलिया सुजन लामा ।
लामा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, गण्डकी प्रदेशका महासचिव, नेपाल–बेलायत मैत्री समाजका सल्लाहकार र ए एस रियल स्टेटका प्रबन्ध निर्देशकको आडमा जग्गा हडप्ने र सेटिङ मिलाउने कालो धन्दामा माहिर छन् । विचौंलिया लामाले यसअघि पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुँदा सचिवालय सदस्य हुँ भनेर भनेर १० लाख रुपैयाँ ठगी गरेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको थियो । मन्त्रीक्वाटरसम्म पुगेर करोडौंको डिल गर्ने लामालाई गुरुङको छत्रछायाँले पोखराको कुख्यात दलाल बनाएको छ ।
गुरुङको फटाहा गिरोह : ठग, लुटेरा र भ्रष्टाचारीको जमात
पृथ्वीसुब्बा गुरुङको वरिपरि सहकारी ठग, विद्यालय लुटेरा र पत्रकारिताको आवरणमा धन्दा चलाउने अपराधीहरुको जमात छ । यो कालो गिरोहले पोखरालाई भ्रष्टाचारको गढ बनाएको छ । पिएस गुटमा सहकारी ठगीमा कास्की कारगारमा रहेको शिवबहादुर गुरुङ उर्फ महेन्द्र भोटे, पोखरा–७ श्रीकृष्ण माविको आर्थिक अनियमिततामा अख्तियारमा धाइरहेका नेकपा एमाले कास्कीका पूर्वउपाध्यक्ष तेजनारायण अधिकारी, पत्रिकारिताको आवरणमा ठगीधन्दा सञ्चालन गर्नेहरु रामकृष्ण ज्ञवाली, एमबी आस्था, केशवशरण लामिछाने, इन्द्र पौडेल र अहिलेको सबैभन्दा चर्चित विचौंलिया काण्डका खलनायक सुजन लामा समेत रहेका छन् । हामीले तल प्रस्तुत गरेका पात्रहरुको हर्कत र छवि पिएस ग्रुपले संरक्षण गर्ने पात्रहरुको सांकेतिक परिचय मात्र हो ।
शिवबहादुर गुरुङ ‘महेन्द्र भोटे’ : सूर्यदर्शन लगायत विभिन्न सहकारीको रकम ठगीमा जेल परेका कुख्यात ठग ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले पूर्वसञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे)लाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । उनी झण्डै १ वर्षदेखि कारागारमा नैं छन् ।

बाराही ग्रुपसँग आवद्ध शिवबहादुर गुरुङ महेन्द्र भोटेले पाँच तारे होटल सेदी लक्जरीमा लगानी भित्र्याउन मलेशिया र हङकङमा आयोजित कार्यक्रममा । सहकारीबाट लुटेको रकम यसरी लगानी गरिएको छ । फाईल तस्विर
महेन्द्र भोटेसहित गितेन्द्र (जीबी) राईको समूहले सूर्यदर्शन सहकारीमार्फत १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ अपचलन गरेको उजुरी प्रहरीमा परेको थियो । सहकारी ऐन, २०७४ को दफा १२२ अनुसार १९ जनाविरुद्ध मुद्दा दायर, ८–१० वर्ष कैद र बिगो बमोजिम जरिवानाको माग गरेर मुद्दा सरकारी वकिलको कार्यालय कास्कीले अदालतमा दायर गरेको थियो । जीबी राई, भूपेन्द्र राईसहित १३ जना अझैं फरार छन् । सहकारी ठगीमा एकहजार ३६ जना बचतकर्ताले जाहेरी दिएका थिए ।
एमाले युवा संघका उपमहासचिव, गुण्डागर्दी पृष्ठभूमि, पोखरामा डिस्को र होटल व्यवसायमा संलग्न रहेका भोटेले कर्मचारी पेस्कीका नाममा ५ करोड र सहकारीको भवन आफ्नो नाममा पास गरेका थिए । उनलाई एमाले नेताहरू पिएस गुरुङ, महेश बस्नेत लगायतको संरक्षण रहेको थियो ।
तेजनारायण अधिकारी : एमालेका पूर्व जिल्ला उपाध्यक्ष, श्रीकृष्ण मावि मासबारको लाखौं रकम भ्रष्टाचार गर्ने पात्र।
पोखरा महानगरपालिका वडा नं. ७ मा रहेको श्रीकृष्ण माध्यमिक विद्यालयमा तत्कालीन व्यवस्थापन समितिका अध्यक्ष तेजनारायण अधिकारी र पूर्वप्रधानाध्यापक केदारनाथ अधिकारीले ३२ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले छानबिन गरिरहेको छ ।

श्रीकृष्ण माविको प्राङ्गणमा अध्यक्ष तेजनारायण अधिकारी र प्रधानाध्यापक केदार अधिकारी । तस्विर सौजन्य सञ्चारकेन्द्र डटकम
पुस्तकालय व्यवस्थापन र पुस्तक खरिदका लागि प्राप्त ९ लाख ४५ हजार रुपैयाँको हिसाबकिताब नराखिएको र पुस्तकालय स्थापना नभएको छानबिनका क्रममा भेट्टिएको थियो । अध्यक्ष र प्रधानाध्यापक मिलेर भवन निर्माणका नाममा पनि अनियमितता गरेका छन् । कमसल सामग्री प्रयोग र अनुकूल व्यक्तिलाई निर्माण समिति संयोजक बनाएर लाखौं हिनामिना गरिएको थियो । जसको हिसाबकिताब नैं आजसम्म पनि उनीहरुले प्रस्तुत गर्न सकेनन् ।
तेजनारायणले आफ्नो कार्यकालको हिसाबकिताब सार्वजनिक गर्न नसकेर वर्षौंसम्म विद्यालयमा पाइला समेत टेकेनन् । उता पूर्वप्रधानाध्यापक केदारनाथको पेन्सनखाता समेत अख्तियारले रोकेर राखेको थियो । तत्कालिन अवस्थामा प्रधानाध्यापकले अनियमितता नगरेको दाबी गरे पनि हिसाब मिलाउन भने नसकेको स्वीकार गरेका थिए ।
रामकृष्ण ज्ञवाली : समाधान दैनिकका सञ्चालक, पत्रकारिताको आडमा ठगी धन्दा चलाउन माहिर।
पोखराबाट सञ्चालित समाधान दैनिकका सञ्चालक मध्ये एक हुन् रामकृष्ण ज्ञवाली । यो समूहले पत्रकारिताको आवरणमा राज्य, सार्वजनिक निकाय र विज्ञापनदातालाई ठग्दै आएको छ ।

समाधान दैनिकका सञ्चालकहरु उमनाथ बराल, विप्लव पौडेल र रामकृष्ण ज्ञवालीसहितको टोली ।
समाधान दैनिकले सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४लाई उल्लङ्घन गर्दै टेण्डर र सूचनाका विज्ञापनहरू छापेर सार्वजनिक निकायहरूलाई झुक्याउँदै आएको छ। ऐनको दफा २५ ले स्पष्ट भन्छ, “सार्वजनिक सूचनाहरू राष्ट्रियस्तरको पत्रिकामा प्रकाशित हुनुपर्छ।” तर, समाधान दैनिकले आफूलाई ‘राष्ट्रिय’ भन्दै यस्ता सूचनाहरू छापेर गैरकानुनी कामलाई वैध बनाउने प्रयास गरेको छ।
प्रेस काउन्सिलमा समाधान दैनिकले आफूलाई प्रदेशस्तरको पत्रिका भन्दै कागजपत्र पेस गरेर लोककल्याणकारी विज्ञापनको लाखौं रुपैयाँ पनि बार्षिक रुपमा असुल्दैं आईरहेको छ । यो दोहोरो चरित्रले पत्रकारिताको मर्यादालाई मात्र होइन, राज्यको ढुकुटीमाथि समेत लुट मच्चाएको छ ।
एमबि आस्था : एमाले कार्यकर्ता र पत्रकारको रूपमा सिडिओ कार्यालय र प्रहरीमा विचौलियाको धन्दा गर्ने एमवी आस्थाले सिडिओलाई भिनाजुको नाता लगाउने गर्दछन् । मर्निङवाक वा प्रजिअहरु विहान व्यायाम गर्ने ठाउँमा पुगेर दिनरात अघिपछि गर्ने आस्थाले यहीं चिनजान र परिचयको आडमा तल्लो तहका प्रहरीको सरुवादेखि विभिन्न मुद्दाहरु समेत मिलाउने काम गर्ने गर्दछन् ।
पोखरामा प्रहरी प्रशासनका प्रमुखहरुलाई जुवा खेल्ने ठाउँको व्यवस्था मिलाईदिनेदेखि मोजमस्तीको व्यवथा मिलाउने काम विचौंलियाहरुले गर्दै आएका छन् । आफ्नो काम मिलाउन जुवाको बाहनामा प्रहरी प्रमुखहरुलाई जिताई दिए झैं गरिदिने र त्यसको बदलामा विचौंलियाले फाईदा उठाउने गरेका घटना पोखराका लागि भने नौंलो होइनन् ।

एमबी आस्था मगर
इन्द्रप्रसाद पौडेल : सृजना विकास केन्द्रमा करोडौं हिनामिना, पत्रकारिताको आवरणमा ठगी
पोखराको सृजना विकास केन्द्रमा अध्यक्ष कृष्णबहादुर थापा, कोषाध्यक्ष कृष्णप्रसाद बराल र कान्तिपुर टेलिभिजनका पोखरा प्रतिनिधि तथा निवर्तमान अध्यक्ष इन्द्रप्रसाद पौडेलको समूहले करोडौं रुपैयाँ हिनामिना गरेका थिए । पत्रकार पौडेलले जग्गा दलाली, होटल बेचबिखन कारोबार लगायतका विचौंलियाको काम समेत गर्ने गर्दछन् ।

ईन्द्रप्रसाद पौडेल ।
डेढ करोड झिक्ने निर्णयलाई माइन्यूटमा केरमेट गरी साढे ५ करोड रुपैयाँ विभिन्न सहकारीमा बिना अभिलेख ट्रान्सफर गरिएको थियो । थापाले ४५ लाख रुपैयाँ आफ्नो खातामा र १ करोड बिना निर्णय सराङकोट सहकारीमा लगेका थिए भने पौडेलले ५० लाख अन्नपूर्ण सहकारीमा लगेको स्वीकार गरेका थिए । कान्तिपुर टेलिभिजन र सराङकोट एफएमको नाममा दबाब सिर्जना गरी यो समूहले अनियमितता गरेको थियो । पत्रकार पौडेलले सडकपेटीमा फुटट्रयाक बनाउने काममा पेटी ठेक्काको जिम्मा लिएर समेत काम गर्दै आईरहेका छन् । पत्रकारिताको आवरणमा विविधधन्दामा संलग्न पौडेल पनि विवादित पात्र हुन् ।
केशवशरण लामिछाने : सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा नियुक्त प्रेस काउन्सिलका सदस्य, उनी सम्पादक रहेको पोखराको समाधान दैनिक ‘प्रदेश क’ मा वर्गीकरण भएपनि ‘राष्ट्रिय’ भनेर लाखौंको ठगी गरिरहेको छ। नियामक निकायमा रहेका लामिछानेले आफ्नै पत्रिकामा यस्तो ठगी हुँदा पनि समेत मौनता साँध्नुले उनको भूमिका र विश्वसनीयतामाथि समेत प्रश्न उठेको छ । पोखरामा पत्रकारिता पढाउँदैं आएका उनले गण्डकी प्रदेशमा सुशासनका विषयमा तालिम दिदैं हिड्ने गर्दछन् ।

समाधान दैनिकका सम्पादक केशवशरण लामिछाने
खगराज अधिकारीमाथि हावी हुन फटाहा भर्ती
गण्डकी प्रदेशमा आफ्नो दबदबा कायम गर्न र एमाले नेता खगराज अधिकारीलाई पछार्न गुरुङले यस्ता भ्रष्ट, ठग र लुटेराहरुको गिरोह बनाएका छन्। यो कुख्यात गुटले सहकारी ठगी, विद्यालय लुट र जग्गा हडप्ने धन्दालाई खुलेआम संरक्षण गरेको छ। गुरुङको आडमा यी पात्रहरुले पोखरालाई भ्रष्टाचारको कालो बजार बनाएका छन्। गुरुङको संरक्षणमा फलिरहेको यो भ्रष्ट गिरोहले एमालेको सुशासनको नारा र जनताको विश्वासमाथि कालो धब्बा लगाएको छ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई