
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
६कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
७अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
८रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
९कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१०काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
११स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
“पोखराको जग्गाले टुलुटुलु हेरिरहेको छ, २५ राख्नुस्, काम बनेपछि माझीकुनामा माछा खाऊँला,”
पोखरा, ३० असार । पोखरा–१६, दीपस्थित १३५ रोपनी लिची बगैंचा हडप्न बिचौलियाहरूले मन्त्रीसँग मिलेर घुस डिल गरेको खुलासा भएको छ । दुई वर्षदेखि चलिरहेको यो चलखेलमा मालपोत कर्मचारीलाई धम्क्याउने र सरुवा गराउनेसम्मका हर्कत भएका छन्।
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको संरक्षणमा विचौंलिया लामाले पोखरामा वषौंदेखि यस्तैं हर्कतहरु गर्दै आईरहेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग बिचौलिया सुजन लामाले गरेको कुराकानीको अडियोमा २५ लाख घुस र मालपोत कर्मचारी सरुवाका लागि ५३ लाखको प्रस्ताव भएको सुनिन्छ । “पोखराको जग्गाले टुलुटुलु हेरिरहेको छ, २५ राख्नुस्, काम बनेपछि माझीकुनामा माछा खाऊँला,” लामाले भनेका छन्।
विचौंलिया सुजन लामा, नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सल्लाहकार !
४० वर्षभन्दा पुरानो फैसला देखाउँदै पोखरा–१६ दीपको ‘लिची बगैंचा’ बारीका रुपमा चिनिएको जग्गा हडप्ने चलखेल भएको हो । तत्कालीन राजाले राणाहरुलाई बिर्ता दिएको जग्गा पछि कीर्ते गरी अर्कैको नाममा गएको भन्दै २०३१ सालमा अदालतमा परेको मुद्दाको फैसला बोकेर करिब १ सय ३५ रोपनी जग्गा हत्याउन चलखेल भईरहेको हो ।
यो बगैंचा २०१७ सालमा मुस्ताङका थकालीले बसाइँ सरेर बनाएका हुन्। गणेशबहादुर गौचन र उनका छोराले ६० रोपनी जग्गा किनेर सुन्तला खेती सुरु गरे। रोगले सुन्तला नष्ट भएपछि ३० वर्षअघि लिची रोपियो, जसले यो ठाउँलाई लिची बगैंचाको पहिचान दियो।
बिचौलियाले प्लटिङको नाममा डेढ करोडसम्म पेस्की उठाए
१९७९ मा राणाहरूले बिर्ता पाएको यो जग्गा २०१७ पछि थकालीले किनेका थिए। २०३१ मा राणा परिवारका दुर्गादेवी र गीतादेवी शाहले दाबी गर्दै मुद्दा हाले। २०४१ मा सर्वोच्चले उनीहरूको पक्षमा फैसला गर्यो, तर कित्ता र नक्सा अस्पष्ट भएकाले कार्यान्वयन भएन। २०५९ को नापीमा थकालीकै नाममा लालपुर्जा कायम भयो। बिचौलियाहरूले यो अस्पष्ट फैसलालाई हतियार बनाएर जग्गा हडप्ने प्रयास गरिरहेका छन्।
अडियो रेकर्डमा कास्कीको भूमि आयोगको अध्यक्ष नियुक्तीबारे छलफल
सुजन लामाले मालपोतका पूर्वप्रमुख रामचन्द्र अधिकारी र तत्कालीन मन्त्री रञ्जिता श्रेष्ठसँग मिलेर योजना बनाए। अधिकारी लमजुङ सरुवा भएपछि उनीहरूले हालका प्रमुख चिरञ्जीवी पौडेललाई हटाएर अधिकारीलाई फिर्ता ल्याउन खोजे। लामाले नापी प्रमुख नरबहादुर चन्द र अधिकृत दिनेश लामिछानेलाई समेत सरुवा गराए। अर्का बिचौलिया प्रकाश दाहालले लोकदिव्यश्वरी शाहको नाममा हकदार खडा गरेर जग्गा हत्याउने प्रयास गरेका छन्।
‘जग्गा नामसारी असम्भव’ : मालपोत प्रमुख चिरञ्जीवी पौडेल
लिची बगैंचाका थकाली बासिन्दा बिचौलियाको धम्कीबाट त्रसित छन्। इन्द्र गौचन भन्छन्, “हाम्रो पुर्खाले किनेको जग्गामा यस्तो चलखेल हुँदा कानुन नै नभएजस्तो लाग्छ ।” बिचौलियाले प्लटिङको नाममा डेढ करोडसम्म पेस्की उठाएको सुनेको गौचनले बताए ।
मालपोत प्रमुख पौडेलले जग्गा नामसारी असम्भव भएको बताएका छन् । “कित्ता नम्बर अस्पष्ट छ, लालपुर्जा भएकालाई हटाएर अर्कोलाई दिन सकिँदैन,” उनले भने । लिचिबारी जग्गा हडप्न निवेदन दिएर कर्मचारीलाई पटक पटक दबाब दिएपछि मालपोतले नापी कार्यालयलाई अदालतले फैसलाअनुसार यो जग्गाको कित्ता एकिन गर्न पत्र पठाएको थियो । नापी कार्यालय कास्कीले अहिले सो जग्गाको कित्ता एकिन गर्न नसकिने मालपोतलाई जवाफ पठाएको छ ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सल्लाहकार समेत रहेका विचौंलिया सुजन लामा ।
बिचौलियाको त्यही समूहले बाटुलेचौरको त्यही जग्गा फेरि दर्ता गराउन प्रयास अघि बढाइरहेको भूमि व्यवस्था तथा अभिलेख विभाग सम्बद्ध स्रोत बताउँछ । ‘त्यसक्रममा लमजुङका प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीलाई कास्कीमा सरुवा गर्ने र काम गराउन उनीहरूको योजना थियो,’ स्रोतले भन्यो, ‘त्यसका लागि कास्कीका प्रमुख मालपोत अधिकृत चिरञ्जिवी पौडेललाई अन्तर मन्त्रालय सरुवा गरेर अन्यत्र तान्नुपर्ने थियो, त्यो काम गर्नसक्ने भएकाले उनीहरूले मन्त्री गुप्तालाई प्रयोग गर्न खोजेका थिए ।’
दुई दिनअघि सार्वजनिक भएको अडियो रेकर्ड अनुसार, गत पुसरमाघमा भएको भेटमा काम गरिदिने भनेर मन्त्री गुप्ताले केही रकम समेत बुझिसकेका छन् । अडियो रेकर्डमा कास्कीको भूमि आयोगको अध्यक्ष नियुक्तीबारे छलफल भए पनि पोखराको जग्गाको कुराकानीको प्रसंग समेत छ ।
अडियो रेकर्ड गर्ने विचौंलिया लामाले ‘पोखराको जग्गाले हामीलाई टुलुटुलु हेरेर बसिरहेको छ मन्त्रीज्यू । अनि हामी यहाँ यसरी हेरेर बसेर हुन्छ ?’ भनी मन्त्री गुप्तालाई व्यंग्य गरेका छन् । मन्त्री गुप्ताले ‘अनि १५ महिनामा के हेरिरा’ छ त ?’ भनेर जवाफ दिन्छन् ।
माछा खुवाउने मन्त्रीको प्रस्ताव इन्कार गर्दै अडियो रेकर्ड गर्ने विचौंलिया लामाले भन्छन्, ‘माछा–मछली केही नखाने, तपाईंले काम गरेपछि अब माझीकुनामा माछा खान जाने हो ।’
विचौंलिया लामाले पोखराका गुन्डाहरुको समेत प्रयोग गरी मालपोत कार्यालयका कर्मचारीहरुलाई धम्क्याउँदैं आईरहेका थिए । विचौंलिया लामाले केन्द्रीय कारागारमा धेरै वर्ष थुनामा रहेर आएका बिक्रम लामाको नाम बेच्दैं धम्क्याउने गरेको मालपोत कार्यालयका कर्मचारीहरुले बताए । जब कि यो विषयमा बिक्रम लामाले आफूलाई केही पनि जानकारी नभएको बताए ।
विचौंलिया लामा यसअघि नेकपा एमाले गण्डकी प्रदेशका पूर्व सचिवालय सदस्य समेत हुन् । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको संरक्षणमा विचौंलिया लामाले पोखरामा वषौंदेखि यस्तैं हर्कतहरु गर्दै आईरहेका छन् ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी