
१अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
२ठुला विचौलियाको साम्राज्य ढाल्दैं सरकार, दीपक भट्ट पक्राउ
३सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन गर्न निर्देशन
४आजदेखि एसईई परीक्षा सुरु
५एमालेको संसदीय दल र कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापा ‘बादल’लाई
६इनिशा हत्या प्रकरणमा संलग्न चारजना विरुद्ध बलात्कार र कर्तव्य ज्यान मुद्दा दर्ता
७डा. अनिल सुवेदीका तीन कृति एकसाथ विमोचन
८ओली र लेखकको रिहाइको माग गर्दै थप आन्दोलन घोषणा
९व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का
१०सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
११काठमाडौंका तत्कालिन सीडीओ छवि रिजाल पक्राउ
१२सन नेपाल लाइफ इन्स्योरेन्सका सीईओ अर्याल पक्राउ
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१०कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
११निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
१२लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
“प्रमुख जिल्ला अधिकारीको कार्यालयमा अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको व्यवस्था पञ्चायतकालीन एकतन्त्रीय प्रावधानको निरन्तरता हो। सरोकारवालासँग छलफल र परामर्शविना ल्याइएको यो प्रावधान आपत्तिजनक, अस्पष्ट र अव्यावहारिक छ।”
पोखरा, २३ साउन । नेपाल पत्रकार महासंघले केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ अन्तर्गत छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ मा गरिएको संशोधनमार्फत अनलाइन सञ्चारमाध्यमको दर्ता, सञ्चालन र नवीकरण स्थानीय प्रशासनमार्फत गर्ने व्यवस्थाप्रति गम्भीर आपत्ति जनाएको छ। महासंघले यो प्रावधानलाई संविधान र संघीय शासन प्रणालीविपरीत भएको ठहर गरेको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रमुख जिल्ला अधिकारीको कार्यालयमा अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको व्यवस्था पञ्चायतकालीन एकतन्त्रीय प्रावधानको निरन्तरता हो। सरोकारवालासँग छलफल र परामर्शविना ल्याइएको यो प्रावधान आपत्तिजनक, अस्पष्ट र अव्यावहारिक छ।”
विज्ञप्तिअनुसार, हाल सञ्चालनमा रहेका करिब पाँच हजार अनलाइन सञ्चारमाध्यमको नवीकरण र दर्ता प्रक्रियामा अन्योलता कायम छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण कार्य अचानक स्थगन गरेपछि थप सन्देह उत्पन्न भएको महासंघको भनाइ छ।
हाल सञ्चालनमा रहेका करिब पाँच हजार अनलाइन सञ्चारमाध्यमको नवीकरण र दर्ता प्रक्रियामा अन्योलता कायम छ।
महासंघले डिजिटल युगमा पत्रपत्रिका समेत दर्ता नगर्ने अन्तर्राष्ट्रिय अभ्यास र आमसञ्चारसम्बन्धी छाता ऐनको मस्यौदामा पालिकामा सञ्चारमाध्यम दर्ता गर्ने प्रावधान उल्लेख भएको सन्दर्भलाई उल्लेख गर्दै सरकारको पछिल्लो कदमलाई “उल्टो बाटो” मा हिँडेको रूपमा व्याख्या गरेको छ। सञ्चारमाध्यमको दर्ता र नवीकरण सञ्चार तथा सूचना प्रविधि मन्त्रालय वा मातहतका निकायसँग सम्बन्धित हुनुपर्नेमा मन्त्रालयको उदासीनताप्रति पनि महासंघले आपत्ति जनाएको छ।
सञ्चारमाध्यमको दर्ता र नवीकरण सञ्चार तथा सूचना प्रविधि मन्त्रालय वा मातहतका निकायसँग सम्बन्धित हुनुपर्नेमा मन्त्रालयको उदासीनताप्रति पनि महासंघले आपत्ति जनाएको छ।
महासंघले सरकारसँग अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणबारे सरोकारवालासँग व्यापक छलफल गरी निष्कर्षमा पुग्न, विद्यमान अन्योलता हटाउन र प्रेस स्वतन्त्रताको सम्मान गर्दै सहज सञ्चालनको व्यवस्था गर्न माग गरेको छ। अन्यथा, आवश्यक परामर्शपछि आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी पनि महासंघले दिएको छ।

१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने