
१अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
२ठुला विचौलियाको साम्राज्य ढाल्दैं सरकार, दीपक भट्ट पक्राउ
३सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन गर्न निर्देशन
४आजदेखि एसईई परीक्षा सुरु
५एमालेको संसदीय दल र कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापा ‘बादल’लाई
६इनिशा हत्या प्रकरणमा संलग्न चारजना विरुद्ध बलात्कार र कर्तव्य ज्यान मुद्दा दर्ता
७डा. अनिल सुवेदीका तीन कृति एकसाथ विमोचन
८ओली र लेखकको रिहाइको माग गर्दै थप आन्दोलन घोषणा
९व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का
१०सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
११काठमाडौंका तत्कालिन सीडीओ छवि रिजाल पक्राउ
१२सन नेपाल लाइफ इन्स्योरेन्सका सीईओ अर्याल पक्राउ
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१०कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
११निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
१२लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
यो घोटालाको मुख्य दोषीहरूमा सहकारीका अध्यक्ष ऋषिराम अधिकारी, पदमबहादुर राउत, हरिप्रसाद पौडेल, किशोर बस्नेत र नारायणबहादुर सुँयाल लगायतको गिरोह रहेको छ।
लमजुङ, २ साउन । सामान्य ज्यालादारी मजदुर, महिला, बालबालिका र वृद्धवृद्धाले रगत–पसिना बगाएर सुनिश्चित भविष्यको सपना बोकेर सहकारीमा जम्मा गरेको करोडौं रकम लमजुङको सुनौलो भविष्य बचत तथा ऋण सहकारीका सञ्चालकहरूले ठगी गरेर जोखिममा पारेका छन्।
यो घोटालाले समाजमा ठालु बनेर हिँड्ने, गाडी चढेर मोजमस्ती गर्ने र सर्वसाधारणको रगत–पसिना लुट्ने ‘महाठग’हरूको कालो कर्तुत उदाङ्गो भएको छ । यी ठगहरूले न त कानुनको डर मानेका छन्, न त बचतकर्ताको पीडाप्रति संवेदनशील नैं देखिन्छन्।
“सहकारीमा जम्मा गरेको पैसा फिर्ता नहुँदा घरपरिवार तहसनहस भयो। यस्तो अवस्थामा आत्महत्या नै गर्ने सोच आइरहेको छ,” लमजुङकी बचतकर्ता चिनिमाया गुरुङले आँसु झार्दै भनिन्, “हाम्रो पैसाले सञ्चालकहरूले महँगा गाडी र घर बनाएर मोजमस्ती गरिरहेका छन्, तर हामी घर न घाटका भयौं।” चिनिमायाजस्ता सयौं बचतकर्ताहरूको अवस्था यस्तै दर्दनाक छ। उनीहरूको जीवन धान्न जम्मा गरेको पैसा फिर्ता नहुँदा मानसिक र पारिवारिक विचल्लीको शिकार बनेका छन्।
यो तथ्य उजागर भएको एक वर्ष बितिसक्दा पनि सञ्चालकहरूले न हिसाब मिलाएका छन्, न त बचतकर्ताको रकम फिर्ता गरेका छन्।
सुनौलो भविष्य सहकारीको प्रारम्भिक छानबिनले ६ करोड ५४ लाख रुपैयाँ घोटाला भएको पुष्टि गरेको छ। ठगीको प्रकृति भने देशव्यापी रुपमा एउटै देखिएको छ । तर, यो तथ्य उजागर भएको एक वर्ष बितिसक्दा पनि सञ्चालकहरूले न हिसाब मिलाएका छन्, न त बचतकर्ताको रकम फिर्ता गरेका छन्। बरु, यी ठगहरूले गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयको निर्देशनलाई समेत ठाडै अटेर गरेर समाजमा शिर ठाडो पारेर हिँडिरहेका छन्।
“हामीलाई कसले के गर्न सक्छ? हाम्रो राजनीतिक पहुँच र प्रहरी–प्रशासनसँगको सेटिङले यो काण्ड ओझेलमा पर्छ,” भन्ने यिनीहरूको अहंकारी सोचले बचतकर्ताहरूलाई थप पीडा दिएको छ।
यो घोटालाको मुख्य दोषीहरूमा सहकारीका अध्यक्ष ऋषिराम अधिकारी, पदमबहादुर राउत, हरिप्रसाद पौडेल, किशोर बस्नेत र नारायणबहादुर सुँयाल लगायतको गिरोह रहेको छ। यिनीहरूले न त रजिष्ट्रारको निर्देशन पालना गरेका छन्, न त बचतकर्ताको रकम फिर्ता गर्न चासो देखाएका छन्। “हामीलाई कसले के गर्न सक्छ? हाम्रो राजनीतिक पहुँच र प्रहरी–प्रशासनसँगको सेटिङले यो काण्ड ओझेलमा पर्छ,” भन्ने यिनीहरूको अहंकारी सोचले बचतकर्ताहरूलाई थप पीडा दिएको छ। यस विषयमा प्रतिक्रिया लिन अध्यक्ष अधिकारीलाई फोन सम्पर्क गर्न खोज्दा फोन नैं उठेन ।
नेपाली काँग्रेसका केन्द्रीय नेता र गृहमन्त्री रमेश लेखकको आडमा बचतकर्ता र रजिष्ट्रार कार्यालयका कर्मचारीलाई समेत धम्क्याउने गरेका छन् ।
स्रोतका अनुसार, यी सञ्चालकहरूले नेपाली काँग्रेसका केन्द्रीय नेता र गृहमन्त्री रमेश लेखकको आडमा बचतकर्ता र रजिष्ट्रार कार्यालयका कर्मचारीलाई समेत धम्क्याउने गरेका छन्। यस्तो राजनीतिक संरक्षणकै कारण प्रहरी–प्रशासन र नियामक निकायले यी ‘महाठग’हरूलाई कारबाही गर्न हात बाँधिएको छ।
२०८१ असोज २९ मा गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले घोटालाको प्रतिवेदन तयार गरिसकेको थियो। तर, एक वर्षदेखि लमजुङदेखि पोखरा धाइरहेका बचतकर्ताहरूले अहिलेसम्म एक रुपैयाँ पनि फिर्ता पाएका छैनन्। निराश बनेका बचतकर्ताहरूले रजिष्ट्रार कार्यालयमा आत्मदाह र आत्महत्याको चेतावनी दिँदै धर्ना बस्न बाध्य भएका छन्। दिदी–बहिनीहरूले रजिष्ट्रार कार्यालयका प्रमुखलाई बारम्बार कारबाहीको माग गरे पनि ठोस कदम चालिएको छैन।
निराश बनेका बचतकर्ताहरूले रजिष्ट्रार कार्यालयमा आत्मदाह र आत्महत्याको चेतावनी दिँदै धर्ना बस्न बाध्य भएका छन्।
“हामीले जम्मा गरेको पैसा फिर्ता गर्न सञ्चालकहरूले पटक–पटक अटेर गरे। उल्टै हामीलाई धम्क्याए,” एक बचतकर्ताले आक्रोश पोखे। सहकारी रजिष्ट्रार कार्यालय पोखराका प्रमुख भेषराज रिजालले घोटाला भएको र बचतकर्ताले रकम नपाएको कुरा स्वीकार गरे पनि “अनुसन्धानको प्रक्रियामा छ” भन्दै थप बोल्न अस्वीकार गरे।
यो घोटाला लमजुङको मात्र होइन, देशव्यापी समस्या बनेको छ। राजनीतिक संरक्षणको आडमा सहकारी ठगहरूले सर्वसाधारणको रगत–पसिनाको कमाइ लुटेर विलासी जीवन बिताइरहेका छन्। यता, बचतकर्ताहरू भने “के खाऊँ, के लाऊँ, कता जाऊँ?” भन्ने अवस्थामा पुगेका छन्। यस्ता ‘महाठग’हरूको कालो कर्तुतले हजारौं परिवारको मानसिक र पारिवारिक जीवन तहसनहस भएको छ।
सहकारी ठगहरूले सर्वसाधारणको रगत–पसिनाको कमाइ लुटेर विलासी जीवन बिताइरहेका छन्।
बचतकर्ताहरूले यी ‘महाठग’हरूलाई तत्काल कारबाही गरी आफ्नो रकम फिर्ता गर्न माग गरेका छन्। उनीहरूले प्रश्न उठाएका छन्–“हाम्रो रगत–पसिनाको कमाइ लुट्नेहरूलाई किन संरक्षण? किन कारबाही हुँदैन?” यो घोटालाले सहकारीप्रतिको विश्वास मात्र होइन, राज्यप्रतिको भरोसा पनि गुम्ने खतरा बढाएको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी रेशम बोहराले भने, “सहकारी ठगीमा बदमासी भएको छ भने सोहीअनुसार कारबाही हुन्छ। रजिष्ट्रार कार्यालयले पठाएको प्रतिवेदन प्राप्त भएको छ, अध्ययनपछि कारबाही प्रक्रिया अघि बढ्छ।”
तर, तरुण दलको खुकुरी काण्डमा प्रहरीको कमजोर भूमिका र गृहमन्त्रीको प्रभावले बचतकर्ताहरूलाई डीएसपी बोहराको यो भनाइमा विश्वास लागेको छैन।
तर, तरुण दलको खुकुरी काण्डमा प्रहरीको कमजोर भूमिका र गृहमन्त्रीको प्रभावले बचतकर्ताहरूलाई डीएसपी बोहराको यो भनाइमा विश्वास लागेको छैन। “प्रहरीले ठगहरूलाई पक्राउ गर्ला कि नगर्ला, हामीलाई न्याय पाउने आशा मरिसक्यो,” एक बचतकर्ताले आक्रोश पोखे।

१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने