
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
४‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
५पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
पोखरा, २ साउन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) गण्डकी प्रदेश समितिले मादकपदार्थ सेवन गरी बलात्कारको दुस्प्रयास गर्ने शिक्षकद्वय भेषराज पौडेल र दीपक सापकोटालाई तत्कालै पक्राउ गरी कारवाही गर्न माग गरेको छ ।
आज शुक्रबार कार्यालय सचिव शिवले एक प्रेस विज्ञप्ति जारी गर्दै पोखरा–१६ मा रहेको विन्दवासिनी माध्यमिक विद्यालयका सहप्रधानाध्यापक पौडेल र भारतीय पेन्सन क्याम्पमा आईटी अफिसरको रुपमा काम गर्ने शिक्षक समेत रहेका सापकोटालाई कारवाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेका हुन् ।
उक्त घटनामा पोखरा–८, सिमलचौरमा रहेको सेभेन स्टार रेष्टुरेण्टमा कार्यरत कर्मचारीलाई सडकमा पिछा गर्दै गएका दुईजना अपराधीहरुबाट जोगाउने लोकबहादुर थापालाई प्रहरीले ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गर्नुले राजनीतिक प्रभावमा उक्त घटनाको विषयान्तर गर्ने, सत्ता, शक्तिको प्रभाव र दवावमा कास्की प्रशासन चलिरहेको छ भन्ने शंकाको सुविधा दिएको विज्ञप्तिमा उल्लेख छ ।
मिडियामा सार्वजनिक तथ्य र प्रमाणहरु हेर्दा स्पष्ट छ, थापाको उद्देश्य महिला कर्मचारीको जीवनरक्षा बाहेक कुनै स्वार्थ थिए । तसर्थ उक्त झुठो मुद्दा खारेज गरी थापालाई रिहाई गर्न पनि अखिल (क्रान्तिकारी)ले माग गरेको छ ।
पुरानो सत्ता र अदालतले न्यायिक फैसला नगरे, महिला, बालबालिका र ज्येष्ठ नागरिकहरुको सामाजिक सुरक्षामा वेवास्ता गर्दै जनतामा दमन, उत्पीडन र अन्याय मात्र थुपारे न्याय, शान्ति, सुरक्षा र अग्रममनको निम्ति जनताले सडकबाटै वैकल्पिक सत्ता र अदालत गठन गरेर न्यायलाई जिवित राख्न पहल लिनु नैसर्गिक अधिकार हुन आउने भन्दैं राज्य समयमैं सच्यियोस् भनिएको छ ।
विज्ञप्तिमा अखिल (क्रान्तिकारी) अन्याय, अत्याचार, शोषण, दमन, उत्पिडन, हत्या, हिंसा, बलात्कार लगायत सबै खाले सामाजिक तथा कानुनी अपराधका विरुद्ध लड्दैं आएको उल्लेख छ । ‘सार्वजनिक हित, शान्ति, सुरक्षा र अमनचयनले बाँच्न लायक समाज निर्माण गर्ने मार्गमा रहेको रहेको छौं,’ विज्ञप्तिमा उल्लेख छ ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई