
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
६कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
७अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
८रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
९कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१०काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
११स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
पोखरा, २३ साउन । पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप फाउन्डेसनबीच वातावरण संरक्षण, ताल सरसफाइ र रोजगारी सिर्जनासम्बन्धी समझदारी भएको छ। बिहीबार भएको समझदारीमा महानगरका प्रमुख धनराज आचार्य र लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले हस्ताक्षर गरे।
नगर प्रमुख आचार्यले तालहरूको दिगो संरक्षण, पर्यावरणीय सन्तुलन, पर्यटन प्रवद्र्धन र स्थानीय समुदायको आर्थिक सशक्तीकरणका लागि सीपमूलक तालिम र रोजगारी सिर्जना गर्ने परियोजना सञ्चालन हुने बताए। लक्ष्मी ग्रुपले सामाजिक उत्तरदायित्वअन्तर्गत पोखराको पर्यावरण संरक्षण र सामुदायिक सशक्तीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
यो परियोजनाले पोखराका तालहरूमा लेउ र जलकुम्भी नियन्त्रण गरी पर्यावरणीय सन्तुलन कायम राख्ने, जलकुम्भीबाट हस्तकलाका सामग्री उत्पादन र सीप विकासमार्फत रोजगारी सिर्जना गर्ने, गण्डकी बहुप्राविधिक शिक्षालयका विद्यार्थीलाई इन्टर्नसिप र व्यावसायिक प्रशिक्षण प्रदान गर्ने, विपन्न परिवारलाई इन्डक्सन चुलो वितरण र विद्युतीय पूर्वाधार सुधारमा सहयोग गर्ने, जलवायु वित्त र जलवायु न्याय कोषको खोजी गरी विपन्न समुदायलाई सहयोग गर्ने उद्देश्य राखेको आचार्यले बताए।
लक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठले ताल सरसफाइ, जलकुम्भी व्यवस्थापन, हस्तकला उत्पादन, सीप विकास, विद्यार्थीका लागि इन्टर्नसिप र प्रशिक्षण, विपन्न परिवारलाई इन्डक्सन चुलो वितरण र विद्युतीय पूर्वाधार सुधारमा समन्वयात्मक रूपमा काम गर्ने बताए। यसका लागि लक्ष्मी ग्रुपले अत्याधुनिक प्रविधि, वित्तीय स्रोत, उपकरण, प्राविधिक, विज्ञ परामर्शदाता, जनशक्ति, तालिम र विद्युतीय चुल्हो वितरणको व्यवस्था गर्नेछ।
परियोजना ६ महिनाको पाइलट अवधिसहित ५ वर्षसम्म सञ्चालन हुनेछ। प्राविधिक गुणस्तरको नियमित अनुगमन र मूल्याङ्कन गरिनेछ। पहिलो चरणको पाइलट परियोजना ६ महिनाभित्र मूल्याङ्कन गरी प्रभावकारीताका आधारमा फेवाताललगायत अन्य तालहरूमा क्रमशः विस्तार गरिने आचार्यले बताए।
यो परियोजनाले तालहरूको दिगो संरक्षण, फोहोर र प्रदूषण नियन्त्रण, स्थानीय समुदायको आर्थिक सशक्तीकरण, आयआर्जन र जीविकोपार्जनमा सुधार तथा महानगरको प्रथम पञ्चवर्षीय नगर ऊर्जा योजना कार्यान्वयनमा सहयोग पुग्ने विश्वास गरिएको छ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी