
१छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
३पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
४पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१०सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
११पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
१२सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
४पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
५जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
६डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
७आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
८पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
९प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
१०अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
११प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
१२लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
पोखरा, २३ साउन । पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप फाउन्डेसनबीच वातावरण संरक्षण, ताल सरसफाइ र रोजगारी सिर्जनासम्बन्धी समझदारी भएको छ। बिहीबार भएको समझदारीमा महानगरका प्रमुख धनराज आचार्य र लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले हस्ताक्षर गरे।
नगर प्रमुख आचार्यले तालहरूको दिगो संरक्षण, पर्यावरणीय सन्तुलन, पर्यटन प्रवद्र्धन र स्थानीय समुदायको आर्थिक सशक्तीकरणका लागि सीपमूलक तालिम र रोजगारी सिर्जना गर्ने परियोजना सञ्चालन हुने बताए। लक्ष्मी ग्रुपले सामाजिक उत्तरदायित्वअन्तर्गत पोखराको पर्यावरण संरक्षण र सामुदायिक सशक्तीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
यो परियोजनाले पोखराका तालहरूमा लेउ र जलकुम्भी नियन्त्रण गरी पर्यावरणीय सन्तुलन कायम राख्ने, जलकुम्भीबाट हस्तकलाका सामग्री उत्पादन र सीप विकासमार्फत रोजगारी सिर्जना गर्ने, गण्डकी बहुप्राविधिक शिक्षालयका विद्यार्थीलाई इन्टर्नसिप र व्यावसायिक प्रशिक्षण प्रदान गर्ने, विपन्न परिवारलाई इन्डक्सन चुलो वितरण र विद्युतीय पूर्वाधार सुधारमा सहयोग गर्ने, जलवायु वित्त र जलवायु न्याय कोषको खोजी गरी विपन्न समुदायलाई सहयोग गर्ने उद्देश्य राखेको आचार्यले बताए।
लक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठले ताल सरसफाइ, जलकुम्भी व्यवस्थापन, हस्तकला उत्पादन, सीप विकास, विद्यार्थीका लागि इन्टर्नसिप र प्रशिक्षण, विपन्न परिवारलाई इन्डक्सन चुलो वितरण र विद्युतीय पूर्वाधार सुधारमा समन्वयात्मक रूपमा काम गर्ने बताए। यसका लागि लक्ष्मी ग्रुपले अत्याधुनिक प्रविधि, वित्तीय स्रोत, उपकरण, प्राविधिक, विज्ञ परामर्शदाता, जनशक्ति, तालिम र विद्युतीय चुल्हो वितरणको व्यवस्था गर्नेछ।
परियोजना ६ महिनाको पाइलट अवधिसहित ५ वर्षसम्म सञ्चालन हुनेछ। प्राविधिक गुणस्तरको नियमित अनुगमन र मूल्याङ्कन गरिनेछ। पहिलो चरणको पाइलट परियोजना ६ महिनाभित्र मूल्याङ्कन गरी प्रभावकारीताका आधारमा फेवाताललगायत अन्य तालहरूमा क्रमशः विस्तार गरिने आचार्यले बताए।
यो परियोजनाले तालहरूको दिगो संरक्षण, फोहोर र प्रदूषण नियन्त्रण, स्थानीय समुदायको आर्थिक सशक्तीकरण, आयआर्जन र जीविकोपार्जनमा सुधार तथा महानगरको प्रथम पञ्चवर्षीय नगर ऊर्जा योजना कार्यान्वयनमा सहयोग पुग्ने विश्वास गरिएको छ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
४पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
५जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा