
१हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
३लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
४भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१२पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
९पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१०पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
पोखरा, २९ फागुन । गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ सार्वजनिक भएसँगै यसका विषयमा फरक–फरक टिप्पणी र आक्रोशहरु आईरहेका छन् । माओवादी जनयुद्धपश्चात् कार्यकर्ताको सही व्यवस्थापन र उद्देश्यमा अडिग रहन नसकेको माओवादी नेतृत्व र विचलित कार्यकर्ताको अवस्थालाई चित्रण गरिएको यस गीतमा एक छापामार महिलालाई यौनकर्मीका रुपमा देखाईएको दृश्यप्रति धेरैले विरोध गरिरहेका छन् ।
जनयुद्धको नायक मध्येका एक डा.बाबुराम भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्-‘‘तथ्यबाट सत्य खोज’ माक्र्सेली चिन्तनपद्धतिले भन्छ । अनुसन्धानको क्रममा मैले प्रत्यक्ष बुझेको छु– महिलाहरु ऋाफ्नो सन्तान र लोग्नेको उपचारनिम्ति देह बेच्न बाध्य छन् । हिजो जनमुक्तिका निम्ति बन्दुक बोक्नेहरु पेट पाल्न देह बेच्दैछन् । तीतो सत्य स्वीकारौं, समाधान खोजौं । प्रकाश सपुतलाई नसरापौं ।’
शुक्रबार युट्युवमार्फत् सार्वजनिक भएको यो गीत २४ घण्टा पनि नबित्दै ५ लाखभन्दा बढि दर्शकले हेरिसकेका छन् भने सामाजिक सञ्जालहरुमा व्यापक चर्चा र आक्रोश व्यक्त भईरहेका छन् । यस गीतमा प्रकाश सपुतले प्रयोग गरेको गीतका शब्दहरु मार्मिक र यथार्थपरक भएको भन्दै धेरैले यसले माओवादीको अहिलेको यर्थाथलाई उजागर गरेको भनेर विचार व्यक्त पनि गरिरहेका छन् ।
गीतमा जनयुद्धमा सहभागी भएका दम्पत्ति जो युद्धमा गोली लागेर घाईते भएका छन् । उनीहरु मध्ये श्रीमान् अपाङ्ग छन् र दैनिक जिविकोपार्जन गर्न कष्ठकर भईसकेपछि श्रीमती जो लडाकु थिईन् र शरिरमा गोली लागेको थियो उनी वाध्य भएर सानी छोरी छोडेर विदेशिनु परेको र विदेशमा समेत बन्धक हुन पुगेपछि स्वदेश फर्किनका लागि याचना गरेको कारुणिक दृश्य समावेश गरिएको छ ।
धेरै चेलीहरु विदेशमा यसरी नै बन्धक बनाईने र उनीहरुको अवस्था यो भन्दा पनि कहालाी लाग्दो भएको यर्थाथ नै हो । अझ, अपाङ्ग भएका उनका श्रीमान् आफ्नी श्रीमतीलाई बचाई दिन हारगुहार गर्दै सँगै माओवादी जनयुद्ध लडेका तर अहिले मन्त्री भएका पात्र समक्ष पुग्दछन् । जो हिजो जनयुद्धमा भागेर आफ्नो ज्यान बचाएका स्वार्थी र फटाहा पात्र हुन् । उनले ती सहकर्मी योद्धाको पीरमर्का सुन्दैनन् र गाडी हुईक्याएर कुद्छन् । यस्ता दृश्यहरुलाई भने कसैले विरोध गर्न सकिरहेका छैनन् ।
जनयुद्धका क्रममा सेना र प्रहरीकोमा सुराकी गर्ने, त्यहीँ क्वाटरमा रक्सी खाएर सुत्ने र जासुसी गर्नेहरु यतिबेला नेतृत्वको वरिपरि घुमिरहेका छन् र सबैभन्दा बढि स्वार्थपूर्ति गरिहेका छन् । जसले जनयुद्धमा दोहोरो फाईदा उठाए आज उनीहरु कै हालिमुहालीका कारण माओवादी आमजनतामा क्रमशः अलोकप्रिय हुँदै गएको तीतो यर्थाथतालाई पनि यस गीतले राम्रैसँग प्रस्तुत गरिदिएको छ ।
जनयुद्धका महानायक भनेर चिनिने पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरु यतिबेला ती युद्धमा समावेश भएर टुहुरा भएका सहिदका सन्तान, अपाङ्ग, घाईते र वेपत्ताको परिवारकोमा पुग्दैनन् । सिधै दलाल, तस्कर र माफियाहरुको घरमा पुगेर खाना खान्छन्, बस्छन् र रमाउँछन् । के यस्ता घटनाहरु प्रकाश सपुतले बनाएको गीत भन्दा अझै कहालीलाग्दो र पीडादायक छैनन् र ?
जनयुद्धमा सहभागी हजारौं लडाकुहरु यतिबेला मरुभूमिको तातो हावामा भेँडा चराउँदै छन् । कतिले अपाङ्ग भएर जीवन सडकमा बिताई रहेका छन् । यसप्रति जनयुद्धको २० औं बर्ष पार भईसक्दा पनि नेतृत्वले सोच्नु पर्ने होइन र ? एकपटक प्रकाश सपुतको गीतले सहिदको रगत र बलिदानमाथि रजाईँ गर्नेहरुको मथिङगल भने राम्रैसँग हल्लाई दिएको छ ।
माओवादी जनयुद्धपछि अवसरवादी, फटाहा, तस्कर र भ्रष्टहरुले सत्तामा पहुँच पुर्याएको अवस्था यर्थाथ नै हो । जसले जनयुद्धमा परिवार गुमाए, अपाङ्ग भए र परिवारका सदस्य वेपत्ता पारिए ती सोझासाझाले भने आजसम्म पनि सास्ती भोग्नुपरेको कथा यर्थाथ नै हो, जुन प्रकाशले भिडिओमा देखाउन खोजेका छन् ।
जे जस्तो चर्चा परिचर्चा भए पनि यस भिडियोले एकपटक समग्र जनयुद्ध र त्यसको उपलब्धिको अवस्थालाई आमजनतामाझ नङ्गयाई दिएको छ । सो भिडिओमा प्रकाश सपुतसँगै नायिका सुरक्षा पन्त देखिएकी छन् । आरन प्रोडक्सनले उत्पादन गरेको गीतमा प्रकाश सपुतको आवाज छ भने सम्झना भण्डारीले पनि स्वर भरेकी छन् । गीतमा प्रकाश सपुतको नै शब्द र संगीत रहेको छ । भिडिओको कथा तथा निर्देशन पनि गायक प्रकाश सपुतले गरेका छन् । प्रकाश सपुतको यो गीतसँगै सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरु जस्ताको तस्तै :




१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर