
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
११मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
एजेन्सी, २२ फागुन । किभरमस्को । सैन्य आक्रमण सुरु गरेको दसौं दिनमा युक्रेनका दुई सहरमा ‘अस्थायी युद्धविराम’ घोषणा गरेको रुसले त्यसको पालना नगरेपछि सर्वसाधारणको उद्धारमा कठिनाइ भएको छ ।
रुस तथा युक्रेनका अधिकारीले मरिउपोल र भोल्नोभाख सहरमा अस्थायी युद्धविराम गर्ने सहमति भएको घोषणा गरेका थिए । रुसी समाचार संस्था तासले युद्धविराम सहमतिसँगै ती सहरका स्थानीयलाई बाहिर निस्कन मानवीय निकाश मार्ग खुला गरिने जनाएको थियो । दुवै देशका अधिकारीबीच भएको दोस्रो चरणको वार्तामा मानवीय सहायतका लागि मार्ग खुला गर्ने सहमति भएको थियो ।
तर रुसी पक्षले युद्धविरामको पालना नगरेपछि सर्वसाधारणलाई मरिउपोलबाट बाहिर लैजाने काम स्थगित गर्नुपरेको युक्रेनी अधिकारीले जनाएका छन् । सर्वसाधारणहरू फरकफरक स्थानमा गएर आश्रय लिनुपर्ने भन्दै छिट्टै थप जानकारी दिइनेसमेत जनाएका छन् ।
मरिउपोलका उपप्रमुखले सहरमा अझै बमबारी भइरहेको र निकास मार्ग सकिने स्थानमा दुई देशका सेनाबीच भिडन्त जारी रहेको बताएका छन् । स्थानीयले सहरमा हरेक पाँच मिनेटको समयमा एउटा बम पड्किएको आवाज सुनिने गरेको बताएका छन् ।
तर रुसी रक्षा मन्त्रालयले भने युक्रेनको दाबी गलत भएको र आफूहरूले सर्वसाधारणलाई सहरबाट बाहिरिन नरोकेको जनाएको छ । ‘युक्रेनी राष्ट्रवादीहरूले नागरिकलाई सहरहरू छाड्नबाट रोकेका छन्,’ रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । रुसले युक्रेनी फौजलाई ‘राष्ट्रवादीहरू’ भन्ने गर्छ ।
सर्वसाधारणका लागि मानवीय सहयोगद्वारा बनाएपछि युक्रेनी फौजले उल्टै रुसी सेनामाथि आक्रमण गरेको दाबी गरेको छ । युक्रेनका दुई सहर मरिउपोल र भोल्नोभाखमा केही दिनदेखि दुवै पक्षबीच भीषण संघर्ष जारी छ ।
रुसी रक्षा मन्त्रालयले आफ्नो सेनाले युक्रेनी सहरहरूलाई निसानामा नराखेको पनि दाबी गरेको छ । साथै उसले सर्वसाधारणलाई कुनै पनि खतरा नभएको दाबी गर्दै केवल सैन्य संरचनामा मात्रै आक्रमण केन्द्रित गरिएको जनाएको छ । आक्रमणपछि रुसी सेनासँग लड्न ६६ हजार २ सय २४ जना युक्रेनी स्वदेश फर्केका युक्रेनका रक्षामन्त्रीले दाबी गरेका छन् ।
राष्ट्र संघीय सुरक्षा परिषद्को आपत्कालीन बैठकमा अमेरिकाले युरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्रमा भएको रुसी आक्रमणलाई लापरबाहीपूर्ण कदमको संज्ञा दिएको छ । ‘भगवानको कृपाले संसार सम्भावित एक परमाणु प्रकोपबाट बच्यो,’ राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले भनेकी छन् ।
युक्रेनको दक्षिण–पूर्वी क्षेत्र जापोरिज्यास्थित परमाणु ऊर्जा केन्द्रका केही भवनहरू आगो लागेपछि रुसी सेनाले केन्द्रलाई कब्जामा लिएको थियो । जसका कारण केहीको मृत्यु र केही घाइते भएको युक्रेनको दाबी छ । तर रुसले केन्द्रमा आक्रमण नगरेको बताउँदै आएको छ । केन्द्रमा कुनै रेडियोधर्मी पदार्थ नरहेको अन्तर्राष्ट्रिय अनुगमनकर्ताहरूको भनाइ छ ।
रुसले हालसम्म युक्रेनको खर्किभ सहरलाई पूर्णरूपमा नियन्त्रणमा लिइसकेको छ । त्यस्तै राजधानी किभलगायतका सहरहरूमा भने आक्रमण जारी राखेको छ । रुसी सेनाको आक्रमणका कारण शनिबार साँझसम्ममा करिब १२ लाख सर्वसाधारणले युक्रेन छाडेका शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च निकाय यूनएचसीआरले जनाएको छ ।
युक्रेन छाड्नेमध्ये आधाभन्दा बढी पोल्यान्ड पुगेका जनाइएको छ । पोल्यान्ड पुग्ने युक्रेनीको संख्या करिब ७ लाख पुगेको जनाइएको छ । त्यस्तै १ लाख ५० हजार हंगेरी र बाँकी मोल्दोभा, स्लोभाकिया र रोमानिया पुगेका जनाइएको छ । यूएनएचसीआरका अनुसार देशभित्रै विस्थापित हुनेको संख्या पनि निकै ठूलो छ । ‘उनीहरूलाई सुरक्षा र सहयोगको खाँचो छ । अनुमानित ४० लाख मानिसले युक्रेन छोड्न सक्छन्,’ उसले भनेको छ ।
यसैबीच, रुसी राष्ट्रिय विमान सेवा एरोफ्लटले अधिकांश अन्तर्राष्ट्रिय उडानहरू रद्द गरेको छ । उसले ‘विभिन्न परिस्थिति’ का कारण सेवा अवरुद्ध गर्नुपरेको जनाएको छ । आन्तरिक तथा छिमेकी देश बेलारुससँगका उडानमा भने कुनै असर नपर्ने विमान सेवाले जनाएको छ ।
युरोपेली संघ, बेलायत, अमेरिका र क्यानडाले आफ्ना आकाशमा रुसी विमानहरू उड्न प्रतिबन्ध लगाए पनि अन्य गन्तव्य र हवाई मार्गमा असर देखा परेको छ । रुसले समेत उड्डयन क्षेत्रमा त्यस्तो जवाफी प्रतिबन्ध लगाएको छ । रुसले सामाजिक सञ्जाल फेसबुकमाथि पनि प्रतिबन्ध लगाएको छ । त्यसका साथै, ट्वीटर तथा युट्युबको पहुँचमा पनि रोक लगाइएको जनाइएको छ । -कान्तिपुर दैनिक