
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
चितवन देशकै तेस्रो पर्यटकीय गन्तव्य हो । काठमाडौँ र पोखरापछि सबैभन्दा बढी पर्यटक यहाँ आउने गर्दछन् । निकुञ्जमा बाघ, एकसिङ्गे गैँडा, गौरीगाई, लघुना, घडियाल गोही, मृग, जरायो, अर्नालगायतका जनावर, चराचुरुङ्गी, वनस्पतिको अध्ययन अनुसन्धान र अवलोकन गर्न यहाँ पर्यटक आउने गर्दछन् ।”
चितवन । सात महिनापछि खुलेको चितवन राष्ट्रिय निकुञ्जमा यतिबेला थोरै पर्यटक पुगे पनि वन्यजन्तु भने धेरै हेर्ने अवसर पाएका छन् । लामो समय निकुञ्ज सुनसान हुँदा वन्यजन्तुले पर्यटकीय मार्गमा आफ्नो दैनिकी बनाउन थालेका छन् । पहिलेपहिले धेरै पर्यटक र कोलाहलका कारण सुनसान ठाउँतर्फ केन्द्रित हुने गरेका वन्यजन्तु यतिबेला जीपमार्ग आसपास नै पर्याप्त देखिने गरेका छन् ।
निकुञ्जभित्र जीप सफारीमा जाने जोकोहीका लागि आहा बन्ने गरेको छ । तीन दिनअघि पर्यटक बोकेर गएका जीपचालक प्रताप परियार जीप वरिपरि बाघ लामो समय रहेपछि पर्यटक निकै रमाएको बताउनुभयो । उहाँले भन्नुभयो, “निकुञ्जको रानीखोला नजिकै लघुना ताल छ । त्यसको आडैमा अजङ्गको बाघ भेटियो । २० मिनेट जति हाम्रो पछिपछि आयो”, उहाँले थप्नुभयो, “एक जना आमा र उहाँका छोराछोरीले भिडियो खिचेर निकै रमाइलो गरे ।” यस्तो अवसर पर्यटकले कम मात्रै पाउने भए पनि अहिले धेरैपछि खुलेकाले सम्भावना निकै हुने गरेको उहाँको भनाइ छ ।
समूहमा गैँडा, मृग, चित्तल, गौरीगाई, बाँदर सहजै देखिने गरेको उहाँ बताउनुहुन्छ । विगतमा गैँडा देखाउनसमेत ठूलै कसरत गर्नुपर्ने भए पनि अहिले सहजैरूपमा प्रायः सबै जनावर देख्न सकिने परियारको अनुभव छ ।
ललितपुर सानागाउँकी पिङ्की शेर्पा चार साथीसहित जीपमा निकुञ्ज घुम्दै गर्दा निकै रमाइलो भएको अनुभव सुनाउनुहुन्छ । लामो समयपछि खुलेर हो वा सधैँ यस्तो हो, आफूलाई थाहा नभएको भन्दै उहाँले भन्नुभयो, “दुर्लभ एकसिङ्गे गैँडा, हरिण, मृगजस्ता जनावर सजिलै नजिकैबाट हेर्न पाउँदा स्वर्णिम अनुभव हुँदोरहेछ ।” पहिलोपटक चितवन राष्ट्रिय निकुञ्ज घुम्नुभएकी शेर्पालाई जीवनमा एकपटक यो निकुञ्ज सबैले हेर्नैपर्छ जस्तो लाग्यो । निकुञ्जको मुख्य कार्यालय कसराको घडियाल प्रजनन केन्द्र, डुङ्गा सयरजस्ता पर्यटकीय गतिविधिले पनि आफूलाई निकै लोभ्याएको उहाँले सुनाउनुभयो ।
सामुदायिक वनमा हात्ती सफारीका क्रममा पनि दुर्लभ, अन्य जनावर र चराचुरुङ्गी सहजै देख्न पाएपछि पर्यटक निकै रमाउने गरेको पर्यटन व्यवसायी सुमन घिमिरे बताउनुहुन्छ । उहाँले भन्नुभयो, “निकुञ्ज घुमेर आएका पर्यटक निकै रमाउने गरेका छन् ।” जङ्गल सफारी लजका सञ्चालकसमेत रहनुभएका घिमिरेले थप्नुभयो, “लामो समयपछि पर्यटकीय गतिविधि खुलेकाले जसले निकुञ्ज घुम्ने अवसर पाएको छ, उसले निकै ठूलो मौका पाएको छ ।”
पहिलेभन्दा कम खर्चमा धेरै जनावरको अवलोकन गर्न अहिले पर्यटकले पाएका छन् । यहाँको मौसम पनि अहिले घुम्नका लागि निकै अनुकूल छ । घिमिरेको भनाइमा निकुञ्ज घुम्न आउने पर्यटकले निकुञ्जबाटै हिमाल पनि देख्न पाएका छन् । यो साता मौसम खुलेकाले चितवनका विभिन्न ठाउँबाट हिमाल सहजै देखिने गरेको छ ।
गर्मी जिल्लाको रूपमा परिचित चितवनमा यतिबेला न गर्मी छ न जाडो । दिउँसो घाम ताप्नुपर्ने र राति सिरक ओढ्नुपर्ने उपयुक्त वातावरण भएकाले धेरैको आकर्षण निकुञ्ज घुम्ने भएको घिमिरेको भनाइ छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल लामो समयपछि निकुञ्ज खुलेकाले पर्यटक कम भए पनि धेरै जनावर हेर्ने अवसर पाएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “जो–जतिलाई घुम्ने अवसर मिलेको छ, उहाँहरुले धेरै जनावर हेर्न पाउनुभएको छ ।” क्रमशः पर्यटकको सङ्ख्या बढ्ने उहाँ बताउनुहुन्छ । निकुञ्जभित्र जीप सञ्चालन हुने बाटो क्षेत्रमा गत वर्षहरुमा मानवीय चाप बढी हुने हुँदा जनावर टाढाटाढा भाग्ने भए पनि यतिबेला बाटोको आसपासमा नै विचरण गरेको देख्न सकिने बरालको भनाइ छ ।
चितवन देशकै तेस्रो पर्यटकीय गन्तव्य हो । काठमाडौँ र पोखरापछि सबैभन्दा बढी पर्यटक यहाँ आउने गर्दछन् । निकुञ्जमा बाघ, एकसिङ्गे गैँडा, गौरीगाई, लघुना, घडियाल गोही, मृग, जरायो, अर्नालगायतका जनावर, चराचुरुङ्गी, वनस्पतिको अध्ययन अनुसन्धान र अवलोकन गर्न यहाँ पर्यटक आउने गर्दछन् ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन