News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तर्राष्ट्रिय प्रमुख समाचार राजनीति

भारतका दुई मुख्यमन्त्रीको ट्वीटरमा भनाभन

नयाँदिल्ली । भारतीय राज्यहरू नयाँदिल्ली र उत्तर प्रदेशका मुख्यमन्त्रीबीच सामाजिक सञ्जाल ट्वीटरमा भनाभन परेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार संसदमा दिएको अभिव्यक्तिका कारण उनीहरूबीच भनाभन परेको हो।

एनडिटिभीका अनुसार मोदीले संसदमा बोल्दै सन् २०२० को मार्चमा लकडाउन घोषणा गरेपछि महाराष्ट्र र नयाँदिल्लीका सरकारले आप्रवासी कामदारलाई घर जान दिएकाले कोरोनाभाइरस धेरै फैलिएको बताएका थिए।

केजरीवालले कुरा सरासर झुठ भएको भन्दै प्रतिवाद गरेका थिए। केजरीवालको आम आदमी पार्टीले पनि ट्वीटरमा मोदी र केजरीवालको भिडिओ राख्दै मोदीले झुठो बोलेको बताएको छ।

आफ्नो पार्टीका प्रधानमन्त्रीको कुरालाई झुठो भनेपछि उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथले ट्वीटरमा केजरीवालमाथि कटाक्ष गरेका हुन्।

उनले लेखेका छन्: सुन्नुस् केजरीवाल, जब पूरा मानवता कोरोनाको पीडामा छटपटाइरहेको थियो। त्यो समयमा तपाईंले युपीका कामदारलाई दिल्ली छोड्न विवश पार्नुभयो। साना बालबालिका र महिलासम्मले आधी रातमा युपीको सीमामा असहाय छोड्नेजस्तो अलोकतान्त्रिक र अमानवीय कार्य तपाईंको सरकारले गर्‍यो। तपाईंलाई मानवताद्रोही भन्ने कि…।

मोदीका अत्यन्त निकट आदित्यनाथले आफूलाई लगाएको आरोपको जवाफ केजरीवालले पनि ट्वीटरमै दिएका छन्।

आदित्यनाथको ट्वीट कोट गर्दै उनले लेखेका छन्- सुन्नुस् योगी, तपाईं त कुरै नगर्नुस्। युपीका मानिसका लास नदीमा बगिरहेका बेला तपाईं करोडौं रुपैयाँ खर्चेर टाइम्स म्यागेजिनमा आफ्नो झुठो वाहवाहीको विज्ञापन दिइरहनुभएको थियो। तपाईंजस्तो निर्दयी र क्रुर शासक मैले देखेको छैन।

आदित्यनाथले केजरीवाललाई लक्षित गरेर अरू पनि ट्वीट गरेका छन् तर केजरीवालले तिनको जवाफ दिएका छैनन्।

डनन्यूज ट्रेन्डिङ