News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तर्राष्ट्रिय प्रमुख समाचार

भारतमा एकैदिन तीन लाख बढी संक्रमित, झन्डै पाँच सयको मृत्यु

काठमाडौँ । छिमेकी भारतमा एकैदिन तीन लाख बढी मानिसमा कोरोनाभाइरसको संक्रमण भएको छ।

कोरोनाको तेस्रो लहर चलिरहेको भारतमा पछिल्लो २४ घन्टामा तीन लाख १७ हजार ५ सय ३२ संक्रमित थपिएको बिबिसी हिन्दीले जनाएको छ। संक्रमणसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि बढेको छ। बुधबार चार सय ९१ जना संक्रमितको मृत्यु भएको छ।

अहिले भारतमा कोरोनाका सक्रिय संक्रमित १९ लाख २४ हजार पुगेका छन्। पछिल्लो समय ओमिक्रोन भेरियन्टका कारण संसारभरि कोरोनाको संक्रमण तीव्र रूपमा फैलिइरहेको छ।

भारतमा जनवरी लागेसँगै कोरोनाको संक्रमण उकालो लागेको हो। जनवरी १५ सम्म निरन्तर उकालो लागेको संक्रमण त्यसपछि दुई दिन ओह्रालो लागेको थियो। तर मंगलबारदेखि संक्रमण फेरि बढेको हो।

डनन्यूज ट्रेन्डिङ