News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद समाचार

श्रीलंकाद्वारा नेपाललाई ३२३ रनको विशाल लक्ष्य

काठमाडौं । युएईमा भइरहेको एसीसी यू-१९ एसिया कपमा श्रीलंकाले नेपाललाई ३२३ रनको विशाल लक्ष्य दिएको छ । शारजहा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ४ विकेट गुमाएर ३२२ रन बनायो ।

सदिशा राजापाक्षे र चामिन्दु विक्रमासिंगेले शतक प्रहार गरेपछि नेपालले ठूलो लक्ष्य पाएको हो । श्रीलंकाका लागि सदिशा राजपाक्षेले सर्वाधिक १३१ रन बनाए । यस्तै ओपनर चामिन्दु विक्रमासिंगेले १११ रन जोडे ।

३९ रनमा पहिलो विकेट गुमाएको श्रीलंकाका लागि सदिशा र चामिन्दुले २२३ रनको विशाल स्कोरको साझेदारी गरे । ओपनर सेभोन डानिलले १७, दुनिथ वेलालेजले अविजित ३४ रन योगदान गरे ।

बलिङतर्फ नेपालका मोहम्मद आदिल आलमले २ तथा कप्तान देव खनाल र विवेक यादवले १-१ विकेट लिए । टेष्ट राष्ट्रहरुलाई आश्चर्य चकित पार्ने लक्ष्यसहित युएई पुगेको नेपालले दुई टेष्ट राष्ट्रविरुद्ध खराब बलिङ गर्दा ६ सय भन्दा बढी रन खर्चिसकेको छ ।

नेपाल यसअघि पहिलो खेलमा १५४ रनले पराजित भएको थियो । समूह बी मा रहेको नेपालले अन्तिम खेल कुवेतसंग मंगलबार खेल्नेछ ।