
१नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
२आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
३‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
६डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
७ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
८पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
११विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१२सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
काठमाडौं । साफ यू-१९ महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित बंगलादेश पुगेको नेपाली यू-१९ महिला फुटबल टिम फाइनल समेत पुग्न असफल भएको छ ।
पाँच राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपाल राउण्ड रोविन लिगको खेल सकिएपछि तेस्रो हुँदै बाहिरियो । आइतबार भएको आˆनो अन्तिम खेलमा भारतसँग १-० ले पराजित भएपछि नेपाल फाइनल समेत पुग्न सकेन ।
ढाका जानुअघि राष्ट्रिय टिमकी सदस्य समेत रहेकी कप्तान तथा गोलकिपर अन्जना राना मगर र प्रशिक्षक हरि ओम श्रेष्ठले नेपालको लक्ष्य उपाधि जित्ने नै रहेको बताएका थिए ।
तर त्यो लक्ष्य पूरा नगरी नेपाली टोली स्वदेश र्फकने भएको छ । लिगको अन्तिम खेलमा घरेलु टोली बंगलादेशले श्रीलंकालाई १२-० को फराकिलो अन्तरले पराजित गरेपछि नेपाल बाहिरिने औपचारिकता पूरा भएको थियो । आयोजक बंगलादेश अपराजित रहँदै ४ खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा रहेर फाइनल पुग्यो ।
चारमध्ये तीन खेल जितेको भारत ९ अंक जोडेर दोस्रो हुँदै फाइनल पुग्यो । अब बंगलादेश र भारतबीच फाइनल खेल हुनेछ । नेपाल भने २ जित, १ बराबरी र १ हारपछि ७ अंक जोडेर तेस्रो भयो । सम्भावित १२ अंकमध्ये नेपालले ५ अंक गुमाउँदा ७ अंक फाइनल पुग्न पर्याप्त भएन ।
भारतसँग हार महँगो
पहिलो खेलमै बंगलादेशसँग गोलरहित बराबरी खेलेपछि नेपाललाई फाइनल पुग्न बाँकी तीन खेल जित्नैपर्ने दबाब थियो । श्रीलंका र भुटानविरुद्ध क्लिनसिट राख्दै सहज जित निकालेको नेपालका लागि भारतसँगको एक गोल अन्तरको हार नै महँगो बन्यो ।
बराबरी मात्र खेलेपनि नेपाललाई फाइनल पुग्न पर्याप्त थियो । तर दोस्रो हाफमा पि्रयंका देवीले गरेको गोल नै भारतलाई फाइनल पुर्याउन निणर्ायक साविक बन्यो । यसअघिको खेलमा बंगलादेशसँग पराजित भएको भारतलाई फाइनल पुग्न नेपालविरुद्ध खेल जित्नैपर्ने थियो । नेपालले भने हार टारे पुग्ने थियो । तर भारत नेपाललाई हराउँदै फाइनल पुग्न सफल भयो ।
कुनै पनि खेलमा भारतसँग खेल्नु नेपालको लागि चुनौतीपूर्ण बन्दै आएको छ । प्रशिक्षक हरि ओम श्रेष्ठले पनि भारतलाई हराउने लक्ष्य रहेको बताएका थिए । तर सफल हुन सकेन ।
बंगलादेशविरुद्ध बदला लिने चाहना अधुरै
सन् २०१८ मा भुटानमा भएको पहिलो संस्करणको प्रतियोगितामा नेपाल बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेको थियो । समूह चरण र फाइनल गरी दुई पटक नेपाल बंगलादेशसँग हारेको थियो ।
कप्तान अन्जनासहित राष्ट्रिय टिमका ६ खेलाडी रहेको टिमले यस पटक बंगलादेशविरुद्ध बदला लिने लक्ष्य बनाए पनि त्यो सफल हुन सकेन । पहिलो खेलमै बंगलादेशसँग खेल्दा नेपालले बराबरी खेल्दै अंक बाँड्नुपर्यो ।
कप्तान अन्जना र डिफेण्डर विमला विकले शानदार प्रदर्शन गर्दा नेपाल हारबाट जोगिएको थियो । तीन वर्षअघि व्यहोरेको दुई हारको बदला लिने चाहना यस पटक अधुरै रह्यो ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’