
१फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
३‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
४पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
७‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
११मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१२मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
९‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१०पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
कर्णाली, १३ मङ्सिर । कर्णाली तथा मुलुकको खाद्य तथा कृषिमा अध्ययन गर्दै आएका कृषि विज्ञले ‘खाद्यका लागि कृषि अभियान’ नीतिगत पैरवी सुरुआत गरेका छन् ।
इन्भारामेन्टल रिसोसिज इन्स्टिच्युटको सहयोगमा आइतबार वीरेन्द्रनगर सुर्खेतमा कर्णालीका सञ्चारकर्मीसँगको छलफलमा सहभागीले कृषि अभियान नीतिगत पैरवीको सशक्त अभ्यास भएको बताएका छन् । छलफलमा कृषि विज्ञ डा कृष्णप्रसाद पौडेलले ५०० वर्षदेखि मानव जातिले कृषिमा बाटो बिराउँदै आएको तर्क गर्नुभयो ।
“हामीले पृथ्वीमाथि जित्छौँ भन्ने घमण्डले आज पत्रु (जङ्क) खाना खाँदै आएका छौँ”, उहाँले भन्नुभयो, “अर्को कुरा हाम्रो खेतीपाती पैसाका लागि भइरहेको छ । यो बाँच्ने माध्यम हुनुपथ्र्यो तर नियति भइरहेको छ ।” खानाका लागि गरिएको स्रोतको दोहन र विकास जलवायु परिवर्तनको मुख्य कारण भएको डा पौडेलले जिकिर गर्नुभयो ।
आत्मसम्मानका लागि सहकार्य (क्याड नेपाल) जुम्लाका कार्यकारी निर्देशक तथा कृषि अभियान्ता धनबहादुर गौतमले विगत १० वर्षदेखि कृषिमा आत्मनिर्भर, रैथानेबालीको संरक्षण, प्रवद्र्धन र प्राङ्गारिक कृषिमा जोड कसरी दिन सकिन्छ भन्ने मामलामा सरकारलाई नीतिगत तहमा सहयोग पु¥याउँदै आएको जानकारी दिनुभयो । उहाँले हुम्ला, डोल्पाजस्ता जिल्लामा करोडौँको चामल ढुवानीमा सरकारले पैसा फाल्ने भन्दा त्यहाँका नागरिकको उत्पादनका क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिनुभयो ।
इन्भारामेन्टल रिसोसिज इन्स्टिच्युटका प्रतिनिधि सुजाता तामाङले अभियानले खाद्य तथा कृषिका क्षेत्रमा काठमाडौँ र कर्णाली जोड्न कार्यमूलक अनुसन्धान, खेतीपातीका र खानाका लागि बहस, जनअदालतको काम गरिरहेको बताउनुभयो । त्यस्तै कृषिमा आएका समस्या, चुनौती र सम्भावनाका मुद्दालाई पनि आफूहरुले उठान गर्दै आएको उहाँको भनाइ थियो ।
सञ्चारकर्मीले पलायन हुँदै गएको युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्न, बाँझो जमिनको सिँचाइ व्यवस्था, कृषि पेसालाई सम्मानित गर्ने नीतिगत संरचना तयार गरी त्यसलाई कार्यान्वयनमा लैजाने मुद्दालाई सशक्तरुपमा उठान गर्न सुझाव दिएका थिए । सोही क्रममा उनीहरुले विश्वका कृषिमा आत्मनिर्भर मुलुकमा पाँच प्रतिशतले ९५ प्रतिशतलाई पालेको तर नेपालमा ८२ प्रतिशत खेती किसान गर्दा पनि आफैँ पालिन नसकेको लज्जास्पद परिवेश अन्त्य गर्ने नीतिको प्रभावकारी कार्यान्वयन अनिवार्य शर्त हुनुपर्नेमा जोड दिएका थिए ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई