News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

एमाले स्थायी कमिटी बैठक आज, महाधिवेशनबारे छलफल हुँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक आज (मंगलबार) बस्दैछ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बिहान ११ बजे सुरू हुनेछ । यसअघि सोमबार दिउँसो ३ बजे बैठक बस्ने गरी तय भएको बैठक स्थगित भएको थियो ।

बैठकमा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको तयारी र महाधिवेशनमा सहभागी हुने मनोनीत प्रतिनिधि छनोटकाबारेमा छलफल हुनेछ । आजको स्थायी कमिटी बैठकले महाधिवेशनका लागि पाँच प्रतिशत मनोनीत प्रतिनिधि छनोटको टुङ्गो लगाउने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

यसअघि महाधिवेशनका लागि गत कात्तिक २७ गते एक हजार एक सय ९९ प्रतिनिधि चयन भइसकेका छन् । एमालेको महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दैछन् । महाधिवेशन केन्द्रित रहेर ओलीले दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरेका हुन् । यही मंसिर १०-१२ गतेसम्म चितवन हुन लागेको १०औँ महाधिवेशनको पुर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलन त्यसैबारे केन्द्रित हुने जनाइएको छ ।

डनन्यूज ट्रेन्डिङ