
१पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
४समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
५संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
६‘विकल्पविहीन अवस्थामा नहट्ने’ अडान
७लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
८बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
९आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
१०अध्यादेशको दायरा बाहिर गभर्नर र सरकारी बैंकका उच्च पदाधिकारी : पद यथावत रहने
११राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी पदमुक्त, विशेष अध्यादेश जारी
१२राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
६रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
७पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
८‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
९अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
१०सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
१२डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
जनकपुरधाम । प्रदेश २ का अधिकांश मन्त्रालयहरूमा सचिव नहुँदा कामकाज प्रभावित भएको छ ।
मन्त्रालयको प्रशासनिक तथा नीति निर्णयको लागि सचिव आवश्यक भए पनि महिनौँदेखि सचिवविहीन भएपछि प्रदेश सरकारकै कामकाज प्रभावित भएको हो । अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित चार मन्त्रालयमा सचिव छैनन् । सचिवकै अभावमा मन्त्रिपरिषद्को बैठक लामो समयदेखि बस्न सकेको छैन ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदका सचिव एम भुसाल ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत साइकल खरिदमा अनियमिता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेपछि उनी सरुवा गराएर काठमाडौँमा बसेका छन् ।
मुख्यमन्त्री कार्यालयमा आर्थिक तथा प्रशासनिक कार्य हेर्ने सचिव भुसाल गएदेखि उनको स्थानमा अहिलेसम्म संघीय सरकारले कुनै पनि सचिव पठाएका छैनन् । सचिव नै नभएपछि मुख्यमन्त्री कार्यालयबाट मन्त्रालयहरूसँग समन्वय र मन्त्रालयबाट हुने विकासका काम रोकिएको छ ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयमा सचिव वीरेन्द्र यादवको भदौमै सरुवा भए पनि अहिलेसम्म उनको स्थानमा कुनै सचिव आएका छैनन् । उक्त मन्त्रालयमा सचिव नभएपछि उपसचिव अवध कुश्वाहालाई निमित्त सचिवको जिम्मेवारी तोकिएको छ । तर, गत सोमवार उपसचिव कुश्वाहाको पनि अख्यिार दुरुपयोग अनुसाधान आयोगमा सरुवा भएको छ ।
तत्कालीन वन मन्त्री रामनरेश राय यादवलाई बर्खास्त गरिएपछि मुख्यमन्त्रीले सम्हाल्दै आएका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, वाणिज्य तथा आपूर्ति र कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयमा पनि सचिव छैनन् ।
सचिवविहीन यी मन्त्रालयहरूको दैनिक कार्यसमेत प्रभावित भएको छ । प्रदेश २ का प्रमुख सचिव हरिप्रसाद मैनालीले मन्त्रालयको नेतृत्व गर्ने सचिव पठाउन संघीय मन्त्रालयमा पटकपटक आग्रह गरेको बताए ।
‘सचिव नहुँदा मन्त्रालयको प्रशासनिक गतिविधि रोकिएको छ,’ प्रमुख सचिव मैनालीले भने, ‘खाली मन्त्रालयमा सचिव पठाउन अनुरोध गरेका छौं ।’ प्रदेश सरकारका मन्त्रालयहरू सचिवविहीन भएको गुनासो लिएर मुख्यमन्त्री लालबाबु राउत सोमबार राजधानी काठमाडौँ पुगेका छन् ।
तर, पनि अहिलेसम्म कर्मचारीको व्यवस्थापन नहुन नसकेको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले बताए । मन्त्री साहले सचिव र कर्मचारीको अभाव प्रदेश २ सरकार गठन भएदेखि नै झेलिरहेको बताए । समयमै सचिव नपठाउँदा मन्त्रालयहरूको बजेट खर्चसमेत प्रभावित भएको मन्त्री साहले बताए ।
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ