काठमाडौँ । विश्वभर कोरोना संक्रमितको संख्या २५ करोड ५० लाख ४८ हजार नाघेको छ ।
पछिल्लो पटक ४ लाख ७८ हजार १३९ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २५ करोड ५० लाख ४८ हजार ९४७ पुगेको हो ।
तीमध्ये २३ करोड ५ लाख ६० हजार संक्रमणमुक्त भइसकेका छन् भने ५१ लाख २९ हजार १४७ संक्रमितले ज्यान गुमाएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार थप ४ लाख २० हजार ७४८ कोरोनामुक्त भएका छन् भने ७ हजार ३४ जना निको भएका छन् ।
पछिल्लो पटक अमेरिकामा ८१ हजार ४३२, बेलायतमा ३७ हजार २४३, रुसमा ३६ हजार ८१८, टर्कीमा २५ हजार १०१, फ्रान्समा १९ हजार ७७८ र ब्राजिलमा ४ हजार ९१८ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै अमेरिकामा ७७ हजार ६४८, बेलायमा ३९ हजार ५४०, रुसमा ३४ हजार ५४०, टर्कीमा ३४ हजार १६१, ब्राजिलमा १५ हजार ३२१ र फ्रान्समा ६ हजार ४५८ जना निको भएका हुन् ।
मृत्यु हुनेमा रुसमा एक हजार २४०, अमेरिकामा एक हजार १९८, टर्कीमा २२७, बेलायतमा २१४, ब्राजिलमा १४० र फ्रान्समा ४७ संक्रमित रहेका छन् ।