
१‘दयाशंकर पालिखे पत्रकारिता’ सम्मानबाट सूर्यचन्द्र र कृष्णमणि सम्मानित हुँदैं
२नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ
३स्याङ्जामा लागूऔषधसहित फारुक अली र निशान थापा पक्राउ
४जबरजस्ती करणी मुद्दामा फरार रहेका हेम कुमार १२ वर्षपछि पक्राउ
५हिमाली लेकहरूमा बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन सुरु
६८३ वर्षीय वृद्धको अनसनमाथि बुट बजार्दै पोखरामा जबर्जस्ती फोहोर विसर्जन!
७पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
८पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
९कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
१०पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
११‘ई–बिडिङ’ ह्याक गरेको आरोपमा राप्रपा नेता विक्रम पाण्डे पक्राउ
१२स्वार्थको टकराव : श्रीमतीको सेयर मोहले सम्पत्ति शुद्धीकरणका महानिर्देशक ठाकुरको खुस्कियो पद
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
६कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
७विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
८सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
९अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
१०फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
११रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
१२अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
बीबीसी । शर्मिला धर्मालिङ्गम कुनै चमत्कारका लागि प्रार्थना गरिरहेकी छिन् । उनका भाइ नागेन्द्रन धर्माल्गिमलाई सिंगापुरको चांगी जेलमा मृत्युदण्ड दिइने निश्चित भएको छ । शर्मिला बीबीसीसँग भन्छिन्, ‘म एक्लै हुँदा आफ्नो भाइबारे सोच्छु र असाध्यै रुन्छु । तर हामीले हाम्रो हिम्मत यथावत् राख्नुपर्छ र प्रार्थना गरिरहनुपर्छ । जे पनि हुनसक्छ ।’
सन् २००९ मा २१ वर्ष रहेका नागेन्द्रनलाई मलेसियाबाट सिंगापुरमा हेरोइनको तस्करी गरिरहेका बेला पक्राउ गरिएको थियो । नागेन्द्रनलाई बुधबार बिहान फाँसीमा चढाउनु पर्ने थियो तर अन्तिम समयमा उनको फाँसीमा रोक लाग्यो । मंगलबार उनी कोभिडद्वारा संक्रमित भएको पुष्टि भएको थियो र यसैकारण उनको सजाय स्थगित भयो ।
मेडिकल विशेषज्ञले नागेन्द्रनको मानसिक स्थितिलाई कमजोर मान्दै उनको आइक्यू स्तरलाई ६९ नापेका थिए । यो स्तरको आइक्यूलाई मानसिक अक्षमताको संकेत मानिन्छ । तरपनि मलेसियाली नागरिक नागेन्द्रनलाई फाँसीको सजाय दिइएको छ । सिंगापुरको सरकारले भने उनलाई आफूले के गरिरहेको छु भनेर राम्रोसँग थाहा भएको र उनलाई राम्रो र नराम्रोको स्पष्ट बुझाई भएको तर्क दिएको छ ।
सिंगापुरमा संसारको सबैभन्दा कठोर ड्रग्स कानून छ र स्थानीय स्तरमा फाँसीको सजायमाथि कुनै ठूलो विवाद हुँदैन । तर नागेन्द्रको मामिलामा पनि यहाँका मानिसहरु चकित छन् ।
मानिसमा आक्रोशः
हालसम्म साठी हजारभन्दा बढीले एक याचिकामा हस्ताक्षर गरेर सिंगापुरका राष्ट्रपतिसँग नागेन्द्रको सजायलाई माफी गर्न अपिल गरिसकेका छन् । याचिकाकर्ताले अन्तर्राष्ट्रिय कानून अन्तर्गत मानसिक रुपमा कमजोरलाई फाँसी दिन प्रतिबन्ध भएको तर्क प्रस्तुत गरेका छन् ।
याचिकामाथि हस्ताक्षर गर्ने एक व्यक्तिले बीबीसीसँग भने, ‘अहिंस्रक अपराधका लागि एक मानसिक रुपमा कमजोर व्यक्तिलाई फाँसीमा चढाउन लागेको कुरा निकै हृदयविदारक कुरा हो ।’

सोशल मिडियामा पनि यो अभियानले समर्थन पाइरहेको छ जहाँ मानिसहरु आक्रोश प्रकट गरिरहेका छन् र नागेन्द्रनसँग सहानुभूति राखिरहेका छन् । शर्मिला भन्छिन्, ‘मेरा ३३ वर्षीय भाइको स्थितिको गम्भीरताको अन्दाज उनीहरुलाई थाहा छ कि छैन भनेर मलाई थाहा छैन ।’
उनी भन्छिन्, ‘उसले हामीलाई थुप्रै पटक फोन गरेर आफूलाई फाँसी दिन लागेको कुरा गर्छन् र यसका लागि आफू तयार हुनुपरेको पनि बताउँछ ।’ ‘र कतिपटक उसले आफूलाई घर आउन मन लागेको र घरमा बनेको खाना खानुपरेको पनि बताउँछ । मलाई थाहा छैन, उसले यी कुराहरु कत्तिको बुझेको छ ।’ नागेन्द्रनलाई फाँसी दिइएको खण्डमा यो सन् २०१९ पछिको पहिलो मृत्युदण्ड हुनेछ ।
मानसिक स्थितिमाथि बहसः
सन् २००९ मा नागेन्द्रनलाई मलेसियाबाट सिंगापुरमा प्रवेश गरिरहेको अवस्थामा पक्राउ गरिएको थियो । उनको तिघ्राबाट ४३ ग्राम हेरोइन बाँधिएको थियो । सिंगापुरको कानूनका अनुसार १५ ग्रामभन्दा बढी हेरोइनसहित पक्राउ गरिएको खण्डमा मृत्युदण्ड दिइने प्रावधान छ ।
आफ्नो मुद्दाको सुनुवाईको सुरुवाती दिनमा नागेन्द्रनले उनलाई हेरोइनसहित सीम पार गर्नका लागि बाध्य पारिएको बताएका थिए । यद्यपि, पछि उनले आफूलाई पैसाको आवश्यकता भएपछि आफूले अपराध गरेको बताएका थिए ।
अदालतले नागेन्द्रनले आफ्नो बचाउनमा झुटो तर्क पेश गरेको बताउँदै उनलाई फाँसीको सजाय सुनायो । सन् २०१५ मा नागेन्द्रनले आफ्नो मानसिक स्वास्थ्यको आधारमा फाँसीको सजाय माफी दिन अपिल गरे । उनले आफू मानसिक रुपमा कमजोर भएको बताए ।
सन् २०१७ मा एक मनोचिकित्सक डाक्टर के उंगले नागेन्द्रनलाई मध्यम स्तरको मानसिक अक्षमता भएको र उनी रक्सी पिउने लतको पनि शिकार भएको बताए । यदि डाक्टर केनको यो तर्क स्वीकार गरिएको भए नागेन्द्रनको मामिलालाई निकै हदसम्म प्रभावित पार्न सकिन्थ्यो ।

पछि अदालतको सवाल–जवाफमा डाक्टरले आफ्नो तर्क उल्ट्याउँदै आफूलाई नागेन्द्रन बोर्डरलाइन इन्टेलेक्चुअल फङ्सनिङद्वारा प्रभावित भएको जस्तो लाग्ने बताए । जबकी तीन अन्य मनोवैज्ञनानिकले अदालतसमक्ष नागेन्द्रनलाई कुनै पनि प्रकारको मानसिक रोग नभएको बताएका थिए ।
एक मनोवैज्ञानिकले उनको बोर्डरलाइन इन्टेलिजेन्सले नै उनलाई अपराध गर्ने निर्णयलाई प्रभावित गरेको हुनसक्ने तर्क दिए । अदालतले लामो बहसपछि उनी मानसिक रुपमा कमजोर नभएको निश्चित गरे । अघिल्लो वर्ष राष्ट्रपतिले पनि उनको दया याचिका खारेज गरिदिए ।
एम्नेस्टी इन्टरनेशनल र ह्यूमन राइट्स वाचजस्ता अन्तर्राष्ट्रिय मानवाधिकार संगठनले अदालतको निर्णयको आलोचना गरेका छन् । यस विषयमा मलेसियामा पनि मानिसहरु आक्रोशित छन जहाँ नागेन्द्रनको समर्थनमा प्रदर्शन भएका छन् ।
मलेसियाका प्रधानमन्त्री इस्लाइm याकूब साबरीले सिंगापुरका प्रधानमन्त्रीसँग व्यक्तिगत रुपमा नागेन्द्रनलाई माफी दिन अपिल गरेका छन् । नागेन्द्रनले मृत्युदण्डको सजाय पाएका १० वर्ष बितिसकेको छ । अब शर्मिलाले सिंगापुरको जेलबाट एउटा पत्र पाइन् जसमा भनिएको थियो कि उनलाई १० नोभेम्बरमा मृत्युदण्ड दिइनेछ ।
शर्मिला भन्छिन्, ‘मैले यसलाई स्वीकार गर्नै सकिनँ । म असाध्यै रोएँ । म दिनभरी रोइरहेँ । म यसबारे आफ्नी आमालाई बताउन असमर्थ भएँ किनभने उनको स्वास्थ्य ठिक छैन । मैले उनको आँखामा हेर्न सकिरहेकी थिइनँ ।’
परिवारलाई नागेन्द्रनलाई भेट्नका लागि सिंगापुर आउन बन्दोबस्त मिलाउनका लागि दुई हप्ताको समय दिइएको थियो । यतिबेला उनीहरुलाई होटल बुक गर्नदेखि कोभिडको नियमअन्तर्गत यात्राका सबै व्यवस्था गराउनुपर्ने थियो ।
परिवारका लागि अनलाइन पैसा जुटाउने अभियान सुरु गर्ने कार्यकर्ता क्रिस्टिन हानका अनुसार परिवारको स्वास्थ्यसँग जोडिएका दस्तावेज बनाउनुपर्ने थियो, आफ्ना लागि बस्नका लागि स्थान खोज्नुथियो र आफ्नो खर्च आफैंले उठाउनुपर्दथ्यो ।
शर्मिला र उनको परिवारका लागि करिब १२६०० डलर जम्मा भयो । उनी भन्छिन्, ‘यो पैसा बिना उनको परिवार नागेन्द्रनलाई भेट्न जान पाउँदैनथे ।’ परिवार अघिल्लो हप्ता सिंगापुर पुगेको थियो तर शर्मिला भने गइनन् । उनी भन्छिन्, ‘परिवारको कामकाज सम्हाल्नका लागि कोही त बस्नुपर्ने नै थियो, त्यसैले म बसेँ ।’
आफ्नो भाइलाई फाँसीमा चढाउनु अघि उनलाई हेर्न नसक्ने उनले बताएकी छिन् । उनी भन्छिन्, ‘केही चमत्कार होस् भनेर म हरेक दिन प्रार्थना गरिरहेकी छु । मेरो भाइ कसैगरी बचोस् ।’
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?