
१सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
२युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
३महान्यायाधिवक्ताको विवादास्पद निर्णय
४नेपाली काँग्रेसको सभापतिमा गगन थापा
५तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
६पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
७राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
८सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
९एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
१०चुनावी मैदानमा विप्लव
११राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
बीबीसी । शर्मिला धर्मालिङ्गम कुनै चमत्कारका लागि प्रार्थना गरिरहेकी छिन् । उनका भाइ नागेन्द्रन धर्माल्गिमलाई सिंगापुरको चांगी जेलमा मृत्युदण्ड दिइने निश्चित भएको छ । शर्मिला बीबीसीसँग भन्छिन्, ‘म एक्लै हुँदा आफ्नो भाइबारे सोच्छु र असाध्यै रुन्छु । तर हामीले हाम्रो हिम्मत यथावत् राख्नुपर्छ र प्रार्थना गरिरहनुपर्छ । जे पनि हुनसक्छ ।’
सन् २००९ मा २१ वर्ष रहेका नागेन्द्रनलाई मलेसियाबाट सिंगापुरमा हेरोइनको तस्करी गरिरहेका बेला पक्राउ गरिएको थियो । नागेन्द्रनलाई बुधबार बिहान फाँसीमा चढाउनु पर्ने थियो तर अन्तिम समयमा उनको फाँसीमा रोक लाग्यो । मंगलबार उनी कोभिडद्वारा संक्रमित भएको पुष्टि भएको थियो र यसैकारण उनको सजाय स्थगित भयो ।
मेडिकल विशेषज्ञले नागेन्द्रनको मानसिक स्थितिलाई कमजोर मान्दै उनको आइक्यू स्तरलाई ६९ नापेका थिए । यो स्तरको आइक्यूलाई मानसिक अक्षमताको संकेत मानिन्छ । तरपनि मलेसियाली नागरिक नागेन्द्रनलाई फाँसीको सजाय दिइएको छ । सिंगापुरको सरकारले भने उनलाई आफूले के गरिरहेको छु भनेर राम्रोसँग थाहा भएको र उनलाई राम्रो र नराम्रोको स्पष्ट बुझाई भएको तर्क दिएको छ ।
सिंगापुरमा संसारको सबैभन्दा कठोर ड्रग्स कानून छ र स्थानीय स्तरमा फाँसीको सजायमाथि कुनै ठूलो विवाद हुँदैन । तर नागेन्द्रको मामिलामा पनि यहाँका मानिसहरु चकित छन् ।
मानिसमा आक्रोशः
हालसम्म साठी हजारभन्दा बढीले एक याचिकामा हस्ताक्षर गरेर सिंगापुरका राष्ट्रपतिसँग नागेन्द्रको सजायलाई माफी गर्न अपिल गरिसकेका छन् । याचिकाकर्ताले अन्तर्राष्ट्रिय कानून अन्तर्गत मानसिक रुपमा कमजोरलाई फाँसी दिन प्रतिबन्ध भएको तर्क प्रस्तुत गरेका छन् ।
याचिकामाथि हस्ताक्षर गर्ने एक व्यक्तिले बीबीसीसँग भने, ‘अहिंस्रक अपराधका लागि एक मानसिक रुपमा कमजोर व्यक्तिलाई फाँसीमा चढाउन लागेको कुरा निकै हृदयविदारक कुरा हो ।’

सोशल मिडियामा पनि यो अभियानले समर्थन पाइरहेको छ जहाँ मानिसहरु आक्रोश प्रकट गरिरहेका छन् र नागेन्द्रनसँग सहानुभूति राखिरहेका छन् । शर्मिला भन्छिन्, ‘मेरा ३३ वर्षीय भाइको स्थितिको गम्भीरताको अन्दाज उनीहरुलाई थाहा छ कि छैन भनेर मलाई थाहा छैन ।’
उनी भन्छिन्, ‘उसले हामीलाई थुप्रै पटक फोन गरेर आफूलाई फाँसी दिन लागेको कुरा गर्छन् र यसका लागि आफू तयार हुनुपरेको पनि बताउँछ ।’ ‘र कतिपटक उसले आफूलाई घर आउन मन लागेको र घरमा बनेको खाना खानुपरेको पनि बताउँछ । मलाई थाहा छैन, उसले यी कुराहरु कत्तिको बुझेको छ ।’ नागेन्द्रनलाई फाँसी दिइएको खण्डमा यो सन् २०१९ पछिको पहिलो मृत्युदण्ड हुनेछ ।
मानसिक स्थितिमाथि बहसः
सन् २००९ मा नागेन्द्रनलाई मलेसियाबाट सिंगापुरमा प्रवेश गरिरहेको अवस्थामा पक्राउ गरिएको थियो । उनको तिघ्राबाट ४३ ग्राम हेरोइन बाँधिएको थियो । सिंगापुरको कानूनका अनुसार १५ ग्रामभन्दा बढी हेरोइनसहित पक्राउ गरिएको खण्डमा मृत्युदण्ड दिइने प्रावधान छ ।
आफ्नो मुद्दाको सुनुवाईको सुरुवाती दिनमा नागेन्द्रनले उनलाई हेरोइनसहित सीम पार गर्नका लागि बाध्य पारिएको बताएका थिए । यद्यपि, पछि उनले आफूलाई पैसाको आवश्यकता भएपछि आफूले अपराध गरेको बताएका थिए ।
अदालतले नागेन्द्रनले आफ्नो बचाउनमा झुटो तर्क पेश गरेको बताउँदै उनलाई फाँसीको सजाय सुनायो । सन् २०१५ मा नागेन्द्रनले आफ्नो मानसिक स्वास्थ्यको आधारमा फाँसीको सजाय माफी दिन अपिल गरे । उनले आफू मानसिक रुपमा कमजोर भएको बताए ।
सन् २०१७ मा एक मनोचिकित्सक डाक्टर के उंगले नागेन्द्रनलाई मध्यम स्तरको मानसिक अक्षमता भएको र उनी रक्सी पिउने लतको पनि शिकार भएको बताए । यदि डाक्टर केनको यो तर्क स्वीकार गरिएको भए नागेन्द्रनको मामिलालाई निकै हदसम्म प्रभावित पार्न सकिन्थ्यो ।

पछि अदालतको सवाल–जवाफमा डाक्टरले आफ्नो तर्क उल्ट्याउँदै आफूलाई नागेन्द्रन बोर्डरलाइन इन्टेलेक्चुअल फङ्सनिङद्वारा प्रभावित भएको जस्तो लाग्ने बताए । जबकी तीन अन्य मनोवैज्ञनानिकले अदालतसमक्ष नागेन्द्रनलाई कुनै पनि प्रकारको मानसिक रोग नभएको बताएका थिए ।
एक मनोवैज्ञानिकले उनको बोर्डरलाइन इन्टेलिजेन्सले नै उनलाई अपराध गर्ने निर्णयलाई प्रभावित गरेको हुनसक्ने तर्क दिए । अदालतले लामो बहसपछि उनी मानसिक रुपमा कमजोर नभएको निश्चित गरे । अघिल्लो वर्ष राष्ट्रपतिले पनि उनको दया याचिका खारेज गरिदिए ।
एम्नेस्टी इन्टरनेशनल र ह्यूमन राइट्स वाचजस्ता अन्तर्राष्ट्रिय मानवाधिकार संगठनले अदालतको निर्णयको आलोचना गरेका छन् । यस विषयमा मलेसियामा पनि मानिसहरु आक्रोशित छन जहाँ नागेन्द्रनको समर्थनमा प्रदर्शन भएका छन् ।
मलेसियाका प्रधानमन्त्री इस्लाइm याकूब साबरीले सिंगापुरका प्रधानमन्त्रीसँग व्यक्तिगत रुपमा नागेन्द्रनलाई माफी दिन अपिल गरेका छन् । नागेन्द्रनले मृत्युदण्डको सजाय पाएका १० वर्ष बितिसकेको छ । अब शर्मिलाले सिंगापुरको जेलबाट एउटा पत्र पाइन् जसमा भनिएको थियो कि उनलाई १० नोभेम्बरमा मृत्युदण्ड दिइनेछ ।
शर्मिला भन्छिन्, ‘मैले यसलाई स्वीकार गर्नै सकिनँ । म असाध्यै रोएँ । म दिनभरी रोइरहेँ । म यसबारे आफ्नी आमालाई बताउन असमर्थ भएँ किनभने उनको स्वास्थ्य ठिक छैन । मैले उनको आँखामा हेर्न सकिरहेकी थिइनँ ।’
परिवारलाई नागेन्द्रनलाई भेट्नका लागि सिंगापुर आउन बन्दोबस्त मिलाउनका लागि दुई हप्ताको समय दिइएको थियो । यतिबेला उनीहरुलाई होटल बुक गर्नदेखि कोभिडको नियमअन्तर्गत यात्राका सबै व्यवस्था गराउनुपर्ने थियो ।
परिवारका लागि अनलाइन पैसा जुटाउने अभियान सुरु गर्ने कार्यकर्ता क्रिस्टिन हानका अनुसार परिवारको स्वास्थ्यसँग जोडिएका दस्तावेज बनाउनुपर्ने थियो, आफ्ना लागि बस्नका लागि स्थान खोज्नुथियो र आफ्नो खर्च आफैंले उठाउनुपर्दथ्यो ।
शर्मिला र उनको परिवारका लागि करिब १२६०० डलर जम्मा भयो । उनी भन्छिन्, ‘यो पैसा बिना उनको परिवार नागेन्द्रनलाई भेट्न जान पाउँदैनथे ।’ परिवार अघिल्लो हप्ता सिंगापुर पुगेको थियो तर शर्मिला भने गइनन् । उनी भन्छिन्, ‘परिवारको कामकाज सम्हाल्नका लागि कोही त बस्नुपर्ने नै थियो, त्यसैले म बसेँ ।’
आफ्नो भाइलाई फाँसीमा चढाउनु अघि उनलाई हेर्न नसक्ने उनले बताएकी छिन् । उनी भन्छिन्, ‘केही चमत्कार होस् भनेर म हरेक दिन प्रार्थना गरिरहेकी छु । मेरो भाइ कसैगरी बचोस् ।’
१एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
२तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर