
१‘दयाशंकर पालिखे पत्रकारिता’ सम्मानबाट सूर्यचन्द्र र कृष्णमणि सम्मानित हुँदैं
२नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ
३स्याङ्जामा लागूऔषधसहित फारुक अली र निशान थापा पक्राउ
४जबरजस्ती करणी मुद्दामा फरार रहेका हेम कुमार १२ वर्षपछि पक्राउ
५हिमाली लेकहरूमा बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन सुरु
६८३ वर्षीय वृद्धको अनसनमाथि बुट बजार्दै पोखरामा जबर्जस्ती फोहोर विसर्जन!
७पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
८पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
९कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
१०पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
११‘ई–बिडिङ’ ह्याक गरेको आरोपमा राप्रपा नेता विक्रम पाण्डे पक्राउ
१२स्वार्थको टकराव : श्रीमतीको सेयर मोहले सम्पत्ति शुद्धीकरणका महानिर्देशक ठाकुरको खुस्कियो पद
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
६विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
७कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
८सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
९अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
१०फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
११रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
१२अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
काठमाडाै । टी२० विश्वकप क्रिकेटमा भारतीय टोलीले राम्ररी खेल्न नसकेपछि अनलाइन माध्यममा कप्तान विराट कोहलीकी सानी छोरीको बलात्कार गर्ने धम्की दिने एक व्यक्ति पक्राउ परेका छन्।
ती सन्दिग्ध व्यक्तिलाई प्रहरीले बुधवार दक्षिण भारतको हैदराबाद सहरमा पक्राउ गरेको हो। टी२० विश्वकपमा पाकिस्तान र न्यूजील्यान्डसँग हारेको भारत प्रतियोगिताबाट बाहिरिइसकेको छ।
लाजमर्दो पराजय भोगेको भन्दै अनलाइन माध्यममा भारतीय खेलाडी र सम्पूर्ण टोलीको चर्को आलोचना गरिएको छ। केही मानिसले त खेलाडीहरूको अपमान हुनेगरी टिप्पणी पनि गरेका छन्।
पाकिस्तानसँग पहिलो खेलमै पराजय भोगेपछि भारतीय टोलीको मानमर्दन हुन थालेको हो। यो प्रतियोगितामा भारतले पहिलो खेलमै पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो। भारत विश्वकपमा पहिलो पटक पाकिस्तानसँग हार्न पुग्यो।
प्रतियोगिता सुरु हुनुअघि भारतलाई उपाधिको दाबेदार मानिएको थियो। तर सेमिफाइनल पनि नपुगी प्रतियोगिताबाट बाहिरिएपछि समर्थकहरू आक्रोशित भएका छन्। भारत र पाकिस्तानबीच सुमधुर सम्बन्ध छैन। अनि क्रिकेट खेलका कारण दुई देशमा बेलाबेलामा तनाव पनि बढ्ने गर्छ।
पकिस्तानसँग हारेपछि भारतीय टोलीमा भएका एक मात्र मुस्लिम खेलाडी मोहम्मद शमीविरुद्ध धेरै जनाले सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गरेका थिए। उनले जानीजानी पाकिस्तानलाई रन दिएको आरोप लगाउँदै केही प्रयोगकर्ताले उनलाई “राष्ट्रघाती” को सङ्ज्ञा पनि दिएका थिए।
शमीको मानमर्दन भएपछि त्यसको प्रतिवादमा बोलेका कोहलीविरुद्ध पनि आलोचकहरू खनिए। धर्मका कारण शमीमाथि आक्रमण गरेको भन्दै कोहलीले भारतीय टोली शमीको समर्थनमा “२०० प्रतिशत” उभिएको प्रतिक्रिया दिएका थिए।
उनको प्रतिक्रियाले तरङ्ग उत्पन्न भयो। आक्रोशित समर्थकहरू कोहली र उनकी अभिनेत्री पत्नी अनुष्का शर्माविरुद्ध खनिए। विगतमा पनि भारतीय क्रिकेट समर्थकहरूले उनकै कारण भारतीय टोलीले राम्ररी खेल्न नसकेको भन्दै शर्मालाई ‘ट्रोल’ गर्ने गरेका थिए।
अहिले के भएको हो?
अनलाइन माध्यममा महिलाहरूको व्यापक ट्रोल हुने गरेको भए पनि तथा पीडितहरूले हिंसक र घीनलाग्दा ध’म्की पाएको उजरी दिँदा पनि त्यसो गर्ने मानिस हतपत पक्राउ पर्दैनन्।
प्रहरीका अनुसार विभिन्न ट्विटर प्रयोगकर्ताबारे मुम्बईमा जारी एउटा अनुसन्धानका क्रममा बुधवार हैदराबादमा एक सन्दिग्ध व्यक्तिलाई पक्राउ गरिएको हो। ती प्रयोगकर्ताहरूले कोहली र शर्माविरुद्ध अपमानजनक टिप्पणी गरेको बताइएको छ।
एउटा बेनामे ह्यान्डलबाट कोहलीकी छोरीको बलात्कार गर्ने धम्की दिइएको उजुरी उनका प्रबन्धकले प्रहरीमा दिएका थिए। दिल्ली महिला आयोगले पनि दिल्ली प्रहरीलाई १० महिने बालिकाविरुद्ध दिइएको धम्कीबारे पत्र पठाएको थियो।
स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार अहिले पक्राउ परेका व्यक्ति हैदरावादमा बस्ने २३ वर्षीय इन्जिनियर हुन्।
उनले दिएको भनिएको धम्कीका स्क्रीशटहरू भाइरल भएपछि ती व्यक्तिले ट्विटरमा नाम फेरेर पाकिस्तानी नागरिकका रूपमा प्रस्तुत गर्न खोजेको बताइन्छ। तथ्यजाँच गर्ने एउटा भारतीय वेबसाइटले पछि ती व्यक्ति भारतीय नै भएको पत्ता लगाएको थियो।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?