News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

जाजरकोटको झुल्केडाँडामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

जाजरकोट। नलगाड नगरपालिका-५ झुल्केडाडामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

नलगाडकाे कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्टर मंगलबार दिउँसाे दुर्घटनामा परेकाे हाे । दुर्घटनामा नलगाड-५ का चंकलाल विक, सुरेश खत्री र बलबहादुर खत्रीकाे ज्यान गएकाे हाे ।

नलगाड-८ का विनोद परियार घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेको डीएसपी मधुकुमार थापाले जानकारी दिए ।

उता गुल्मीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मंगलबार जिल्लाको सत्यवती गाउँपालिका–५ का ४८ वर्षका तुल्सीराम भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै बारीमा खर काट्ने क्रममा भीरबाट २ सय मिटर तल खसेर घाइते भण्डारीको उपचार गर्न ज्वाङ स्वास्थ चौकीमा पु¥याएपछि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।