
१पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
२‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
५जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
६फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
७माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
८जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
९उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१०मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
११सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१२कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१२विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
काठमाडाै । लन्डनको सेलिसबरीमा गएराति दुईवटा रेल आपसमा जुध्दा थुप्रै व्यक्ति घाइते भएका छन्। यो दुर्घटना लन्डन रोडनिर भएको थियो जसमा साउथ वेस्टर्न रेल्वे र ग्रेट वेस्टर्न सर्भिस आपसमा जुधेका थिए।
रेल जुध्दा एक जना चालक भित्रै अड्किएका थिए जसलाई उद्धार टोलीले बाहिर निकालेको थियो। यो घटनामा १७ जना घाइते भएका छन्। उनीहरू अस्पतालमा उपचाररत छन्।
एउटा रेलले सुरूङभित्र कुदिरहेको अवस्थामा कुनै वस्तुलाई ठक्कर दिएको थियो। त्यही बेला दोस्रो रेल अघिल्लो रेलसँग जुध्दा दुर्घटना भएको हो। रेल्वे ट्रयाकमा रहेका संकेत चिह्नहरूको समस्याले दुर्घटना भएको अधिकारीहरूले बताएका छन्।
दुर्घटना हुँदा रेलमा रहेकी एन्जेला म्याटिंग्ली भन्छिन्, ‘रेल गुड्दा गुड्दै अचानक चारैतिर अन्धकार भयो। रातो बत्तीहरू झिलिक झिलिक बलेको मात्र देख्यौं।’
‘त्यसपछि रेल बेस्कन हल्लियो र घद्रकघद्रक गर्दै निकै बेर उफार्यो,’ उनले भनिन्, ‘मैले सम्झेसम्म केही यात्रुहरू आफ्नो सिटबाट उछिट्टिएका थिए। उनीहरूको टाउकोमा चोट लागेको हुनुपर्छ।’
‘केही समय त मलाई के भयो भन्ने नै होस भएन, होसमा आउँदा चारैतिर अफरातफरी मच्चिएको थियो,’ उनले भनिन्। डर्बीकी ५१ वर्षीया काेरिना एन्डरसन पनि लन्डनको वाटरलूबाट आफ्नो साथी भेट्न सेलिसबरी जाँदै थिइन्।
रेल गुड्दा गुड्दै उनले एक्कासि ठूलो आवाज आएको सुनिन् र आफ्नो सिटबाट हुत्तिएर रेलको भित्तामा जोडसँग बजारिन पुगिन्। आकस्मिक स्वास्थ्य सेवामा तालिमप्राप्त एन्डरसनले भनिन्, ‘मैले केही बेरमा आफूलाई सम्हालेँ। त्यसपछि दुर्घटनामा घाइतेहरूको उद्धार गर्नमा मेरो ध्यान गयो।’
लन्डन रेल्वेका प्रवक्ताले पोर्टसमाउथ हार्बरबाट ब्रिसटल टेम्पल गइरहेको ग्रेट वेस्टर्न रेल्वे सर्भिस सुरूङभित्र कुनै वस्तुमा ठोक्किँदा लिकबाट बाहिर उछिट्टिएको बताएको छ। त्यही क्रममा अर्को लिकबाट कुदिरहेको रेलसँग जुधेको प्रवक्ताको भनाइ छ। त्यो रेल लन्डल वाटरलूबाट होनिटन जाँदै थियो।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी